शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाले विद्यालय नखुलेपछि अनलाइनबाटै पठनपाठन

कोरोनाले विद्यालय नखुलेपछि अनलाइनबाटै पठनपाठन


  • हिमलाल पराजुली
  • असार १८ २०७७, बिहिबार

स्याङ्जा, १८ असार– कोरोना संक्रमण बढ्दै जाँदा तत्काल विद्यालय संञ्चालन गर्ने अवस्था नभएपछि पिसजोन इन्डिग्रेटेड एजुकेस्नल एकेडेमी विद्यालयले अनलाईनका माध्यामबाट पठनपाठन संञ्चालन गरेको छ । वालिङ नगरपालिका–९ भुम्रेमा रहेको सो विद्यालयले लामो समयसम्म पठनपाठन नहुँदा विद्यार्थीमा असर पर्ने भन्दै अनलाईन कक्षा संञ्चालन गरेको हो ।
विद्यालयले अनलाईनका माध्यामबाट पढाइ संञ्चालन गरेपछि घरमा बसेर खेलेरै दिन बिताउने गरेका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले शिक्षकहरुसंग अनलाईनमा जोडिएर पठपाठन गर्दै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक यामप्रसाद डुम्रे (अमृतले) विद्यार्थीहरु घरमा त्यसै बस्दा पढ्ने बानी बिग्रिनुका साथै नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अनलाईनका माध्यामबाट पढाउदै आएको बताए । प्रअ डुम्रेले भने ‘कोरोना संक्रमणका कारण विद्यालय कहिले खुल्ने भन्ने टुङ्गो भएन त्यसैले अनलाईन कक्षा संञ्चालन गर्यौ ।’
शिक्षक र विद्यार्थीलाई म्यासेन्जरमा जोडेर यसकै सहायताले पठपाठन संञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।
अनलाईन कक्षा संञ्चालनमा इन्टरनेटको केही समस्या भएपनि विद्यार्थीहरु उत्साहित भएर पढ्ने गरेको विद्यालयका शिक्षक अम्बिका पराजुलीले बताइन् । उनले भनिन, ‘विद्यार्थीले पढेका कुरा म्यासेन्जरमा फोटा खिचेर पठाउँछन्, हामी पनि म्यासेनजरमा नै पठपाठनका सामाग्री पठाउँछौ । विद्यार्थीले पठाएका कुराहरुलाई हेरेर सुधार गर्नुपर्ने भए सुझाव दिन्छौ, नपर्ने भए सोहीअनुसार पढाउने गरेका छौ ।’
विद्यालयले अनलाईनका साथै विभिन्न टेलिभिजन र रेडियोका माध्यामबाट समेत पढाई भइरहेकोले अभिभावकलाई यी संञ्चार माध्यामको समेत उपयोग गरेर आफ्ना छोराछोरीको पठनपाठनमा ध्यान दिन समेत बेला बेलामा आग्रह गर्ने गरेको जनाएको छ ।
यसैगरी बालबालिकालाई घरमै पढ्ने वातावरण तथा बालउपयोगी सामग्रीहरू प्रशारण गर्ने उद्देश्यले रेडियो स्याङ्जाले प्रत्येक दिन साँझ ५ देखि ६ बजेसम्म ‘रेडियो स्कुल’ कार्यक्रम संञ्चालन गर्दै आएको छ ।
रुम टु रिड, पढ्नको लागि कक्षा कोठा, सूर्योदय ब्लव र रेडियो स्याङ्जाको सहकार्यमा संञ्चालन हुँदै आएको रेडियो स्कुल कार्यक्रमले ६० औं श्रृंखला पार गरेको सूर्योदय क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए । लकडाउनका कारण घरमै बसेका विद्यार्थीलाई रेडियोको माध्यामबाट पढाएर विद्यालय संञ्चालन नहुँदा विद्यार्थीमा पर्न जाने समस्यामा थोरै भएपनि सहयोग पुग्ने श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->