बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अर्थतन्त्र चलायमान बनाऔं

अर्थतन्त्र चलायमान बनाऔं


  • Dhorpatan News
  • भाद्र १७ २०७७, बुधबार

गत चैत देखि नेपालमा सुरु भएको लकडाउन, पटक पटकको निशेधाज्ञा र तोकिएका क्षेत्र सिल गर्ने अभियानले देशको अर्थतन्त्र धरासायी भैसकेको छ । कोरोना संक्रमणपनि उकालो चढीरहेको छ । त्योपनि दु्रतगतीमा आकास छुनेझै उर्लेको ग्राफलाइ कम गर्न सरकार र स्थानीय पालिकाहरुले हरपल प्रयास गरिरहेका छन् । सुरुवाती दिनमा लकडाउननै सबैको अचुक औषधिको रुपमा लिइएको थियो । अहिले भने समाजमा कोरोना पोजेटिभ पुगिसकेपछि लकडाउन मात्र औषधि होइन भन्ने प्रष्ट भएको छ ।
त्यसो भन्दैमा हामी पुरानै अबस्थामा फर्कन सक्दैनौ । तर लकडाउनले देश ठप्प पारेर बसिरहने अबस्था पनि छैन । त्यसको लागि आम नागरिकमा अब सचेतनाको आबस्यकता छ । आर्थिक बर्षको दोश्रो महिनाको मध्यसमयमा आइपुग्दा अब सयौं योजनाहरुको कार्यान्वयनको चरण छ । देश ठप्प पार्नेहो भने अर्थतन्त्र चल्न सक्दैन । चलायमान अर्थतन्त्रकालागि काम गर्नुपर्छ । बिकास निर्माणका काम थालिनुपर्छ । योजना सम्झौता, बजेट निकासा र कार्यान्वयनको चरणमा लाग्नकालागि लकडाउन बाधक बन्छ । कोरोनालाई चटक्कै भुल्न सकिने अबस्था पनि छैन । एकदुइजना देखिंदा गरिएको लकडाउन हजारौं संख्यामा पुग्दा खुलाउने आबाज उठाउन पनि कठिन छ । तर बिकासको गतिलाई रोकियो भने दुइचार महिनामा कोरोना त रोक्न सकिएला, अरु कतिबर्ष भोकै बस्ने अबस्था आउने हो त्यो अबस्था झनै डरलाग्दो हुने निश्चित छ ।
अर्थतन्त्रलाई चलायमान बनाएर पनि लकडाउन, कोरोनाबाट बच्ने उपाया गर्न सकिन्छ भन्ने अब सोच्न जरुरी छ । तर त्यसको मतलब सडकमा सबै जनता स्वतन्त्रता खोज्दै आउने बेला भने होइन । यो बेला कसैको बिबाह सहितका भोजभतेर लगाउने समय पनि होइन । समुदायमा कोरोना फैलनुमा त्यस्तै सामुहिकताका लापरबाही कारण भएको स्पष्टै देखिएको छ । त्यसैले अब अत्यावस्यक काममा निस्कने र आफ्नो काममै लाग्ने संस्कृतिको बिकास आवस्यक भएको छ ।
तरकारी पसल बिहान बेलुकी खोलेर एकसय जना जम्मा पार्न सकिने, तर फेन्सी पसल खोलेर ४ जना ग्राहक भित्राउन किन नसक्ने भन्ने प्रश्न अब उठेको छ । अर्थात अत्यावस्यक सामानको नाउँमा निशेधाज्ञा, लकडाउन जस्ता नाउँमा बजारमा भीड जम्मा भएकै छ । मर्निङ वाक गरेर नसर्ने, तरकारी किन्दा भीड गरेर नसर्ने, तर फेन्सी, हार्डवयर र अन्य पसल खोलेर कोरोना संक्रमण बढ्ने होइन भन्ने अब सबैले बुझ्न जरुरी भएको हो । एउटा पालिकामा ४ सयवटा योजना हिसाब गर्दा एउटै जिल्लामा ४ हजार योजना संचालन हुन्छन् । त्यसमा दशौ हजारले रोजगारी पाउने र त्यसबाट बजारमा अर्थतन्त्र चलायमान हुने अर्थशाष्त्रको सिद्दान्तलाई भने अब रोक्न हुँदैन । यो रोकाइले गरिब मुलुकबाट हामी झनझन् दलदलमा फस्न सक्ने संभावना बढेको छ । अब बिकल्प खोजौ, तर सबै जनता बजारमा आउनैपर्छ, सडकमा ओर्लनै पर्छ भन्ने हैन । आबस्यक काम परेर मात्र निस्कने भने कोरोना मात्र हैन, भोक मेटाउन र आर्थिक संकटपनि समाधान गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->