केहि दिन यता नेकपाका अध्यक्ष प्रचण्डले फेरी घुरक्याउन थालेका छन् । सार्वजनिक समारोह मै असन्तुष्टि र कुण्ठा पोखिरहेका हुन्छन् । कहिले फेरी बन्दुक बोकेर लडाई गर्ने धम्की दिन्छन् । कहिले पार्टी एकिकरण गरिएकोमा पश्चाताप गर्छन् । केहि दिन यता यस्ता खालका अस्थिरता निम्त्याउने अभिब्यक्ति दिने गरेका छन् प्रचण्डले । आफु प्रधानमन्त्री बन्न बार्गेनिङ गरिरहेका छन् उनले । नेकपाका नेताको खासै साथ नपाए पनि प्रचण्डले बरिष्ठ नेताहरु माधव नेपाल, बामदेव गौतम, इश्वर पोखरेल, भिम रावललाई भेटेर आफ्ना स्वार्थका लागि भड्काउने भगिरथ प्रयत्न पनि नगरेका होईनन् । पार्टी अध्यक्ष भईसकेका ब्यक्ति केवल आफ्नो निहित स्वार्थका लागि भौंतारिदै नेताका घर–घरै डुल्न थालेका छन् । आफ्नो स्वार्थ पुरा गराउनका लागि जतिसुकै तल्लो स्तरमा पनि पुगेर भड्काउनु उनको बिशेषता नै बनेको छ । तर अब प्रचण्डले भ्रम छरेर पूर्व एमाले नेताहरु बिचमा फाटो ल्याउन नसक्ने स्थिति देखिएको छ । बरिष्ठ नेता माधव नेपालसंग गुहार माग्न गएका प्रचण्डले तटस्थ र स्पष्ट जवाफ पाईसकेका छन् । ‘तपाईहरुको समझदारीको बिषय पार्टीले चिनेको छैन । अहिले यो बिषय उठाउने उपयुक्त समय होईन’ भन्ने नेपालको उत्तर पाएपछि प्रचण्ड अरु नेताहलाई भेट्न गए । तर अरु नेताहरुबाट पनि उनले चित्तबुझ्दो आश्वासन पाएनन् । पहिलादेखि नै नेताहरुलाई एकआपसमा लडाएर खान पल्केका भनेर चिनिएका छन् प्रचण्ड । जहिले पनि अस्थिरताको राजनीति गरेर आएका उनी पार्टी र सरकार स्थिरतातर्फ जाँदै गर्दा उनको अभिब्यक्ति भने अस्थिरता निम्याउने खालको छ । सरकार अहिले एउटा गतिमा उचाई लिदै गएको अवस्था छ । बिकास र समृद्धिका कामहरु अगाडी बढ्दै गर्दा उनलाई खपिनसक्नु भएको छ ।
बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सफलता दिन प्रतिदिन बढ्दै गएको छ । प्रधानमन्त्री केपी ओली कै पहलमा २३ बर्षपछि चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण सफल भयो । बिकास र समृद्धिको ढोका खुलेको अवस्था छ । भ्रष्टाचार र अपराध कर्म गर्नेहरुलाई धमाधम कानुनी दायरामा ल्याएको छ । अहिले नागरिकले कानुनको शासन भएको महसुस गर्न पाएका छन् । अपराध गर्नेहरु आफ्नै पार्टी निकटस्थ भए पनि सरकारले छाबिन गर्न कुनै बाधा पु¥याएको छैन । सत्ता र शक्तिको आडमा मात्रै अपराध छोप्न सकिदै भन्ने मान्यता बनेको छ । ओली सकारबाट कानुनी शासनको रक्षा भएको महसुस जनताले गरेका छन् । बलात्कार प्रयास गरेको आरोप लागेका पूर्व सभामुख महरालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । सत्ता र शक्तिको आडमा उन्मुक्ति पाउदै आएको राजपुर बम काण्डको मुख्य अभियुक्त पूर्व सांसद अफ्ताव आलम पक्राउ परेका छन् । बिगतमा ठूला मान्छेले गरेको अपराधमा प्रहरीले पक्राउ गर्ने हिम्मत गरेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै प्रहरीलाई भन्नुभयो– ‘प्रहरीले सत्तामा बसेका मानिसको, शक्तिशालीको, पैसावालको मुख हेर्ने होईन कानुन् हेर्ने हो कानुनको पालना गर्ने हो पक्रने हो ।’ प्रधानमन्त्रीको यो अभिब्यक्तिले प्रहरीको मनोबल बढेकोे छ । प्रहरीले कानुनको पालना पनि गरेको छ, अब हेर्न बाँकी छ न्यायालयले पीडितलाई न्याय दिन्छ कि अपराधीलाई उन्मुक्ति । फौजदारी न्याय प्रणाली मर्न दिन्छ की दिदैन् ।
जेसुकै होस अहिले सरकारको काम कार्वाहीप्रति कोही ब्यक्ति असन्तुष्ट हुनुपर्ने अवस्था छैन । मानौं यो सरकारले सिन्को पनि भांचेको छैन भने जस्तो गरेर कसैले खेदो खन्नुको कुनै औचित्य छैन । गुण र दोषका आधारमा आलोचना गर्न ठिक हुन्छ । आफ्ना स्वार्थका लागि होईन । अहिले नेकपा अध्यक्ष प्रचण्डले गठबन्धनको सरकार जस्तै गरेर असन्तुष्टी छरपष्ट पोखेका छन् । उनका कुण्ठा र गतिबिधी दिनैपिच्छे फेरिन्छ । एक दिन एउटा कुरा अर्को दिन अर्को । एक दिन अगाडी मज्जाले गाली गर्छन् अर्को दिन हामी मिलेका छौं मिडियालाई भ्रम भएको छ भन्छन् । जे बोल्छन् त्यसको ठीक उल्टो काम गर्छन् उनी । बिगतका गतिबिधीले पनि देखाईसकेको छ । एउटै पार्टी भए पनि फरक पार्टीको हो जस्तो गरी मिलीजुली गठबन्धनको सरकार जस्तो गरेर नेतृत्व फेर्ने घुर्की दिन्छन् । सक्ता कसैको पैतृक सम्पत्ति जस्तो गरेर बाँडीचुँडी खाने, बेथिती बसाल्ने, राष्ट्रको ढुकुटी सक्ने ।
जनतालाई संधै दुःख दिएर अस्थीरतामा राजनीति गर्ने हक कसैलाई छैन । जनताले अब शान्ति, बिकास र समृद्धि चाहन्छन् । त्यहिँ चाहनाका योजनाकार बर्तमान प्रधानमंत्री केपी शर्मा ओलीलाई जनताले पाँच बर्षका लागि ढुक्कले प्रधानमंत्री बन्न मत दिएका हुन । बिगतमा भारतमा पनि यस्तै गठबन्धनको सरकार हुँदा बिकास हुन पाएन । भाजपाका अटल बिहारी बाजपेयीले ५ बर्ष शासन चलाए । १० बर्ष मनमोहन सिंहले कांग्रेस आईको सरकार चलाए । पुनः भारतिय जनता पार्टीका नरेन्द्र मोदीले एक कार्यकाल पुरा गरी दोस्रो कार्यकाल शुरु गरेका छन् । त्यसैगरी छिमेकी मुलुक चिनमा पनि सि चिनफिङले १० बर्ष शासस गरे यद्यपी चिनको शासन प्रणाली स्थिर छ ।
उनले आफ्नै मोडलले बिकास गरेका छन् । जस अपजस सबैको जवाफदेहीता उनकै हो । राजनैतिक स्थिरताले संगैको छिमेकी मुलुक भारत र चिन कहाँबाट कहा पुगिसक्यो । हामी भने आफ्नै पार्टीका नेताले राम्रो गरे भने रिसले मर्छौं । हाम्रो मुलुकमा बिडम्बना नै मान्नु पर्छ की अहिलेसम्म राम्रो काम गर्ने नेतालाई टिक्न नदिने । नेपालीमा एउटा उखान छ….‘ले आफ्नो घर पनि बनाउदै अर्काको घर पनि बिगार्छ’ भनेझै यी नेताले न आफुले जिवनमा न कुनै राम्रो काम गरेका छन् न काम गर्नेलाई राम्रो गरी गर्न दिन्छन् । बिगतकै परिस्थीति जस्तो ठानेर अध्यक्ष प्रचण्डले ६÷६ महिनामा सरकारको नेतृत्व परिवर्तनको कुरा उठाउएर अस्थिरता पैदा गर्ने नियत राखेका हुन् । उनले सरकार गठन भएको एक बर्ष पनि पुग्न नपाउँदै यो बिषय उठाएर काममा बाधा पु¥यानु जायज हो ?
२०७४ सालको स्थानीय निर्वाचनमा एमाले एक्लैले राम्रो भारी मत पायो । संघिय निर्वाचनमा एमालेको लोकप्रियता ठूलो उचाइमा पुगेको थियो । देश र जनाताका लागि कम्युष्टिपार्टीहरु मिल्नु पर्छ देश, बनाउनु पर्छ भन्ने मान्यताका कारण एकिकरण प्रस्ताव एमाले आफैले उदार दिल देखाएर अगाडी सा¥यो । अर्का अध्यक्षलाई शान्ति बिकास र समृद्धिको चाहना होईन बार्गेनिङ गर्नुपर्ने, नियतमा नै खोट रहेछ । आफ्नो क्षेत्रभन्दा बाहिर जान नसेका यी नेता मेरै कारणले दुई तिहाई आएकोझैं गरी लाजै नमानी गुड्डी हाँक्छन् । जस्ले आफ्नो निर्वाचन क्षेत्र छाडेर मेचीदेखि महाकालीसम्म निर्वाचनको क्याम्पेनिङ गरे जस्को कारणले पार्टीको दुई तिहाई बहुमत आयो । हैसियत माथी उठ्यो आज उनैलाई काम गर्न खोज्दा–खोज्दै आफ्नै पार्टीका नेताबाट अवरोध पु¥याउनु, काम गर्न नदिनु, असन्तुष्ट नेताहरुको क्लब बनाई भड्काउन खोज्नु जायज हो ? यो क्लबका सबै नेताहरुले के बुझ्नु पर्छ भने आज कसैको बिरुद्ध भड्काउनेले कुनै दिन आफ्नैबिरुद्ध पनि भड्काउछन् भनेर । के सत्ता नै सबै कुरा हो नैतिकताको कुनै गुन्जाइस छैन ?
२०६४ सालदेखि नै अपराधी, भ्रष्टाचारी कार्वाही गर्न नसकेर काखी च्याप्दै आएका नेताहरु, अहिले सरकारले एका एक सबैलाई कानुनको दायरामा ल्याउँदा त्रसित बनेका छन् । कहिले पार्टी एकिकरण गरेर पछुताए भन्नु कहिले फेरी एकपटक बन्दुक बोक्ने धम्की दिन उनले सुहाउने कुरा हो ? माओवादी द्धन्द्धले मुलुकलाई कहाँ पु¥यायो । जनताको जीवन कहाँ पुग्यो ? माओवादी नेताको जिवनशैली कस्तो बन्यो ? कति नरसंहार भयो, के–का लागि युद्ध थियो ? माओवादी नेताहरु सत्तामा पुग्न १३ हजार निर्दोषले जिवन गुमाउनु पर्ने ? अहिले पनि अध्यक्ष प्रचण्डका सबै शाखा सन्तान तथा आसेपासेले मात्रै सत्ताको लाभ लिईरहेका छन् । यति हुँदा पनि पुरानै धम्की । यसबाट के प्रष्ट हुन्छ भने अध्यक्ष प्रचण्ड आफ्नो स्वार्थ पुरा गर्न मुलुकलाई नै आफ्ठेरोमा पार्न पनि पछि हट्दैनन् । उनी जिम्ेवार नेता होईनन् । उनले मुलुकमा थिति बसाल्दैनन् । बेथिति, बिकृति र बिसंगतिका सम्बाहक हुन् उनी । अलि समय सत्तामा बस्न नपाए ज्वरो आउने बानी परेका छन् उनी ।




