समृद्ध राष्ट्र र सुखी नेपालीको किस्सा सुनेर र सुनाएरै हाम्रा बा–जिबाहरूको जीवनको इहलीला समाप्त भयो । आधुनिक नेपालको निर्माणसँगै राजाहरूले त्यसपछि राणाहरूले, कांग्रेसीहरूले फेरि राजाहरूले र फेरि कांग्रेस हुँदै कम्युनिस्टहरूले यही एउटै सपना बेचेर मुलुकलाई बदल्ने नाउँमा आफू बदलिने क्रमलाई नियमितता दिए । नागरिक बबुरो यो तृष्णाबाट आजपर्यन्त तृप्त हुन सकेको छैन, ऊभित्र अझ बढी तृष्णा चढिरहेको छ राजा महाराजाहरूले गाएको त्यही बासी गीतको लयमा हामीले जीवनको निर्माण गरिरहेको छौँ । हामीमध्ये कोही पनि यो लयबाट हाम्रो मुक्तिबारे बोल्न र सोच्न सकिरहेका छैनौँ । सकेका छौँ भने केवल समृद्धिका गीत गाउनेहरूका पछि बेसुर नाच्न । जब नागरिक शासक प्रशासकका पछि होइन, अघि नाच्ने साहस गर्दैन तबसम्म यो लयको क्रमभङ्ग हुँदैन र मुलुक हुरी चराको गतिमा होइन, कछुवाको गतिमा चलिरहेको हुनेछ ।
यतिबेला मुलुकमा दुईतिहाइ मतसहितको कम्युनिस्ट पार्टीको सरकार छ, सरकार र राज्य व्यवस्था ती दुई अलग पाटाहरू हुन् । यो तथ्यलाई न कांग्रेसले आत्मसात् गरेका छन् न कम्युनिस्टले, यही भ्रमहरूको जालभित्र फसिरहेका कांग्रेस र कम्युनिस्टहरूले चुनावलाई दुरुपयोग गरिरहेका छन्, तिनले यति तिलस्मी जादुगरी शब्दहरूको विनिर्माण गरेका छन् जसको भवसागरभित्र तिनले मुलुक र नागरिकलाई धकेलिरहेका छन् । हरेक चुनावपछि निर्माण हुने सरकारहरू ती चुनावबाट मुक्त भएर उन्मुक्त शासन गरिरहेका छन्, परिणाम आधुनिक नेपालको साढे दुई सय वर्षको विकास र विनाशले प्रमाणित गरिरहेको छ कि हामी खासमा पुग्नुपर्ने कहाँ थियो र आज हामी कहाँ छौँ ? पछिल्लोपटक २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को वसन्त विद्रोहबाट जब मुलुकमा स्थायी शान्ति, विधिको शासन, आर्थिक क्रान्ति, तीव्र विकास निर्माण र समृद्ध नेपाल र सुखी नेपाली बन्ने दिनको शुभारम्भ भएको घोषणा गरियो त्यो उत्तरआधुनिक भ्रम थियो हाम्रो नेतृत्वले यही बुभ्mन हामीलाई अभिषप्त तुल्याइदियो र यही भ्रमको सिकार माओवादी जनयुद्ध र २०६२÷६३ को वसन्त विद्रोह बन्न पुग्यो । साँच्ची खासमा परिवर्तन सत्ताबाहेक के भयो ? मुलुकमा अच्छाखास्सा बहुमतको कम्युनिस्ट शासन चलिरहँदा पञ्चे र कांग्रेसको दिक्कलाग्दो शासनबाट आजित नागरिकले राखेको अपेक्षा त्यही मोड र घुम्तीमा पुगेर दुर्घटनाग्रस्त बनिरहेको छ, जहाँ पञ्चायत र कांग्रेसले नागरिकका सपनालाई हत्या गरिरहेका थिए । मुलुक तन्नाम पल्टाएर शासक प्रशासक मोटाउने प्रवृत्तिको पुनरावृत्ति र दिगो विकासका लागि आधारहरूको निर्माण हाम्रा अर्थशास्त्रीहरूको सबैभन्दा कमजोर पक्ष थियो । अहिले पनि हामी पुरानो लयबाट मुक्त हुन सकिरहेका छैनौँ, भौगोलिक विकटता र कठिनाइबाट मुक्ति हाम्रो योजनामा कहिल्यै थिएन र न कहिल्यै हुन सक्नेछ किनकि जब शासक प्रशासकको कमाइको स्रोत नै हाम्रो भूगोलको विकटता हुन्छ, त्यहाँको अभाव, गरिबी र चरम शोषण हुन्छ, तबसम्म नागरिक नाथेले देख्ने भनेकै समृद्धिको सपना हो, साढे दुई सय वर्षको इतिहासको पछिल्लो खण्डमा चलिरहेको संघीय शासन प्रणालीले पनि नागरिक जीवनका आयामभन्दा बढ्ता शासक प्रशासकका जीवनका ढुसी, लेउ पहिले खुर्किरहेको छ, पहिले बदलिएका छन् शासक प्रशासकका घर गोठ, आँगन, जीवनका दुःख, अभाव, कठिनाइ, चेहराको चमक, शासनको नाम, भूगोलको परिधि, नारा, सपना ती सब बदलिएका छन् खासमा बदलिनुपर्ने शैली हो त्यो कति बदलियो शासकहरूमा ? कति बदलियो प्रशासकहरूमा ? सरकारी अड्डाहरूमा उभिएर हेर्दा हामी पञ्चायतभन्दा पनि गएगुज्रेको अवस्थामा छौँ, लेनदेनबिना नागरिकको कुनै पनि काम सहज बन्दैनन्, अभाव बढिरहेको छ, महँगी चुलिइरहेको छ, भ्रष्टाचार मौलाइरहेको छ, बेरोजगारी तीव्र गतिमा उक्लिरहेको छ, सरकार राजनीतिक पार्टी आजपर्यन्त एउटै गीत गाइरहेका छन् कि हामीले नेपाललाई सन् २०४० सम्म तेस्रो विश्वबाट पहिलो विश्वमा पु¥याउँछौँ ।
अबको बीस वर्षमा नेपाल तेस्रो विश्वबाट पहिलो विश्वमा पुग्नका लागि खासमा हाम्रा आधारहरू के–के छन् त ?
पहाडमा वनमाराको आतंक छ, खेतीयोग्य जमिन पूरै बेकामे बनिरहेको छ । पहाडदेखि मधेससम्मका उर्वर फाँटहरू चिरा परिरहेका छन् घडेरीका लागि, मुलुकको कुल गार्हस्थ उत्पादन करिब २९ प्रतिशत रहेको छ, कृषिमा अहिले पनि वर्तमान सरकारको जति बहुमत नागरिक आश्रित छन्, तर हाम्रो खाद्यान्न आयात हेर्दा त्यो डरलाग्दो देखिन्छ, हाम्रो वार्षिक कुल बजेटसमानको व्यापार घाटा बोकेर अबको बीस वर्षमा हामी पहिलो विश्वको मुलुक बन्नेछौँ भन्ने यो भ्रम सत्ताको तृष्णाले उत्पादन गरेको शब्दको चरम विनिर्माण हो । उद्योग कलकारखाना, सेवा क्षेत्र, पर्यटन, जलविद्युत् तिनमा आश्रित जनसंख्या र कुल गार्हस्थ उत्पादनमा तिनको योगदानलाई हेर्दा हामीले केवल शासक पाल्ने अर्थतन्त्र मात्र निर्माण गरिरहेका छौँ, मुलुकले गरेको आम्दानीले विकासमा जिरो प्रतिशत योगदान हुन्छ भने बाह्य ऋण र अनुदानले मुलुक निर्माण गर्ने सपना कति सुखद हुन सक्छ ? बढी रहेको व्यापार घाटा, बेरोजगारी, मूल्यवृद्धि र घटिरहेको निर्यात र कुल गार्हस्थ उत्पादनले हाम्रो भविष्य कति समृद्ध छ त्यसको संकेत गरेको छ । समृद्धिको खास आधारहरू एकीकृत बस्ती विकास, जलविद्युत्, शिक्षा, कृषि, पर्यटन, जडीबुटी र बाटो हुन विडम्बना दलाल, भ्रष्ट, गुन्डाले कब्जा गरेका यी आधारहरू भुत्ते बनिरहेका छन् प्रत्यक्षतः नागरिकलाई लाभ र हानि हुने विकास निर्माणमा हाबी भएको ठेकेदारी प्रथा र कमिसनतन्त्रले हाम्रा विकासका योजनाहरू गुणस्तरहीन नागरिकप्रति जवाफदेहीविहीन बनेका छन्, अर्कोतिर वर्षे विकासे प्रथाले राज्यको लगानी बर्सेनि पानीमा बगेर खेर गइरहेको देखिन्छ, मुलुकको राज्य सञ्चालनको परिपाटी बदलिँदा पनि बदलिन नसकेको यो परिपाटीबाट हामीले सिक्नुपर्ने थुप्रै कुरा छन्, प्रश्न गरिरहेका नागरिकप्रति नेतृत्व जवाफदेही नदेखिनुले यसमा लाभ–हानिको ठूलो खेल चलिरहको अनुमान लगाउन सकिन्छ, जब मुलुकमा दुईतिहाइको कम्युनिस्ट सरकार बन्दै थियो स्थापत्य समाजका संरचनाहरू र परिपाटीको फास्ट ट्र्याकबाट अन्त्यको जुन आशा अभिलाषा नागरिकले मनको रुकस्याकमा बोकेर बाँचिरहेका थिए, सत्ताबाट ठगिएका, हेपिएका र उपेक्षामा परेकाहरूको त्यो भावना, चाहना, अभिलाषा अहिले पनि मनको कुनामा कतै न कतै जीवित रहेको छ त्यसको गरिमाको सम्मान गर्नु वर्तमान सरकार, नेकपा पार्टीको पहिलो कर्तव्य हो, नागरिकको बीचमा उभिएर जब केन्द्रीय सरकार र प्रदेश सरकारले समृद्धिका आधारहरूको खोजी गर्नेछन् तिनको पहिचान र कार्यान्वयनमा लाग्नेछन् तब न प्रदेशले समृद्धिको सपना पूरा गर्नेछ अन्यथा अहिलेकै सिस्टमबाट सन् २०४० सम्ममा तेस्रो विश्वबाट पहिलो दर्जामा उभिने संकल्प गरुन्जेल अर्थशास्त्रीहरू र राजनीतिज्ञले कुन जादूको छडी प्रयोग गर्ने मनसुवाले यो उचाइको उडानको घोषणा गरे होलान् ? खासमा अबको बीस वर्षमा हामीले कुन माध्यमबाट कसरी कति हजार या सय किमि बाटो कालोपत्रे गर्नेछौँ, कति सय या हजार किलोवाट जलविद्युत् उत्पादन गर्नेछौँ, कति सय या हजार एकीकृत बस्ती या सहरको निर्माण गर्नेछौँ, कति सय या हजार बाँझो जमिनमा सिँचाइ सुविधा पु¥याउन सक्नेछौँ, कति सय या हजार व्यक्तिलाई सेवाक्षेत्रमा प्रवेश गराउनेछौँ, कति सय या हजार औद्योगिक क्षेत्रहरू स्थापना गर्न सक्नेछौँ आदि आदिका फेहरिस्त ती आफैँमा पूर्ण या मूर्त देखिँदैनन् यस्तो अमूर्त सपना देख्नु भनेको नागरिक र मुलुकको गरिबी, अभाव, चेतना र तृष्णामाथिको भद्दा मजाक हो, हाम्रा अर्थशास्त्रीहरू र राजनीतिक नेतृत्व यस्तो मजाकमा अरू कति सय या हजार वर्ष मुलुक र नागरिकलाई बाँच्न अभिषप्त तुल्याइरहन्छन् ?
केन्द्रीकृत रूपमा रहेको राज्य यतिबेला संघीय स्वरूपमा बदलिएको छ चुनौतीका हजार पहाड प्रदेश सरकारका सम्मुख सजीव उभिएका छन् बदनाम कमाएको केन्द्रीय सत्ताले अनुसरण गरेका विधि, प्रविधि र हिँडेको मार्गबाट करिब–करिब प्रदेशहरू पनि हिँडिरहेको देखिन्छ यसले प्रदेशको उन्नति र समृद्धिलाई विश्वास गर्ने आधारहरू गुमिरहेका छन् । हरेक प्रदेशले संघीयताको मूल मर्म र नागरिक तृष्णाको सही उपचार खोज्न थोरै मात्र विलम्ब गरेमा संघीयताको औचित्य र त्यसको अस्तित्व क्षणभङ्गुर बन्नेछ, केन्द्रीय सरकार र प्रदेशबीचको अधिकारको बाँडफाँड, प्राकृतिक सम्पदाको पहिचान र उपयोगिता, अन्तरप्रदेश सम्बन्ध, उत्पादन र वितरणमा मितव्ययिता, प्रशासनिक ढिलासुस्तीको अन्त, ठेकेदारी र कमिसनतन्त्रको अन्त, गुन्डाराजको अन्त्य, प्रदेशका समृद्धिका केही आधार हुन् । मुख्य कुरा प्रदेश सरकारको नीति र काम गर्ने तरिका हो । वर्तमानमा हेर्दा हाम्रा प्रदेशहरू अतीतकालीन सत्ता उन्मादका ह्याङओभरबाट मुक्त हुन सकिरहेका छैनन्, सुविधाभोगी मनोवृत्तिले आलोचनाका स्वरहरू उठिरहेका छन्, मुलुकको संविधानको मर्म र भावनालाई नबुझी प्रदेशलाई छुट्टै देश सम्झने मनोवृत्ति पनि प्रदेशका सञ्चालकहरूमा देखिन्छ, मालिक र मजदुरबीचको सम्बन्ध होइन, प्रकृति र नागरिकसँग नङ र मासुको जस्तै सम्बन्ध निर्माण र लथालिंग सरकारी कार्यालय, ऐन, नियम, विधि आदिबारे कर्मचारीलाई प्रशिक्षण प्रदेशको समृद्धिको अर्को आधार हो । अढाई सय वर्षको बुढो सपना जो हजार चोट खाएर हजार चुनौती बोकेर हाम्रो सम्मुख ठिंग उभिन आइपुगेको छ, त्यसको आङमा सिर्पm चुनौती मात्र छैनन् हजारौँ अवसरहरू पनि छन् जुन केन्द्रीकृत रूपमा हामीले प्राप्त गर्न सकिरहेका थिएनौँ तिनको प्राप्ति हाम्रो जीवनको यति सम्मुख छ कि तिनको उचित व्यवस्थापन गर्न सकियो भने मुलुकका थाती सपनाहरूको उचाइ पूर्ण हुनेछ र शासक प्रशासकहरू ती अढाई सय वर्षको श्रापबाट मुक्त हुनेछन् ।
दजदबनगिलनभ२नmबष्।िअयm





