आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

केरा नबिक्दा किसान मर्कामा

केरा नबिक्दा किसान मर्कामा


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७६, बिहिबार

बागलुङ, ६ चैत – जैमिनी नगरपालिका वडा नं. १ र २ का किसानले ठूलो लगानी गरेर केरा खेती गरेका छन् ।हावापानीले पनि साथ दिएकोले किसानले राम्रो कमाई समेत गर्दै आएका थिए । पछिल्लो समय केराले बजार पाउन छाडेको छ ।
आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेतीगर्न मिल्ने भएकाले कोदो र मकै मासेर लगाएको केराले बजार पाउन छाडेको स्थानीय किसान सूर्यनाराण पौडेलले गुनासो गरे । कुश्मीशेराको खौर, किसेक र टुनीवोटमा केरा खेती सुरु भएको दशबर्ष भन्दा धेरै भयो । पहिला केहीबर्ष केराबाट राम्रो आम्दानी गरेका यहाँका किसानले यस बर्षको हिउँदामा भने नोक्सानी बेहोर्नु परेको पौडेल बताउँछन् ।
यो बर्षको हिउँदमा मात्रै लाखौंको केरा बिक्रि नभएर खेर गएको उनले बताए । ‘गर्मी लागेपनि केराको माग आएको छैन्’ उनले भने ‘चिसोका चार महिना बारीमै कुहिएर गए ।’ डोकोभरी केरा बोकेर बजार पु¥याउन हिँडिरहने उनको दैनिकी यो बर्षको हिँउदमा कायम रहन सकेन । पहिले पहिले उनले दिनमा हराजौं रुपैयाँको केराको कारोवार गर्दै आएका थिए तर यो बर्षभने खर्च उठाउन समेत कठिन भएको उनले बताए ।
उनले किसानको बारीबाटै केरा उठाएर डोको भर्थे । उनी जस्तै केराको आम्दानीले दैनिक खर्च चलाउनेको संख्या गाउँमा ३० जना भन्दा धेरै छ । उनको ३ मुरी कोदो फल्ने बारीमा केराको बगान छ । बर्षातको समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर पौडेलले बर्षमा झण्डै तीन लाख कमाएका थिए । ‘मकै र कोदोको मूल्य हिसाव गर्दा बर्षमा १८ हजार कमाई हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति’ पौडेलले भने ‘समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकीनै बदलिएको छ, तर चिसोमा केरा नबिक्दा समस्यामा परियो ।’ सुख्खा रातो माटो रहेको खौर, किसेकको डाँडामा बर्षातको समयमा मात्रै खेती हुने गरेको थियो । पछिल्लो समय उक्त गाउँका किसानहरुले परम्परागत खेतीलाई परिवर्तन गरेर केरा खेती गरेका छन् । सूर्य पौडेलको जस्तै खौरका ऋषिराम शर्माले चार रोपनी बारीमा केरा खेती गरेका छन् । सुरुको पहिलो बर्षमा उत्पादन दिएको केराले अहिले भने हिउँद बर्खा दुवै सिजनमा राम्रो फसल दिएकाले आँफु सन्तुष्ट रहेको शर्माले बताए । उनको पनि सूर्यको जस्तै बजारको समस्या भने छ । शर्माले केराका लागि आवश्यक मलको जोहो गर्न गाई भैंसी पालेका छन् । खानेपानीका लागि पै्रयोग भैरहेको पानीलाई बचत गरेर केरामा सिंचाईं गर्छन् ।
किसेकका अग्नीधर शर्मा पेशाले शिक्षक हुन् । उनको चार रोपनी घरबारीमा केरा खेती छ । केरा भित्र उनले कफी पनि लगाएका छन् । तीन मुरी कोदो र चार मुरी मकै फल्ने बारीमा लगाएको कफी र केराबाट शर्माले बार्षिक पाँच लाख भन्दा धेरै आम्दानी गरेको बताए । यो गाउँमा झण्डै ४० रोपनी जग्गामा किसानहरुले केराको खेती गरेका छन् । पकेट कार्यक्रमकालागि प्रदेश सरकार र स्थानीय जैमिनी नगरपालिकाले यो गाउँलाई अनुदान पनि दिएको छ । यस बर्ष सिंचाईंकालागि प्लाष्टिक ट्याङ्की र कालो पाईप किसानलाई दिएको हो । ‘सामान्य सहयोग त पाईयो तर हाम्रो आवश्यकता बजार हो’ शर्माले भने ‘चिसो समयको केराबाट अरु उत्पादन गर्ने वातावरण बनाईदिए हुन्थ्यो ।’ किसानको मर्का बुझेको केरा पकेट समुहले यस बर्ष उत्पादनमा जोड दिएर आगामी बर्षबाट बजारको व्यवस्थापनमा लाग्ने जनाएको छ । ‘सदरमुकाम लगायत हाम्रो सानो बजारमा पनि बाहिरको केरा आउँछ अव हामी स्थानीय केराले बिस्थापन गछौं’ पकेट समुहका अध्यक्ष गोपाल आचार्यले भने ‘चिसो मौसममा फल्ने केरा स्टोर गरेर राख्ने व्यवस्था पनि गर्नुपर्छ ।’ गर्मीमा भने यहाँको केरालाई बजारको समस्या छैन् । यहाँको केरा किसानले ६० रुपैयाँ दर्जनमा व्यपारीलाई दिने गरेका छन् । व्यापरीले भने १ सय देखि १ सय २० रुपैयाँमा बिक्रि गर्छन् । खौर र किसेका किसानहरुले एक आपसमा मिलेर केराको उत्पादन गरी रहेका छन् । सिंचाईकोलागि पानीको चरम समस्या रहेको उक्त ठाउँमा खानेपानीकालागि ल्याईएको पानीलाई बचाएर सिंचाई गर्दै आएका छन् । बर्षाको समयमा पानी प्राप्त हुने भएपनि हिउँदको समयमा केराका लागि आवश्यक पानीको अभाव हुने गरेको छ । घरायसी कामका लागि प्रयोग भएको पानीलाई केरा बारीमा पु¥याएर उनिहरुले सिंचाईको जोहो गर्दै आएका छन् । सबैले लगाएको केरा एकै किसिमको भएपनि राम्रो बिरुवा कुनै एक व्यक्तिको बारीमा उत्पादन भए अर्काको बारीमा त्यसको परिक्षणकालागि बिरुवा सार्ने गरेका छन् । रातको समयमा खानेपानीलाई पालैपालो सिंचाईका लागि प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->