बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ट्याक खुलेको एक दशक पछि बेनी–बरङ्जा सडको स्तरोन्नति

ट्याक खुलेको एक दशक पछि बेनी–बरङ्जा सडको स्तरोन्नति


  • ध्रुबसागर शर्मा
  • असार १९ २०७६, बिहिबार
र्फाल तस्विर

म्याग्दी, १९ असार – म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोडेने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ ।
एक दशक अघि २०६३ सालमा ट्याकमात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय म्याग्दीले ४८ लाख ५० हजार विनियोजन गरेपनि बजेट अभावका कारण स्थानीय जनसहभागिता४ लाख ९५ हजार गरी कुल ५३ लाखको लागतमा सडक फराकिलो बनाउने,जमिनमा ढलान गर्ने र तीन ठाँमा नयाँ ट्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।
उनका अनुसार सडक खण्ड अन्तरगत नयाँ पुलमा १ सय मिटर,बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा १ सय मिटर नयाँ ट्याक समेत खोलिएको छ । सडक स्तरोन्नतिको स्थलगत अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रवहादुर केसीले सचेत उपभोक्ताको सक्रियतामा कम लागतमा धेरै काम भएको प्रतिक्रिया दिए ।
सडकको मापदण्ड अनुसार नै निर्माण भएको यस सडक पश्चिम म्याग्दीको विकासका लागि कोसेढुङ्गा सावित हुने स्थानीयले बताएका छन् । बेनी नगरपालिका २ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान,लामेलासम्म जोड्ने सडकको रुपमा समेत यस सडकलाई विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->