बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

समुदायमा संक्रमण रोकौं

समुदायमा संक्रमण रोकौं


  • Dhorpatan News
  • साउन २१ २०७७, बुधबार

देशभर दुइ अंकका कोरोना संक्रमित भएको बेलामा लकडाउन गरियो । भारतबाट आउने नागरिकको क्रम बढेपछि संक्रमणको दर ह्वात्तै बढ्यो । तर लकडाउन खुकुलो बनेपछि संक्रमणको दर हजारौंमा पुगेको छ । क्वारेन्टाइनमा बस्नेलाई संक्रमण हुनु नौलो कुरा पनि भएन । व्यवस्थित क्वारेन्टाइन भयो भने समयमा रिपोर्ट आउने र आइसोलेसनमा पठाउने काम गर्न सकिन्छ । तर केही समयदेखि समुदाय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्ता फ्रन्टलाइनरमा कोरोना संक्रमण देखिन थालेको छ । यसरी संक्रमण देखिंदा समुदायमा कति घुसेको छ भन्ने आशंका गर्ने प¥र्याप्त आधारहरु छन् ।
संक्रमणको आशंका भएकाहरुले आफ्नो आनीवानी सुरक्षित गरेका पनि छैनन् । आशंका भएका व्यक्तिहरु खुलेआम राजधानी छिर्ने देखि हरेक जिल्ला घुमेका छन् । यस अघि भारतको सिमानाबाट सम्बन्धीत पालिकाले गाउँमा लगेर क्वारेन्टाइनमा राख्थे । लक डाउन खुलेपछि बोर्डरबाट पास भएको व्यक्तिपनि कैयौं दिन लगाएर मात्र घर गएको छ । बाटैमा बास बसेको छ, समुहमा हिडेको छ । को मनिस कहाँ झरेको थियो, त्यो को थियो भन्ने हिसाव किताव अब कसैलाई छैन । फलस्वरुप संक्रमण कुन कुनामा पुगिसकेको छ भन्ने थाहा छैन । कन्ट्रयाक ट्रेसिङगर्ने प्रमाण र सम्पर्कहरु पनि छैनन् । मानौ अहिले लकडाउन आंशिक खुलेको समयमा केबल बसलाई चल्न नदिने रणनीति मात्र बनेको छ । रातो प्लेटका सवारी साधनले क्षमताभन्दा बढी यात्री र लाग्ने भाडाको चार गुणा सम्म भाडा असुल गरेका छन् । आम जनतालाई बाध्य पारेर हिडाइएको छ तर रातो प्लेट भएपछि सुरक्षाकर्मीले पनि कुनै जाँत पट्ताल नगरी छाडिदिएका छन् । कालो प्लेट भए कडिकडाउ गर्ने, रातो भए वास्ता नगर्ने प्रवृत्तिपनि बढेको छ । बागलुङमा ग्रामीण क्षेत्रमा चल्ने पिकअप जिपहरु सबै रातो प्लेटका छन् । ५ जनाका सिटमा मास्क नलगाएका १० जना सम्मले यात्रा गरेका छन् । उनीहरुको नियमन गर्ने कुनै आधार बनेको छैन । प्रहरीको आँखा छलेपछि हुन्छ भन्ने प्रवृत्तिले गाउँघरमा कोरोना भित्रिइरहेको छ । केही समय देखि भारतबाट आउने क्रम घटेपनि कोरोना संक्रमणको दर बढेको छ । यो हाम्रै लापरबाहीले हो । सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने भन्ने कुरा अगाडि बढ्न सकेन । बसमा दुरी कायम गरेर संचालन गरेको भए संक्रमणको जोखिम कम हुन सक्थ्यो । तर जिप र निजी सवारी मात्रै हावी हुँने गरी चलाउँदा आम मानिस कोचाकोच गरेर बस्न बाध्य छन् ।
सुरक्षाकर्मी जस्तै समूहमा बस्नेहरुमा संक्रमण देखिनु र स्वास्थ्यकर्मीसँग आम नागरिकको दैनिक नजिकको सम्बन्ध हुनुले यो संक्रमणबाट अझै बढी डराउनुपर्ने खतरा भएको छ । बिरामी परेपनि स्वास्थ्यकर्मीको साथ चाहिने, संक्रमित भएनभएको पत्ता लगाउन पनि नसकिने अबस्था एकातर्फ छ भने मेरो परीक्षण गरौ भन्दै कोही गए मात्र संक्रमित देखिने अबस्था आएको छ । केही समय अघि युवाहरुले घरघरमा परीक्षण गर्न दिएको दवाव तत्काल पुरा गर्नुपर्ने अबस्था सिर्जना भएको छ । हरेक घरमा कम्तिमा एकजनाको परीक्षण गर्ने र सामाजिक दुरी कायम गर्नमा इमान्दार बनेको खण्डमा मात्र समुदायमा संक्रमण रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->