मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीमा पाँच बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ

म्याग्दीमा पाँच बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ


  • Dhorpatan News
  • बैशाख २५ २०७६, बुधबार

म्याग्दी २५ बैशाख -म्याग्दीमा पाँच बर्षिया बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने एक युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका ४ का ३२ वर्षिय निलप्रसाद पुनलाई जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ गरेको हो ।
पुनले सोही ठाउँकी ५ वर्षीया बालिकालाई रु ३० दिएर ललाइफकाई शौचालयमा लगी पीडित बालिकाले लगाएको कपडा र आफ्नो पाइन्ट खोल्ने क्रममा बालिका रोए पछि आफन्तले थाहा पाएका कारण त्यहाँबाट फरार भएका र निज पुनलाई सोमवार साँझ नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सूचना अधिकारी प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार पीडित बालिका रोएको सुनी बालिकाका ६ वर्षिय दाजु शौचालयमा जाँदा अभियुक्त पुनले लात्ताले हानेर भगाएका थिए । अभिभावकले थाहा पाएपछि पुन त्यहाँबाट भोगेका थिए । बालिकाको घरमा कोही नभएको अवस्थामा पुनले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीको भनाइ रहेको छ ।
मंगलवार पीडित बालिकाकी आमाले जवरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिएकी छन् । सोही आधारमा अभियुक्त पुनको स्वास्थ्य परिक्षण लगाएतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी जवरजस्ती करणी उद्योग मुद्धामा म्याग्दी जिल्ला अदालतबाट पहिलो पटक तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रारम्भ गरिएको प्रहरी निरिक्षक शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->