सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्यारी जीवनसंगिनी रुपक, तिमीले छोरीलाई सम्झाउ है !

प्यारी जीवनसंगिनी रुपक, तिमीले छोरीलाई सम्झाउ है !


  • यामबहादुर थापा मगर
  • चैत्र २५ २०७६, मंगलबार

प्रिय रुपकदेवी,
बाबाआमाको सम्पत्ति नै छोराछोरी हुनभन्ने आमप्रचलन छ । भावी पुस्ताकालागि पैतृक सम्पत्तिमा राज्यले कर लगायो भने सायद आफ्ना सन्ततीका लागि समाजले सम्पत्तिमा बढी लोभलाभ गर्ने थिएन । अहिले विश्व जगत नोवेल कोरोना (कोभिड १९) भाइरस चीनको हुवानबाट फैलिएको महामारीबाट भकाभक मानिसको मृत्युको खवरले नीरस छ । लकडाउनको समयमा घरमा रहेका नानीबाबुलाई सगै रहने समयमा प्रशस्त ध्यानमा राखी सम्झाउ है भन्नकालागि मैले तिमिलाई यो पत्र लेख्दै छु । यो नसम्झ्नुकि, तिमीले चिठी नलेखेको भएको सम्झाउने र बुझाउने मैले गर्ने थिएनभनेर । खाली चिठीमा भएकाविषयमा केन्द्रितभएर छोरा र छोरीलाई सम्झाउने र सिकाउने मात्रै गर भनेको पनिहोइन् नि!आफनै विवेक,बुद्धि र ज्ञानले देखेको विषय वस्तुमा सामाजिक,आर्थिक,राजनैतिक,सांस्कृतिक,ग्रामिण,महिला,मानवअधिकार,कानुन,न्याय,स्वास्थ्य,शिक्षा,पत्रकारिता,सुचनाप्रविधि,कथा,साहित्यकाबारेमापनिबुझाउनु है ।
मैले छोरी रुयासा (निलम)लाई लेखेको चिठी पढने काम गरयौ कि गरेनौ भनीसोध्नेगर्दथे। अ,बाबा मैले पढे भन्दाअत्यन्तै खुशीहुन्थे । पक्कै ढिलो वा चाडो मैले छोरी रुयासालाई पत्रमा लेखेर सार्वजनिक गरेका सुझाव मेरा जस्ता थुप्रै छोरा छोरीलाई सकारात्मक सुझाव परे होलाभन्ने लागेको छ । अव फेरी अर्कोपत्र लेख्छु है भन्दाभो अवआमा(ममी) लाई लेख्नु भनिन् छोरीले । जीवनसगिनीलाई चिठी लेख्दै छु भनी फोनबाट जानकारी गराएपनि राक्षसरुपी कोराना भाइरसले कोठामा गुम्सिएर बस्न बाध्यभएको बेलामा सिर्जनात्मक कामगर्ने जाँगर चलाउनत्यति मन लागेन । तैपनि नैराश्यपूर्ण भावना पोखिरहदा विश्व जगत ओइलाएको बेलाझन सानो मन बनाउन मन लागेन र जीवन सगिनीमार्फत छोरा र छोरीलाई नै केन्द्रित भै फेरी अर्को श्रृंखलामाजोडिन मन लाग्यो र यो पत्रकोर्दै छु ।
खासमातिमीले फिल्म हेर्न मन पराउदैनौ । त्यो थाहाछ, सधै कुनै न कुनै काममाव्यस्त रहने बानी छ तिम्रो । छोरा छोरीलाई पनि शिपमुलक,कृषिमुलक,प्राविधीकमुलक,शिक्षामुलक काममाआफु जस्तै व्यस्त हुन सिकाउनु है । मैले लकडाउनको समयमा हेरेका,पढेका फिल्म समिक्षामा केही चलचित्रको नाम दिन्छु । तिफिल्म फुर्सद भएमा हेर्नु है । जस्तै इरानी फिल्म असेपरेसन , द सेल्स म्यान, द विल्लो ट्री ,क्रिम्सनगोल्ड, कयल न्यमि  टेस्ट अफ चेरी हेर्नका लागि सुझावछ । छोरी रुयासालाई तीफिल्मको नामदिई हेर्न लगाई के ज्ञान प्राप्तभयो सो को लिखित समिक्षात्मक टिप्पणी माग्नु है । त्यस्तै, नेपाली फिल्महरुमा जात्रा,नुमाफुङ,साँघुरो, सुनगाभा,उमा,गोपी,पशुपति प्रसाद, वासुदेव,कबडी, टलकजग भर्सेज टल्के, बलिदान,लुट,सुब्बा साहेव,सिमारेखा लगायतका फिल्म हेर्न लगाउनु है ।यसो गर्दा समय मिलेमाओस्कार अवार्ड जुन सुकै फिल्म हेर्ने बानीभएमाअसल संस्कारको विकास समेत हुनेछ ।
त्यस्तै,दमिनी भिर,जिवनकि काँडा फुल,सेतो धरती,खलंगामा हमला,पल्पसाक्यापे,पागल बस्ती,राधा,करोडौ कस्तुरी,रणहार,विचारको लास लगायत किताब मेरो किताब राख्ने थोत्रो र्याकमा छ । त्यसलाई खोजेर पढन लगाउनु है । पढन अल्छी मान्न सक्छन् । पत्रपत्रिका पढ् है भन्दाआफुले पढने कोर्सको किताब पढछु नि भन्छीन छोरीले, त्यसैले कोर्सका किताब झोलाबाट बाहिर लक डाउनको समयमा निकालेको छैनन्होलानि । झोलाबाट झिकी पढन लगाउनु है । लक डाउनको समयमा घर बाहिर ननिस्कने भनेको हो । महामारी रोगबाट बँच्नकालागिभनेर झोला भएको किताबलाई लक (बन्द) गरी राख्नु भनेको होइननि !यदि सम्भव हुन्छ भने नोबेल साहित्यकार प्राप्तकितावहरु खोजीखोजीअध्ययनगर्ने बानीको विकास गराउनुपर्दछ । फेरी पढन अल्छी लागेमा युटुवमा अडियो अग्रेजी,नेपाली,हिन्दीथुप्रै किताब पाइन्छ । ति किताबलाई छनौट गरि सुन्न लगाउनु है । विश्वका सबै भन्दा धनीमानिस विल गेट्सले सुचना र प्रविधिको डिजिटिल युगमापनिआफुले प्रिन्ट किताब नै हप्तामा नयाँनयाँ पढने गरेको विचार व्यक्त गरेका छन् । त्यसैले छोरी रुयासा (निलम) र छोरा हिम्मतलाई मैले संकलन गरेकाथुप्रै कोपिला,जुनकिरी,अकुर,मुना,युवामन्च,अन्तराष्ट्रिय मन्च,नारी,नागरिक परिवार,नवयुवा,शिक्षक लगायतअन्य किताबहरु पढन लगाउनु । पढने र पढाउने बेलामा घर पहिलो पाठशाला हो भन्छन् । जीवनसगिनी रुपकदेवी,तिमीआफै शिक्षकभएकोले बालबालिकाको मनोविज्ञान बमोजिम मैत्रीपूर्ण तरिकाले अध्यापन गराए जस्तै छोराछोरीलाई अभ्यस्त बनाउने उत्तम समय हो यो । दोश्रो पाठशाला विद्यालयमागई छोराछोरीले अध्ययन त गरेका छन नै । छोराछोरीको बानी खत्तम छ भनी नकारात्मक भावना विकास नगर्नू है । स्वामी विकासानन्दले भने जस्तै आफुसँगभएको चीजउत्तम छन् भनी छोराछोरीलाई उत्तम र असल नागरिक बनाउदै स्वव्यवस्थापन,स्वचेतना, सामाजिक सचेतना र सम्बन्ध व्यवस्थापन विस्तारमाअभिवृद्धि गर्नु है रुपक।
कोरोनाले ग्रस्त विश्वजगतमा १३ अप्रिल २०१९ मा विविसी न्युज नेपाली सेवाले के मानवजातिले अर्को शताब्दी देख्न पाउँछ भन्ने शिर्षकमा चर्चित रिर्पोट प्रस्तुत गर्यो । मानवजातिको अगाडी त्यस्तो खतरा छ जसले पुरै कथा सिध्याउँछ । एकदमै सुरक्षित छौ भन्ने मानिस नोवेल कोरोनालेअस्थिर र विचलित बनाई विज्ञानलाई चुनौती र त्रास बनाइ रहेको छ । विगत मा परमाणु युद्धबाट, मिथ्या भिडियो (डिप फेक मिडिया) मार्फत व्यक्ति व्यक्तिबाट खतरा,महामारी,जैविक विविधताको विनाश, जनसख्याको अतिवृद्धि,स्रोतको क्षय र जलवायु परिवर्तनबाट परेका असर र प्रभावका बारेमा तिमी शिक्षक भएको नाताले साक्षत्कार हुनुपर्दछ । छोराछोरीलाई समेत अप टु टेड गराउनु पर्दछ भनेको विषय अरुका लागि समेत हितकर हुने नै छ । छोराछोरीलाई सिकाइ प्रक्रिया निरन्तर चल्छ । सिक्नखोज्नु र सिक्नका लागि लाजनमान्नु तथा सिकेकाअसल कुराहरु जीवनमा लागु गर्न सक्नु वास्तवमा सिकाइहो भन्ने आत्मबोध गराउनमा तिमले हरदम ख्याल राख्नु है ।
बालबालिकालाई सामाजिक सन्जाल फेसबुक,युटुव,टवीटर,लाइन,मिटले असामाजिक संस्कृतिको विकासमा टेवा पुगेको अनुभव भैरहेको छ । सामाजिकीकरण इकाईको परिघटनालाई सिकाइमार्फत छोरा छोराको जीवनशैलीमा रुपान्तरण गर्नु है । साथै तिमी आवद्ध भएको सहकारी,विद्यालय, नेपाल रेडक्रस सोसाइटी,विश्वविद्यालयका बारेमा विस्तृत रुपमा जानकारी गराउनु ल । त्यसमा आवद्ध भएकाशिक्षक,शिक्षिकाहरु,पदाधिकारीहरु,कर्मचारीहरु,प्राध्यापकहरुसँग चिनापर्ची गराउदै व्यक्तित्व विकास गर्ने र गराउने सहसम्बन्धको विकास र विस्तारमा पुलको कामगर्नु है । मैले छोराछोरीलाई बागलुड बजारमा म आवद्ध भएको संघ संस्थाको कार्यालयमा लगेको थिए । जस्तै ढोरपाटन दैनिक, धौलागिरी एफ.एम., धौलागिरी टेलिभिजन,विद्यामन्दिर पुस्तकालय, धौलागिरी बहुमुखीक्याम्पस,नेपाल पत्रकार महासंघ,धौलागिरी अन्चल अस्पताल, सहकारी, बैकहरुका लगेर छोराछोरीलाई चिरपरिचित गराएको थिए ।
नेपाली साहित्यका हस्ती बानीरा गिरीले घरले मान्छे बनाउने हैन, मान्छेले घर बनाउने हो भन्थे । फेरि इँटा,काठ,माटोले मात्रपनि घर बन्दैन । प्रेम,स्नेह,ममता,माया,प्रीति,उदारता र न्यानोपनले बनिन्छ घर भनेका छन् उनले । माया,ममता त चाहिन्छ तर बालबालिकालाई सुख,आन्नदले प्रगती,उन्नतीलाई बाधा पुरयाउँछ । सुखले मात्तिएमा दुख,दर्दकादिन आउँछ । दुख र सघर्ष गरी सुख प्राप्त गरेमा सफलताको शिखरमापुग्न सकिन्छ भन्ने भनाइलाई आत्मसात गराउनु है जिवन सगिनी रुपकदेवीतिमीले ।
विश्वविख्यात नेपोलियन बोनापार्टले जसले प्रशंसा गर्न जान्दछ, उसले अपमानगर्न पनि जान्दछ । इतिहास एउटा झुटको संग्रहहो,जुन सहमतिकाआधारमा तयारी पारिएको हुन्छ । मृत्यु केहीपनिहोइन,तर हारेर र लज्जितभएर बाँच्नु भनेको दिनहुँ मर्नु बराबर हो, मर्नुको तुलनामा कष्ट सहन बढी साहस चाहिन्छ । हजारौ छुराको तुलनामा चारवटा विरोधीअखबारसँग डराउनुपर्छ । भनीआर्दश भनाइहरु व्यक्तगर्ने लडाकुका बारेमाजानकार हुुनुपर्दछ, तिमी । छोरी रुयासा र छोरा हिम्मतलाई पनि गराउनु है । अहिलेलाई यत्तिभन्दै फुर्सदको समयमाअर्को श्रृंखलामाजोडीने नै छु । तिमीआफु अध्ययन गरी थुप्रै साथीहरुलाई पढन लगाउनु है । यसलाई आमा, छोरा र छोरीले पारिवारिक बैठकमा मज्जाले विचार मन्थनगर्नु मलाई सुझावदिनु ल ।
उहीतिम्रो जीवनसाथी, याम
बानपा– १०भकुण्डे, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->