शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीगण्डकी गाउँपालिकाद्धारा सर्वोत्तम पीठो वितरण

कालीगण्डकी गाउँपालिकाद्धारा सर्वोत्तम पीठो वितरण


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७७, शुक्रबार

स्याङ्जा, १९ असार– जिल्लाको कालीगण्डकी गाउँपालिकाले बालबालिकालाई सर्वोत्तम पीठो वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ र ४ का ६ महिनादेखि २४ महिनासम्मका बालबालिकाहरुलाई निःशुल्क सर्वोत्तम पीठो वितरण गरेको छ । बालकालिकाको पोषणमा सहयोग पुगोस् भनेर सर्वोत्तम पीठो बितरण गरिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । बच्चाहरुको लागि पौष्टिक खानेकुराको आवश्यकता पर्ने भएकोले वडामै पुगेर सर्वोत्तम पीठो बितरण गरिएको अध्यक्ष थापा बताउँछन् ।
बजारमा पाइने सर्वोत्तम पीठोभन्दा गाउँमै उत्पादन गरेको बढि स्वास्थ्यकर हुने भन्दै गाउँपालिकाले सबै वडामा सर्वोत्तम पीठो बनाउने तालिमनै सञ्चालन गरेपछि अहिले वडास्तरमै सर्वोत्तम पीठो बनाएर बालबालिकाहरुलाई वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सर्वोत्तम पीठो बनाउने तालिम सञ्चालन गरेपछि स्थानीयले चामल, मकै, भट्ट, चिनी, बदाम र चना मिसाएर सर्वोत्तम पीठो बनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->