मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मालिका मन्दिरमा ६ हजार भक्तजनले गरे पूजा

मालिका मन्दिरमा ६ हजार भक्तजनले गरे पूजा


  • Dhorpatan News
  • जेष्ठ ६ २०७६, सोमबार

म्याग्दी, ६ जेठ – म्याग्दीको प्रसिद्ध मालिका मन्दिरमा करिव ६ हजार भक्तजनले पूजाआजा गरेका छन् । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा शनिबार बैशाख पुर्णिमाका दिन विभिन्न पदमार्ग तथा सवारीसाधनको प्रयोग गरी सयौंको संख्यामा पुजाआजा गर्न भक्तजनहरु मन्दिरमा पुगेका थिए । विहानैदेखि लाइनमा बसेर भक्तजनले पूजा गरेको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
गतबर्षको तुलनामा भक्तजनको संख्या करिव २ हजारको हाराहारीमा बढेको अनुमान गरिएको छ । जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला बागलुङ,पर्वत,स्याङ्जा,मुस्ताङ,पोखरा चितवन लगाएतका जिल्लाबाट समेत भक्तजन मालिकामा आएर पूजा गरेको ब्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा भक्तजनको चाप बढेपछि मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजा, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, वडा नं ६ का अध्यक्ष सन्तोष सुबेदी समेत मन्दिरमा पुगेर भक्तजनको समस्या तथा पूजा ब्यवस्थापनमा खटिएका थियो ।
मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई सहज हुने गरी सडक स्तरउन्नती, दरबाङको दुखु तथा गाउँपालिका भित्रका अन्य रुटको पदमार्गलाई समेत ब्यवस्थित गरिने, मन्दिर आसपासमा रेलिङ, भक्तजनलाई रात काट्न आवश्यक पर्ने सत्तल सहित अन्य पूर्वाधार, खानेपानीको समेत ब्यवस्था गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । मालिकासँगै रघुगंगा गाउँपालिकाको समेत सिमानमा भएकाले रघुगंगा गाउँपालिकाले समेत मालिका मन्दिरलाई प्राथमिकता दिएको छ ।
कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पुराहुने भक्तजनको विश्वासले सयौको संख्यामा पुगेका भक्तजन मन्दिरमा जाने गरेको किसानी मावि धारापानी ताकमका शिक्षक विष्णु खत्रीले बताए । मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वासका साथ बि.सं १९६६ सालदेखि नियमित पुजाआजा हुने गरेको मन्दिरमा बालबालिकादेखि बृद्धबृद्धासम्म पुग्छन् । । यसैबीच म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले मन्दिरलाई २५ हजार सहयोग गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->