शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पदयात्राः अन्नपूर्णको फेरो !

पदयात्राः अन्नपूर्णको फेरो !

हिमाली यात्राले के दिन्छ ?


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०७७, आइतबार
879765a

‘हिमालमा पुगेपछि तिमीले त्यहाँ स्टिभ बाल्मरले हकारेको आवाज सुन्ने छैनौँ ।’
आफ्ना साथीको यही भनाइमा अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्केका जोन उडले कालान्तरमा माइक्रोसफ्टको आकर्षक जागिरलाई नै लात हाने । प्रसिद्ध पुस्तक लिभिङ माइक्रोसफ्ट टु चेन्ज दी वल्र्ड (माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म) पुस्तकका लेखक जोनले साँच्चिकै अन्नपूर्ण क्षेत्रमा आफ्ना बोसको कर्कस आवाज सुनेनन्, बरु आत्मबोध गरे ।
देवताको पुकार सुनेकी देवीले हिमाललाई बासस्थान बनाएको प्रसंग होस् वा पाण्डवको ‘महापन्थ’ गमन नै किन नहोस्, हिमाल सधैँ आकर्षणको केन्द्रमा रह्यो । मोक्षदेखि विचार र आत्मा शुद्धि अनि आत्मबोध चाहनेहरूको आकर्षणमा हिमाल रहिरह्यो । जोनले हिमाल चढेनन्, ८ हजार मिटर अग्लो अन्नपूर्ण, धौलागिरि र कुमारी माछापुच्छे«को सौन्दर्यमा रमाए ।
हिमाली÷नेपाली संस्कृतिसँग उनी एकाकार बन्दै रुम टु रिड परियोजना सुरु गरे । जोन पछिल्ला उदाहरण हुन्, जोनभन्दा अगाडि नै लाखौँ विदेशीले अन्नपूर्णको फेरो मारेका छन्आ/त्मबोध गरेका छन् ।
अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि हिमालको काखमै रहेको मुक्तिनाथ पुगे । मोदी आफ्ना गुरु स्वामी नारायणको पाइला पछ्याउँदै मुक्तिनाथ पुगेका थिए । उनका गुरुजस्तो पैदलै नहिँडे पनि उनले हिमालप्रतिको आस्थाचाहिँ व्यक्त गरे । हिमाल हेर्न नेपालमा डाँडो उक्लनै पर्दैन । जहाँबाट पनि हिमाल देखिनु गण्डकी प्रदेशको विशेषता हो । ७ हजारभन्दा बढी उचाइका १४ वटा हिमाल हुनु यो क्षेत्रको विशेषता हो ।
यो विशेषतालाई जापानी भिक्षु इकाई कावागुचीले पहिल्यै परख गरेका थिए । सन् १८९९ देखि नेपाल भ्रमण थालेका उनले पोखरालाई ‘पृथ्वीको स्वर्ग’को उपमा दिँदा होस् वा बिटल्स ब्यान्डका प्रमुख जोन लेननका अनुयायीहरू बन्दै हिप्पीहरूको नेपाल प्रवेश नै किन नहोस्, ती मूलतः गण्डकीको पर्यटन र पदयात्रा ब्रान्डका लागि सहायक थिए ।
‘भिक्षु बनेर आउने हुन् कि हिप्पी बनेर आउने गण्डकीको पदयात्रा पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिएका छन्,’ नेपाल टे«किङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान पश्चिमाञ्चल)का पूर्वअध्यक्ष सोमबहादुर थापाले भने– ‘पदयात्राको कुरा गर्दा बेलायती राजकुमार चाल्र्सलाई पनि हामीले भुल्न हुँदैन ।’
सन् १९८१ मा बेलायती राजकुमार चाल्र्सले पोखराको विजयपुरबाट दुईदिने पदयात्रा थालेका थिए । उनको भ्रमणसँगै होचो भू–भागमा गरिने यो पदयात्रा मार्गको नाम नै रोयल टे«क र उनी बास बसेको डाँडा चाल्र्स हिलमाा परिवर्तन भएको थियो ।

पोखरामा पर्यटक आउन थालेपछि पदयात्रा मार्गहरू विकास हुन थाले । घुम्ने र घुमाउनेहरूको लहडमै नजिकका पदयात्रा मार्ग बने । टाढा र लामा पदयात्रा मार्ग बनाउने काममा चाहिँ बेलायती नागरिक कर्णेल जिमी रोबर्टस्ले ठूलो योगदान दिए । पदयात्रा मार्ग जसरी बने पनि विदेशीको मुखमा भने अन्नपूर्ण र पोखरा जोडिन छाडेन ।
संसारकै प्रसिद्ध पदयात्रा मार्गमा गनिन्छ, राउन्ड अन्नपूर्ण । ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेर विश्व कीर्तिमान राखेका फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस म्याकेननले सन् १९५० जुन ३ मा अन्नपूर्णको सफल आरोहण र मौरिसको कृति ‘अन्नपूर्णा’ले गर्दा पनि यो क्षेत्र विश्वमाझ परिचित बनेको हो ।
लमजुङको बेँसीसहरबाट सुरु हुने यो यात्राको उच्चतम बिन्दु मनाङको थोरङ्लापास (५४१६) मिटर हो । त्यहाँबाट मुक्तिनाथ, मुक्तिनाथ, जोमसोम, कालोपानी, तातोपानी, बेनी हुँदै पोखरा झरेपछि यो पदयात्राको साङ्गे हुन्छ ।
झन्डै एकमहिने यो पदयात्रामार्ग छोट्टिएको छ त के भयो ? रुटमा अन्य थुप्रै सहायक बाटा रहेका छन् । जता गए पनि आँखामै टाँस्सिन आउने हिमाल र भू–धरातल पदमार्गका विशेषता हुन् । अन्नपूर्ण आधार शिविर, गोर्खाको मनास्लु पदयात्रा होस् कि उपल्लो मुस्ताङ अर्थात् चिसो मरुभूमिको यात्रा नै किन नहोस्, राउन्ड अन्नपूर्ण पदयात्रा गण्डकीको मौलिक ब्रान्ड हो ।
उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, पञ्चासे लेक, बाग्लुङको ढोरपाटन, मनाङको तिलिचो, अन्नपूर्ण सेन्चुरी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक, घान्द्रुक, धम्पुस, जोमसोम, नारफू, माओवादी सशस्त्र द्वन्द्व झल्काउने गुरिल्ला टे«कजस्ता नाम अन्नपूर्णसँगै जोडिन्छन् ।
किनकि, यी सबै टे«किङ रुटभन्दा माथिल्लो ठाउँमा अन्नपूर्ण नै छ । ८ हजार ९१ मिटरको अन्नपूर्ण पहिलोको उचाइ र चर्चाकै ओत लाग्दा अरू क्षेत्रमा पनि रमाउँछन् । शरद र वसन्तमा अन्नपूर्ण क्षेत्र भ्रमण गर्नु राम्रो मानिए पनि सहायक मार्गहरू भने वर्षैभर चल्छन् ।
‘विदेशीको नेपाल आउने क्रमसँगै पदयात्रामार्ग विकास भए, टे«किङ व्यवसायमा बदलियो, विश्वका पर्यटकमाझ नेपाल भन्नासाथ टे«किङ जोडिन्छ,’ टान पश्चिमाञ्चलका पूर्वअध्यक्ष वासु त्रिपाठीले थपे– ‘टे«किङ भन्नासाथ अन्नपूर्ण सर्किटकै कुरा आउँछ, उचाइ नाप्दा १०औँ भए पनि सगरमाथालाई उछिन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->