बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थीलाई वित्तिय शिक्षा सिकाउँदै नेपाल बैंक

विद्यार्थीलाई वित्तिय शिक्षा सिकाउँदै नेपाल बैंक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७६, बुधबार

म्याग्दी, १५ जेठ- नेपाल बैक बेनी शाखाले म्याग्दी बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यार्थीदेखि समुदायसम्म वित्तिय संस्थामा पहुँच बढाउने उद्देश्यले समृद्ध नेपाल अभियानमा बचत खाता तथा बैंकमार्फत उपलब्ध हुने सेवासुविधा सहित सम्रग बैकिङ गतिविधिका बारेमा जानकारी कार्यक्रमको आयोजना गरिएको हो । स्नातक तहमा अध्ययरत विद्यार्थीमार्फत समुदायसम्म पुग्ने गरी बैकिङ साक्षरता कार्यक्रम गरिएको शाखा प्रबन्धक मोहन लामिछानेले बताए ।
‘ब्यापारिकभन्दा पनि शिक्षालाई प्राथमिकता दिएका छौ,‘क्याम्पसका विद्यार्थीमार्फत समुदायसम्म सन्देश पुग्नेछ’ उनले भने। कार्यक्रममा सहायक शाखा प्रबन्धक सुवास थापामगरले बैङ्कको परिचय लगाएतका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले हरेक विद्यार्थीको बैंक खाता हुनुपर्ने बताए । उनले विद्यार्थीले पेशा तथा अभिभावकले उपलब्ध गराएको शैक्षिक खर्चलाई समेत बचत गर्न सक्ने बताए । कार्यक्रमका सञ्चालन सहायक प्रध्यापक नारायणप्रसाद सुबेदीले गरेका थिए । यसैबीच नेपाल बैंकले मंगला गाउँपालिका वडा नं १ दिपशिखा माविमा समेत वित्तिय सारक्षता कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->