बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चन्दा नदिएका कारण आक्रमण गरे : अध्यक्ष थापा

चन्दा नदिएका कारण आक्रमण गरे : अध्यक्ष थापा


  • ध्रुबसागर शर्मा
  • साउन ३१ २०७६, शुक्रबार

म्याग्दी, ३१ साउन – विप्लब समूहका कार्यकर्ताबाट मागको रकम चन्दा नदिएको आक्रोशमा आफूमाथि आक्रमण भएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताएका छन् ।
आज (बिहीवार) बिहान करिब ९ बजे थापालाई प्रतिवन्धित विप्लब समूहका ४ जना कार्यकर्ताले वडा कार्यालयमा नै आएर कालोमोसो र चप्पलको माला लगाइदिएर भागेका थिए ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बेनी नगर कमिटीले अहिले साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले विप्लब समूहलाई अनियमितताको आरोप पुष्टि गर्न चुनौति दिएका छन् । उनले आफू माथि भएको अमानवीय व्यवहारको प्रमुख कारण नै चन्दा नदिएको भएको बताए । विप्लब समूहले थापाले आर्थिक अनियमितता गरेको,सेवाग्राहीलाई पक्षपातपूर्ण व्यवहार गरेको लगाएतका ७ बुँदे आरोप लगाएका थिए ।
विहीवार विहान वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेको अवस्थामा विप्लब समूहका ४ जना कार्यकर्ताहरुले आधुनिक हतियार सहित प्रवेश गरी मोसो र चप्पलको माला लगाएर दुव्र्यवहार गरेको विषयमा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्षलाई कपोलकल्पित आरोप लगाउनुको पछाडी पटक पटक समूहका सदस्यले मागेको चन्दा उपलव्ध नगराएको आक्रोशमा आक्रमण भएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा ‘आफूलाई मासिक तलव बराबरको रकम चन्दा दिनभन्दै ३ पटकसम्म फोन आएको वडाअध्यक्ष थापाले बताए । उनले अनियमितताको कुनै पनि प्रमाण पुष्टि भएमा अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिने समेत बताए । ‘मैले जनताको एक पैसा पनि दुरुपयोग गरेको छैन,चन्दा नदिएपछि आरोप लगाएर आक्रमण गरेका हुन् उनले भने ।
त्यसैगरी वडा कार्यालयको सेवा लिने क्रममा राजश्वमा कुनै भेदभाव नभएको समेत उनले प्रष्ट गरेका छन् । वडामा विनियोजित विभिन्न शिर्षकमा बजेटमा अनियमितता गरेको ७ बुँदा सहित कार्यालयमा प्रवेश गरेका विप्लब समूह्का चारजना कार्याकर्ताले थापालाई मोसो लगाएपछि असुरक्षित भएको थापाको भनाइ छ ।
नेकपा बेनी नगर कमिटीका अध्यक्ष शेरवहादुर केसी र सचिव राजकुमार थापाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा वडा अध्यक्षलाई मासिक तलब बराबरको चन्दा माग गरिएका र पटकपटक चन्दाको नाममा धम्की समेत आउने गरेपनि वेवास्ता गरेकाले योजनाबद्ध तरिकाले आक्रमण भएको बताइएको थियो ।
विज्ञप्तिमा पटकपटक चन्दा आतंक मच्चाउदै नदिए भौतिक कारबाहीमा उत्रिने,विकास निर्माणका कार्यमा अवरोध गर्ने,कानुनलाई हातमा लिएर आतंक मच्चाउने काम विप्लव समूहबाट भएकोले कारबाहीको दायरामा ल्याउन प्रशासनसंग पार्टीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->