अहिले नेकपालाई महिला नेतृत्व स्थापित गर्ने सुअवसर मिलेको छ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्वाचित भएको कास्की २ सहित देशका विभिन्न स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । भोली उमेद्वारहरुको मनोनयन हुदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नं २ मा तात्कालिन मंत्री रबिन्द्र अधिकारीकी पत्नी बिद्या भट्टराईलाई उमेद्वार बनाउने भएको छ । सबैको ध्यानकर्षण भएको कास्की क्षेत्र नं २ मा नेपाली काग्रेस कास्कीले १६ जना आकांक्षीको नाम पठाउदा नेकपा कास्कीले बिद्या भट्टराईको एकल नाम सर्वसम्मत सिफरिस गरेको थियो । साझा पार्टीबाट यस अघि नै रजनी केसीलाई उमेद्वार बनाउने सार्वजनिक गरिसकेको छ । काग्रेसले कास्कीका पुराना नेता खेमराज पौडेललाई उमेद्वार बनाएको छ ।
यस अघि नेकपा गण्डकी प्रदेश कमिटिले केन्द्रले मागे अनुसार कै संख्यामा नाम पठाउने भनेर ३ जनाको नाम सिफारिस गरेको थियो । विद्यासँगै सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नामको पनि थप गरेर केन्द्रमा पठाएको थियो । सिफरिसमा परेका पुराना नेता सोमनाथ अधिकारी प्यासीलाई सरकारले प्रदेश नं १ को प्रमुखको बनाएको छ । जे होस नेकपाले प्राज्ञिग क्षेत्रकी एक महिलालाई चुनावमा उठाएको छ । प्रदेश कमिटिले गरेको सिफरिसले भने महिलाहरुलाई राजनितिमा आउन सहज छैन भन्ने संकेत गर्छ । संघिय संसदमा प्रत्यक्ष चुनाव जितेर प्रतिनिधित्व गर्ने महिलाहरुको संख्या जम्मा ५ छ उनिहर सबै नेकपाका हुन् । संघिय संसदको तल्लो र माथिल्लो सदन गरी सबै पार्टीका महिला सासंदहरुको संख्या १ सय १० रहेको छ । महिलाहरुको ठूलो संख्या समानुपातिक तर्फ देखिन्छ । समानुपातिक पदले महिलाहरुलाई नेतृत्व बिकास गर्न अवसर त प्रदान गर्छ तर अहिले सम्मको अभ्यासले समानुपातिकमा परेका महिलाहरु प्रत्यक्ष चुनाव लड्ने हैसियत बनाएको देखिदैन । उनिहरु पटक पटक समानुपातिक पद मै बस्न रुचाएको पाईन्छ । सबै पार्टीका नेताहरुमा सुझबुझ, इमान्दारीता र फराकिलो सोचाईको अभाव देखिन्छ । महिला नेताहरुमा पनि त्यसको प्रभाव पर्नु स्वभाबिक नै हो । नेपालको संबिधान २०७२ ले म्याण्डेड अनुसार समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राजनितिमा समाबेश गराउनु पर्ने बाध्यता दलहरुलाई छ । अहिले सम्म समाबेशी कोटामा पर्ने समुदायका ब्यक्तिहरु नेताको पकेट भित्रका मात्रै देखिएका छन् । त्यस्ता ब्यक्तिहरुले सबै बर्ग क्षेत्र र समुदाय नेतृत्व गर्न सक्दैन । आम मतदाताले पनि उनिहरुलाई नेताको रुपमा स्विकार पनि गरेको पाइदैन । समानुपातिक निर्वाचनको बिकृति भनेको पदको किनबेच हो । यस्मा नेतृत्वको पहिलो रोजाईमा पुराना इमान्दार र अनुभबि कार्यकर्ता होईन चाकडी गर्ने, पैसा खर्च गर्नेहरु पर्दछन् । प्रत्यक्ष निर्वाचनमा टिकट कस्ले खोस्ने भन्ने होड चल्छ । टिकट पाउनकै लागि पनि पैसाको चलखेख बढेको देखिन्छ । चुनाव लड्नु भनेको अफ्यारा र चुनौतिहरुसंग जुझ्नु हो । धेरै दाउपेचको सामाना गर्नु पनि हो । प्रत्यक्ष चुनाव लड्दा, नेता, कार्यकर्ता र जनतालाई प्रत्यक्ष रुपमा चिन्ने मौका मिल्छ । उनिहरुको मानसिकता बुझ्ने अवसर प्राप्त हुन्छ र सांचो अर्थमा नेता बनिन्छ । अहिले बिद्यालाई यो अवसर प्राप्त भएको छ । 
अहिले बिद्याले प्रत्यक्ष चुनाव लड्ने आट गरेकी छिन् । उनलाई जतिको चुनाव जितन अनुकुल अवस्था अरु नेतालाई छैन । प्रदेश कमिटिले दुइ साता अघि नेकपाका कार्यकर्ता माझ अन्यौलको अवस्था बनाई दियो । चुनावको संघारमै एक भएर मिलेर गएका कार्यकर्तालाई बिभाजित गर्ने मनसाय प्रकट भएको देखियो । नेतृत्वले आफुलाई नया शक्ति केन्द्रको रुपमा स्थापित गर्न खोजेको देखियो । पूर्व नेकपा एमाले र माओवादी (केन्द्र) एक भएको समय धेरै भएको छैन । दुवै पार्टीका नेता कार्यकर्ताको भावनात्मक मिलन हुन अझै बाकी नै छ । मुखले एक भए पनि ब्यवहारमा देखाउन सके एकिकरणले सार्थकता पाउने थियो । केहि दिन यता सामाजिक संजालमा पार्टीकै जिम्मेवार कार्यकर्ताहरुले कित्ताकाट गरे तथानाम लेख्ने काम गरे । मतदान नगर्ने समेत संकेत गरे । यस्ले कार्यकर्तालाई अराजक र असहिष्णु बनाउन मलजल गरेको देखियो । पार्टीको होईन आफ्नो निजी स्वार्थका लागि आफ्नो अनुकुल गुट र कार्यकर्ता बनाउन खोजेको देखियो । वास्तवमा पार्टीका नेताहरुले चुनाव जित्न र पपुलर मत प्राप्त गर्नका लागि योग्य, बलियो उमेद्वार छान्नु पर्ने हुन्छ । बलियो बनाउनका लागि एकताको संदेश दिन पनि जरुरी छ । कास्की जिल्ला कमिटीले एकताको संदेश दिन खोजेको थियो । तर प्रदेश कमिटिले बिभाजित मानसिकता बनाईदियो । चुनाव केहि हद सम्म मानोबैज्ञानिक रुपले पनि जितिने कुरा हो । चुनाव जित्नका लागि सबै जनता र कार्यकर्ता माझ प्रिय र निश्कलंक ब्यक्ति उमेद्वार हुन जरुरी छ । धेरै मतदाताले आर्दश पात्रलाई मतदान गर्न रुचाउछन् । कुनै बेला पार्टी पपुलर छ भने पनि उचित पात्र भएन भने पराजय पीडा भोग्नु पर्र्ने अवस्था आउछ । देशभरि माहोल बनेको अवस्थामा पनि उमेद्वारहरुले किन हार्छन् ? त्यो क्षेत्रका मतदाताले नरुचाएको कारणले कतिपयले पार्टी त ठिक छ तर पात्र भएन भन्ने गुनासो पनि आउने गरेका छन् । निर्वाचन दिनप्रतिदिन खर्चिलो र मंहंगो बन्दै गएको छ । निर्वाचनको बिकृतिले गर्दा निष्ठावान र इमान्दार कार्यकर्ताहरु चुनाव लड्न समेत हच्किन्छन् ।
नेपालमा मात्रै होईन संसार मै पनि श्रीमान्को मृत्य पश्चात जितेका ठाउंमा श्रीमति, छोरी, छोरा भाई र आफन्तलाई चुनाउमा उठाउने अभ्यास छ । लिगेसी र सहानुभूतिको मत प्राप्त गर्नका लागि गरिन्छ । भारतमा इन्दीरा गान्धी पछि राजिव गान्धी, बाङलादेशमा जिउर रहमान पछि बेगम खालिदा जिया, त्यसैगरी सेख हसिना सेख मुजिबुर रहमानकी छोरीहुन् । पाकिस्तानमा जुल्फीकर अलि भुट्टो पछि बेनजिर भुट्टो, उनि पछि उनका छोरा र श्रीलंकामा आमा छोरी चन्द्रिका कमारातुड्डा छन् । नेपाली राजनीतिमा बिगतमा दिगंबत नेताहरुको ठाउमा आफन्त र श्रीमति उमेद्वार बनेका छन् । बिरासत कायम गर्ने चलन बसेको छ । यो कुनै नौलो परम्परा होईन । राजनीतिमा कहिल्यै देखा नपरेकाहरु पनि महिलाहरु पति र आफन्तको मृत्यु पश्चात उदय भएको देखिन्छ । तर दिगंबत नेता रबिन्द्र अधिकारीकी पत्नी बिद्या भट्टराई नाउं सहानुभूतिको मत बटुल्नका लागि मात्रै होईन । उनले बिगतमा रबिन्द्र अधिकारीसंगै बिद्यार्थी राजनीति शुरु गरेकी थिईन् ।उनमा सुझबुझ, फराकिलो सोच र क्षमता कम नभएको होईन । बिद्या सालिन स्वभाव, कुनै आरोप खेप्नु नपरेको, धेरै मतान्तरले जित्न सक्ने पीडाबाट उठेकी नेता हुन् । बिद्यालार्ई नेकपाले उमेद्वार बनाउनु महिलाहरुका लागि सुखद पक्ष हो । पार्टी नेतृत्वका लागि महिलालाई स्थापित गर्ने यो सुनौलो अवसर पनि हो । बिद्याको हार या जीतको बिषय सम्पूर्ण महिलाहरुको प्रतिष्ठासंग गासिएको छ ।




