शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कुटपिटमा परि दूई जना गंभीर घाईते

कुटपिटमा परि दूई जना गंभीर घाईते


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७७, शुक्रबार

स्याङ्जा, १९ असार– जिल्लाको आँधीखोला गाउँपालिका–४ स्वरादीमा गए राती कुटपिट हुँदा दुई जना घाईते भएका छन् । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थरका १८ वर्षीय सन्तोष विकलगायतका ८ जना युवाको समुहले मादक पदार्थ सेवन गरी आँधीखोला गाउँपालिका–४ की ३८ वर्षीया सीतादेवी शर्मा र १८ वर्षीय दिपेश पौडेललाई कुटपिट गरि घाईते बनाएको प्रहरीले जनाएको छ ।
ढुंगा र लाठी प्रहारबाट घाईते भएका शर्मा र पौडेलको टाउकोमा चोट लागेको र दुवै जनालाई जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पछि थप उपचारको लागि शुक्रबार बिहान पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । कुटपिटमा संलग्नमध्ये १८ वर्षीय सन्तोष विकलाई पकाउ गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->