म्याग्दी, २२ साउन -म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा बुधबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि १३ जना घाइते भएका छन् ।सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप दुर्घटना हुँदा भकिम्लीका ५५ वर्षीय रत्नबहादुर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी घाइते हुनेहरुमा बेनी नगरपालिका–३,भकिम्लीका २० वर्षीय इन्द्रबहादुर विक, मुसुङडोलेका जीप चालक ३४ वर्षीय यामबहादुर श्रीष, भकिम्लीका ४० वर्षीया ज्ञानकुमारी श्रीष, ४० वर्षीया रुपा घर्ती, ७१ वर्षीय डम्बरबहादुर छन्त्याल र ५० वर्षीय आइतराम विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिए ।
भकिम्लीकै २२ वर्षीय बिक्रम सुनार, ३८ वर्षीया भुमीदेवी खाती, २५ वर्षीय विशाल शाक्य, २३ वर्षीया शान्ता शाक्य, उनको साढे २ वर्षको बच्चा साइरा शाक्य, मंगला गाउँपालिकाको बराङ्जाकी ७० वर्षीया बुद्धिकला सुनार र बागलुङ गुठीका २१ वर्षीया मन्जु खत्री घाइते भएका छन ।





