मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मंगलाका कृषकलाई मौरिपालन तालिम

मंगलाका कृषकलाई मौरिपालन तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७६, बुधबार

म्याग्दी, १५ जेठ -म्याग्दीको मंगला गाउँपालिकाका कृषकहरुलाई मौरीपालन तालिम दिईएको छ । मुख्य मन्त्री वातावरण मैत्री नमुना कृषि गाउ कार्यक्रम अन्तरगत सन्चालित मङ्ला नमुना कृषि समुहको आयोजनामा तीन दिने तालिम दिईएको हो । तालिममा मंगला गाउँपालिका–३ सातबिसेका ४३ जना कृषकहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै मंगला–३ का वडा अध्यक्ष कविन्द्र रोका मगरले मौरीपालनलाई व्यवसायिक बनाउन सकेमा रोजगारी सिर्जना संगै स्थानीयको जिवनस्तरमा सुधार आउनेमा जोड दिए ।
तालिममा नारायण उपाध्याय र सरोज घर्तिले सहजीकरण गरेका थिए । तालिम समापन कार्यक्रम मंगला नमुना कृषि समुहका अध्यक्ष भिम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका सब इन्जिनियर बिपिन आचार्य ,कार्यक्रम सम्योजक रिना शर्मा, कृषि प्राविधिक तारा बानिया लगायतको उपस्थिति रहेको थियो भने सचिव तेजेन्द्र आचार्यले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->