बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रातारात मासियो ७९ वर्ष पुरानो सम्पदा

रातारात मासियो ७९ वर्ष पुरानो सम्पदा


  • ध्रुबसागर शर्मा
  • बैशाख २० २०७६, शुक्रबार

म्याग्दी, २० बैशाख -गण्डकी प्रदेश सरकारले वर पिपल लगाएतका सम्पदा संरक्षण विधेयक पारित गरेर सम्पदा संरक्षणका लागि कानुन नै बनाएको छ । तर,गण्डकी प्रदेश अन्र्तगतकै म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा भने ७९ वर्ष पुरानो इतिहाँस बोकेको पिपलको रुख काटेर प्रदेश सरकारको खिल्ली मात्र उडाइएको छैन हजारौं मानिसहरुको आस्था,विश्वास र सुविधामा समेत कैची चलाइएको छ ।
म्याग्दीको सदरमुकाम बेनीस्थित ७९ वर्ष पुरानो पिपलको रूख रातारात काटिएको छ । बेनी नगरपालिका– ७ को बेनी सामुदायिक मावि नजिक रहेको पिपलको पुरानो रूख जरैबाट कटान गरी ब्यवसायीक प्रयोजनका लागि सटर हाल्न नगरपालिकाले रातारात रूख कटान गरेको हो । बेनीबजारमा मानवबस्तीको विस्तारसँगै विसं १९९७ मा भट्टचन थर गरेका एकजनाले सदरमुकाम बेनी हुदैं पश्चिम म्याग्दी लगाएतका क्षेत्रमा आवतजावत गर्ने बटुवालाई लक्षित गरी रोपेको पिपलको रूखलाई ब्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरी कटान गरिएको बेनी नगरपालिकाले जनाएको छ ।
पिपललाई हिन्दूहरुले भगवान विष्णुको अंश मानि पूजा गर्दै आएका छन् । वातावरणीय र धार्मिक महत्वले युक्त पिपलको रुख नगरपालिकाले किन काटेको हो भन्ने कुरा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई समेत जानकारी छैन ।‘मलाई केही थाहा छैन,रुख किन काटिएको हो’ नगप्रमुख श्रेष्ठले भन्नुभयो । पिपलको रुख बेनी नगरपालिका वडा नं ७ मा पर्छ ।
पिपलको रूखका कारण बेनी दरबाङ, बेनी–बागलुङ तथा बेनी हुदै अर्थुङे क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनलाई समेत असहज भएका कारण ब्यवसायीक हितका लागि नगरपालिकाले रूख कटान गरेको बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।
‘पिपलको रुखले विद्यालयलाई पनि असर गरेको थियो,आसपासमा चौतारीहरू भएकाले पनि त्यसलाई सडक फराकिलो गर्न कटान गरिएको हो’ श्रेष्ठले भने । उनले वडाभित्र रहेका पुराना रूखको संरक्षणमा आवश्यकता अनुसार मर्मतको कार्य भइरहेकाले नगरपालिकाबाटै ब्यवसयाीक प्रयोजनका लागि खाली गर्न सकिने ठाउँहरूको खोजी गर्ने क्रममा रूख कटान गरिएको बताए ।
हिन्दु धर्मालम्बीले पीपललाई विषेश रुपले पूजाआजा समेत गर्ने तथा वातावरण संरक्षण, हुने भएपनि संरक्षण गर्नुभन्दा पनि ब्यवसायीक प्रयोजनका लागि नष्ट गर्नु गलत भएको मुस्लिम अगुवा रहमद खानले बताए । ‘एक्कासी काट्न थालेपछि मात्रै देखियो,यसको हाँगा मात्रै काटेर संरक्षण गर्नुपर्ने थियो’ उनले भने ।
पिपलले २४ घण्टा अक्सिजन दिन्छ । त्यस्तै पिपलका पातलाई धेरै प्रकारका औषधी बनाउन समेत प्रयोग गरिन्छ । स्थानीय तहको निर्वाचनपछि बेनीबजारमा विस्तारै चहलपहल घट्दै गएको अवस्थामा सार्वजनिक स्थानमा पिपलको रूख मासेर ब्यवसायीक प्रयोजनका लागि प्रयोग गर्ने निर्णयको विरोध हुन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->