बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘महारानी’ नभएकी महारानी

‘महारानी’ नभएकी महारानी


  • उदयचन्द्र चापागाईं
  • कार्तिक १९ २०७७, बुधबार

पढ्नै पर्ने थियो, पढें ।  र सिध्याएँ पनि, दशैको मेलोमा । यो लाए अर्ह्याएको काम थिएन । बाध्यता त झन हुदै होइन् । इमोशनल अट्याचमन्टको जो कुरो छ । प्रसंग हो माहारानीको । उपन्यास ‘माहारानी’ । उपन्यास माहारनीले मदन पुरस्कार हाता पार्यो, २०७६ सालको । तात्कालिक पर्वत राज्यको इतिहाँसलाई साहित्यीक साँचोमा ढालीएको पुस्तक । फ्याक्टलाई फिक्सनमा ढालीएको पुस्तक । धुलो, मैलो, कोलाहल र काठमाण्डौ खाल्टोको विरासत छिचोलेर मध्य नेपालसम्म पुरस्कारको आगमन । राष्ट्रीय सम्मानले नेपाल बाहिरको नेपाल चिहाउने प्रयास । खुसीको कुरो जो छ ।

छिमेकको चर्चा बटुलीएको पुस्तक ।  खास गरेर म्याग्देली सेरोफेरोको चर्चा । तात्कालीन पर्वत राज्यको मुकाम -बेनी र ढोर- दुई पाई । बहुआयामीक ईश्यूहरुलाई मिलाएर भाषीक तानमा बुनीएको छ । पर्वते भाषा, गाउँले परिवेश, दरबारीया षडयन्त्र,माया प्रेम, भूई मान्छेहरुको जीवन कहानी, र नारी समर्पण, त्याग, वलिदानी, भूमीका र स्थानको बारेमा मसीनो र मिहीन प्रस्तुती । पाठकको वर्तमानलाई बिर्साएर विगतमा ‍ओराल्छ, पुस्तकले । यस्तो मायालु पुस्तकले सम्मान पाउनु गौरवको कुरा हो । लेखक चन्द्रप्रकाश बानीयाँको सम्मान भएको छ । केही अनुभूतिहरुको पोको फूकाउनु पनि त सम्मान नै हो, लेखक प्रति । त्यसैले छोटो चर्चा गर्नु मनासिव नै लाग्यो ।

माहारानी वियोगान्त उपन्यास हो । उपन्यासको छाँटले विहंगम दृश्टी बोक्ने नै भयो । समाजको सांगोपांगो ऐना देखाउने नै भयो । मूलतः पर्वत दरबारको किचलोमा महिला/राजकुमारीको वलिदानी बडो चोटिलो र पेचीलो विषय बनेको छ । म्याग्देली सेरोफेरो, प्राकृतिक माधुर्यता,गाँऊघर, चालचलन, रीति रीवाज, खेतिपाती, रामरमिता, मेला जात्रा जस्ता दैनन्दिन विषयवस्तुहरुले मूल विषयलाई बलियो टेको लगाएका छन् । गज्जबको सीपले खिपेर उनिएका विषयवस्तुहरु हारी मिलेर बसेका छन् । पढ्दा सल्सलि बग्छन् । पट्यार लाग्ने त के ओखतिको काम गर्छन् । यी विषयवस्तुले तीन शताब्दी अगाडि ताकाको पर्वत परिवेशमा ओराल्छन्, पत्तै नपाई ।

बेनी बजारको पश्चिमपट्टी काँल्लामा माहारानी थान छ । रुखमुनी खुल्ला पूजा हन्छ, माहारानीको । माहारानी को थिइन् ? कहिलेबाट पूजा हुन थाल्यो ? कस्ले र किन पूजा गर्यो?  जस्ता प्रश्नहरु अनुत्तरीत नै छन् । तथ्य प्रमाण हातालागेको छैन, किंवदन्ती बाहेक । तर, यसै जन विश्वासलाई सहयोग गर्ने पर्वत राज्यको इतिहाससंग नसो जोडिएको छ । त्यो मूल नसो हुन् माहारानी विश्वप्रभा । प्रकरणले उनी माहारानी हुन पाइनन् । भलै उनी माहारानी कहलिइन् । पद्वीले पीडासंगै जिस्काएको भान भो उनलाई । माहारानी पद्वीको बोझले किचिएर अलप हुने मेलोपट्टी लागीन, सन्यास लिएर । त्यसै विलाइन, किंवदन्ती बनेर । उपन्यास यही कुरो कहन्छ ।

पर्वते राजा प्रतापीनरायण मल्लले वीस हजार पर्वत राज्यलाई पाँच विलो लगाई दिए । तीन छोरा र दुइ भतिजलाई । जेठोलाई गल्कोट राज्य, कान्छोलाई कास्की राज्य, र मन परेको माइलोलाई पर्वत राज्य, सोह् हजार पर्वत । पर्वते माहाराजका दुइवटा माहारानी गुलवदन र जयन्ती । जेठी र कान्छी । मलेवम र भद्रीवम दुइ युवराजहरु । जन्मले जेठो मलेवम गर्भले जेठो भद्रीवम । जयन्ती खुनासीएर गइन् जुम्ला, माइत । उतै वितिन् । राजाले पनि हाइसन्चो माने । भद्रीवमको लालन पालन, शिक्षा दीक्षा पनी उतै भयो,जुम्लामा । लक्का जवान भएपछी फर्किए पर्वत,  कमल जैसीको साथ लागेर। जुम्लाका राजको प्रष्ट सन्देश सहित । पर्वत फर्कनुको एउटै, मात्रा एउटै, मक्सद छ राज्य गर्नु । राज्य अंश खोज्नु । यो प्रस्तावले नीद हराम गरेको छ, पोखरीमा ढुङा हाने झैं छाल आएको छ, दरबारमा। भ्याउसो पसेको छ, दरबारमा । भद्रीवमलाई मनाउने, फकाउने र त्रसाउने क्रम उपक्रम चलेको छ ।

यता, मलेवमलाई राज्यको उत्तराधिकारीको रूपमा हेरिएको छ । उनको विवाहाको लागी डोली मगाइएको छ । रानीवासमा राजकुमारीहरुको बास छ । विवाहाको उचितसाइतको पर्खाइमा । देउपुरे राजकुमारी विश्वप्रभा र अर्घाखाँचीकी महलवसन्ता । एउटी राजकुमारी बहिर्मुखी र अर्की अन्तरमुखी स्भावकी । विश्वप्रभा वैंशले धपक्कै बलेकी, दूधले नुहाए जस्ती सुन्दर, हँसिली फरासिली र चंचल । उज्यलो मुहार, नीर्णय क्षमता, बाचाल र सुन्दरताले खुलेकी । महलवसन्ता पनि फालीहाल्ने त कहाँ हुन् र ? तथाति, मलेवम विश्वप्रभाको सुन्दरता र मोहनी वोलीमा फसे, त्यसै लठ्ठीए ।त्यसैले त, मलेवमको मनमा गढीन विश्वप्रभा र भाइस भर्सा । माहाराज माहारानीको मन पनि  जितिन् । विश्वप्रभा महारानी बन्ने छाँट आउन थाल्यो ।

फुर्सदमा राजकुमार मलेवम र राजकुमारीहरु गफिन्थे । घुम्न डुल्न निस्किन्थे । मायाँ साटासाट गर्थे । एक अर्कालाई चिन्ने बुझ्ने गर्थे । खोला नाल, वन पाखा, मठ मन्दीर घुम्ने पुग्ने गर्थे । कोट मन्दीर पुग्थे । वनभात खान जन्थे । ऐसेलु चुत्रो खान जन्थे ,शिकार खेल्न जन्थे । पारी पट्टीको हिमश्रृङखला हेरेर बरालिन्थे । प्रकृतिको मनोरम छटामा हेरेर रमाउँथे, सपना बुन्थे संङलो र सग्लो जीवन लीलाको ।

दरबारमा राजसभा बस्यो । सबैको चैन लुटेका थिए भद्रीवमले । भाइ भारदार, गुरू पुरोहित, काजी सरदार सबै भद्रीलाई कसरी मनाउने र मन्साउने भन्ने मै तल्लीन देखिन्थे । छलफलको विषय छ-‘पर्वत राज्यको उत्तराधिकारी चयनको’ । ‘राज्य विभाजन हुन सक्दैन र गर्नु हुदैन’ भन्नेमा एकमत छ राजसभा । प्रतापी नरायणको गल्ति दोहोरिन दिनु हुदैन । जन्मले जेठो मलेवम नै एकमात्र उत्तरधिकारी हुन् । भद्रीवमको जिरह लायक छैन् । राजसभा डोलिएर एकमुख भयो ।

भद्रीले कुरो बुझे । उसो भए, उन्ले अत्तो थापे दुई कुरको – ज्यामरूककोटको जागिर र विश्वप्रभाको हात । मलेवम र विश्वप्रभा छाङ्गाबाट खसे झैं भए । तर दरबारीयाहरुले मनाए विश्वप्रभालाई । उनी फकिइन । विश्वप्रभालाई वलिको बोको बनाइयो । उनको अनाडीपनको र प्रेमको ब्ल्याकमेलिङ गरीयो । प्रेमको खाँतिर बिछोडलाई अंगाल्न बाध्य पारीयो । माटोको खाँतिर गोटी बनाइयो । मनको चाहालाई पैताला मुनी हालिन् । जवानीलाई घाममा सुकाइन् । आँशुलाई डिलमुनी नै लुकाइन् ।

विवाहा भयो । महाभारतको बर्बरीकले झै ज्यामरुककोटको दरबारबाट नियालिन् -‘प्रियतमले राज्य गरेको, उन्नती गरेको, जनताको भलो गरेको’ । भद्रीले च्याँखे थापेको थाहा पाइन उनैबाट-‘तिमीकन छाड्न मलेवम राजी हुन्या छैनन् । तिमीकन माग्या पछी राज्याको अंश भाग मिल्न्या छ, भनीकन माग्या हो’ । उनका नौनारी फतक्क गले । विश्वप्रभाले के सोचेकी थिइन के भोगीन् ।चुथ्थो जिन्दगी जिउने रहर थिएन, उनलाई । तर के गरून् –‘ज्यान हालान्या छैन्’ भन्ने कसम थियो मलेवमसंग । भद्री, डील्ली भुजेल, राम थापा र कमल जैसीको षड्यन्त्र थाहा पाइन् । माता गान्धारी मार्फत दरबारमा पत्राचार गरीन् । कमल र भद्रीको हत्या भयो, राज्य बिरद्द षडयन्त्र गरेकाले ।

विश्वप्रभालाई कुरीलाखर्कको रानीवासमा बस्ने रहतह मिलाइयो । उनको लागि दरबार बन्दै थियो । उनलाई राजमाता भन्न थालियो । पर्वतकी माहारानी उपाधी दिइयो । उनलाई त्यसै वैराग्य जागेर आयो । जीन्दगी खोटो सिक्का लाग्न थाल्यो । चैन हरायो । छ मैना कटाउन पनि मुस्किल-मुस्किल लाग्न थाल्यो । जीवन लुटिएको त सहेकै थिइन, पतिघातिनी पनि भइन् । ‘सन्यासको मार्ग’ एक मात्र विकल्प थियो उनीसंग । मन पेट खोलीन,हीराको ‌औठी र केही असर्फी दिइन् सुसारे रम्भालाई । बैशाख पूर्णीमाको रात निस्किन घरबाट, योजना मुताविक । माता गान्धारीसंग बाघडाँडा पुगीन् । बाबा योगेश्वरले सुन्दर केश मुन्डन गरीदिए । त्यही माटोमा गाढीन, समाधिस्थ गरीन् । सन्यासी बनिन् । नयाँ जन्म लिइन् । बाबा योगेश्वर र माता गान्धारीसंग लागीन वृन्दावन तिर । यता औंठीको हीरा निलेर रम्भाले माहाप्रस्थान गरीन् ।

जीन्दगी घाम छायाँ हो र’छ । विश्वप्रभा नारी थिइन् । उनलाई दाउमा राखियो । च्याँखे थापियो । प्रर्योग गरीयो । गोटी बनाइयो दरबारको लागी, पर्वतको माटोको लागी, शक्ति र सत्ताको लागी । उज्ज्यालो पूर्णीमा छाडेर ‍औशीको मार्ग रोजीन्विश्वप्रभाले । रोज्न बाध्य भइन्, बाध्य पारीयो । तर, रम्भाले के को लागी ?  प्रश्न जटील र अनुत्तरीत छ । ‘माहारानी’ बलिदानी, त्याग र समर्पणको कथा हो । वियोगान्त कथा हो । ‘माहारानी’ नभएकी माहारानीको प्लेटोनिक प्रेम कहानी ।
(महारानी उपन्यास, पुस्तक चर्चा)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->