बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोनाले सिकाएको पाठ र अवसरको उपयोग

कोरोनाले सिकाएको पाठ र अवसरको उपयोग


  • Dhorpatan News
  • बैशाख १४ २०७७, आइतबार

गण्डकी प्रदेशका दुईजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । बागलुङकी १९ वर्षीया अशुं सापकोटा र ६५ वर्षीया मनकुमारी पौडेल दुबैले कोरोनालाई जितेका छन् । उनीहरुले कोरोनालाई जितेकोमा परिवार र राष्ट्र नै खुसी छ । अध्यात्ममा विश्वास गर्नेहरु ‘आत्मबलले असाध्य रोगहरुमाथि पनि विजय प्राप्त गर्न सकिन्छ’ भन्छन् । दुबैको हकमा भयो पनि त्यस्तै । उनीहरुले आत्मवलले नै जितेको बताए । उनीहरुजस्तै नेपालका अन्य १२ जनाले पनि कोभिडमाथि विजय पाएका छन् । गण्डकीको मात्रै कुरा गर्ने हो भने कोरोना संक्रमणको सबैभन्दा खतरा मानिएको बागलुङको अवस्था सामान्य भएको छ । संक्रमितबाट अन्य व्यक्तिमा संक्रमण फैलेको छैन । बागलुङमा पाएको सफलतासँगै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंगो गण्डकी, यहाँका ११ जिल्ला र ८५ वटा स्थानीय तह ‘ग्रिन जोन’ मा परेको उद्घोष गरेका छन् । जुन अस्वभाविक हैन । पहिलो चरणमा सफलता मिलेको छ तर ढुक्कको अवस्था छैन । बाहिरबाट आउने व्यक्तिबाट पुनः संक्रमण फैलन सक्ने खतरा एकातिर छ भने विदेशबाट आएका सबै व्यक्तिहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन । अहिलेको पहिलो आवश्यकता भनेको विदेशबाट आएकाहरु सबैलाई परीक्षणको दायरामा ल्याउनु नै हो ।
अर्कोतर्फ प्रदेशका मुख्यमन्त्री गुरुङ स्वयंले यो विपत्तिले धेरै कुरा सिकाएको बताएका छन् । प्रदेश सरकारले दुई वर्ष पूरा गर्दा नै मुख्यमन्त्री गुरुङले संघीयताको अपरिहार्यता पुष्टि भएको जिकिर गरेका थिए । नजिकका जनप्रतिनिधिहरुलाई गुनासो सुनाउन पाउनु, सानो विकासे आयोजनाको लागि सिंहदरबार धाउन नपर्नुमा निःसन्देह नै संघीयताको देन हो । तर, संघीय सरकारले दिएको ३२ अर्ब बजेट खेलाउनु मात्रै संघीयता थिएन र हैन रहेछ भन्ने कोरोना संक्रमणले पुष्टि गराएको छ । खासगरी स्वास्थ्य क्षेत्रमा देश र प्रदेश दुबै कति कमजोर रहेछन् भन्ने संक्रमणकालमा प्रष्ट भएको छ । प्रदेशमै कोरोना देखिँदासम्म न यहाँ त्यसको परीक्षण गर्ने उपकरण दुरुस्त थिए, नत, आवश्यक स्वास्थ्य सामग्री नै । जिल्ला अस्पतालको कुरा छाडौँ, सरकारी लगानीको गण्डकी अस्पताल पनि बिरामी उपचारको लागि सक्षम थिएन । हतारमा केही काम भए । केही सामान मागिए, केही किनिए । बागलुङकै कुरा गर्दा, संक्रमितलाई अस्पताल ल्याउने बेला नै समस्या प¥यो । कहाँ उपचार गर्ने भन्ने निक्र्योल हुन सकेन । अंशुलाई बल्लतल्ल अस्पताल ल्याइयो । उनी अध्यारोमै अस्पताल आएकी थिइन् र संयोग ! सबैको मुहारमा उज्यालो छर्दै रातमै घर फर्किन् ।
भगवान भरोसामा चलेका अस्पताल कति निरीह थिए भन्ने अंशु अस्पताल आउँदाकै क्षणले पुष्टि गर्छ । धन्न, त्यसपछि प्रदेश सरकार तात्यो । बागलुङमै अंशुको उपचार गराउने भनेपछि अस्पतालको स्तरोन्नतितिर ध्यान दिइयो । मुख्यमन्त्री गुरुङ स्वयंले स्वास्थ्य क्षेत्रमा प्रदेश कति कमजोर रहेछ भन्ने कोरोना कहरले प्रष्ट पारेको बताउनु प¥यो । हो, अब नेपालको स्वास्थ्य अवस्था, कुनै रोगको संक्रमण फैलियो भने त्यसलाई रोकथाम गर्ने संयन्त्र कस्तो छ भन्ने छर्लङ्ग भएको छ । हिजो पुल्पुल्याएका निजी अस्पतालको नियत पनि यही बेला देखिएको छ । अब कमजोरीको निदान खोज्नैपर्छ । कम्तिमा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सुविधा पु¥याउन आवश्यक पर्ने पूर्वाधार, जनशक्ति र आवश्यक औषधीय सामग्रीको जगेडा राख्नेतर्फ पनि बेलैमा सोच्नुपर्छ । विपत्ति कहिलेकाहिँ अवसर देखाउने माध्यम बन्नसक्छ । कोरोनाले दिएका अरु सबै पीडा भुलेर राज्यले यो क्षणलाई अवसरमा बदल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->