बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारको निर्देशनको अवज्ञा गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत लामो विदामा

सरकारको निर्देशनको अवज्ञा गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत लामो विदामा


  • धु्रबसागर शर्मा
  • साउन १० २०७६, शुक्रबार

म्याग्दी, १० साउन – सरकारको निर्देशनको अवज्ञा गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा लामो विदामा बसेका छन् ।
असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको भएपनि उनी बुधवारदेखि एकहप्ताको लामो विदामा वसेका हुन् ।
केही दिन यताको अविरल वर्षाका कारण नेपालका विभिन्न भूभागमा आएको बाढी, पहिरो, डुबानजस्ता विपद्को समयमा व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय तहको हुने भन्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको थियो ।
अधिकृत पटकपटक विदा बसेकाले प्रशासनीक सेवाप्रवाहमा असर पुगेको नगरपालिकाका एक कर्मचारीले बताउ । अधिकृत शर्माले शिक्षा शाखाका अधिकृत विष्णुप्रसाद पराजुलीलाई निमित्त दिएर विदामा बस्नु भएको रहेछ,उहाँ पनि आज नभएकाले मलाई निमित्त दिनुभएको हो पराजुलीमार्फत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका युवराज थापाले भने ।
उहाँ धेरै जसो विदा मै बस्ने गर्नुहुन्छ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले भने ‘म आफैलाई चित्त बुझेको छैन । आर्थिक वर्ष सकिएकाले केही समय विदा दिनुप¥यो भनेकाले एकहप्ताको विदा स्विकृत गरेको हुँ ।’
आपतकालिन अवस्थामा उद्धार तथा राहतको काममा समन्वय गर्नुपर्ने आवश्यकता देखिएको भन्दै मन्त्रालयले बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृृतलाई समेत २४ घण्टा भित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न मन्त्रालयले निर्देशन दिएपनि अधिकृत शर्माले अटेरी गर्दै विदामा वसेका हुन् ।
विदा मै वस्न पाइदैन भन्ने त होइन तर संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको निर्दैशनलाई पालना गर्नुपर्ने हो प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने । बर्षातको समयमा सकभर विदा कम बसे राम्रो हुने उनको सुझाब छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->