बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

साहित्य महोत्सवको सन्देश

साहित्य महोत्सवको सन्देश


  • Dhorpatan News
  • पुष १९ २०७७, आइतबार

नवौं संस्करणको ‘पोखरा साहित्य महोत्सव’को मैजारो भएको छ । कोरोना कहरका बीच मध्य पुसमा आयोजित महोत्सव भर्चुअल रह्यो । वक्ताहरुले ओकलेका विषयहरुलाई दर्शकहरुले घरबाटै सुने । आयोजक बुकवर्म फाउण्डेसनले कोरोना कहर छल्न महोत्सवलाई फेवा किनाराबाट सराङकोट उकाल्यो । कोरोना कहर बिर्साउन आँखैमा टाँस्सिन आइपुग्ने माछापुच्छे« र अन्नपूर्ण अनि चिसो सिरेटो काफी थियो । ५० जना कवि,लेखक÷विश्लेषक र चिन्तकहरुले १५ वटा सेसनमा कोरोना कहरका बीच आफ्ना भोगाई, जीवन र जगतका विविध पक्ष एवं सामयिक विषयमा आफ्ना धारणा सुनाए । पठन संस्कृति विकास गर्ने, साहित्य र समाजका विविध आयामबारे फरक कोणबाट चर्चा गर्नु साहित्य महोत्सवको विशेषता हो । उद्देश्य अनुरुप महोत्सव सफल हुँदा दुःख र असहजतामा पनि जीवनचक्र रोक्न हुँदैन भन्ने सन्देश पनि प्रवाहित भयो । समग्रमा महोत्सवको सफल आयोजनाले जीवनप्रति मोह बढाउने काम पनि ग¥यो । साहित्य समाज, राजनीति र परिवेशबाट निरपेक्ष रहन सक्दैन र ती विषयहरु पनि साहित्यकै अंग हुन् भन्ने साहित्य महोत्सवले प्रमाणित गरिदियो । महोत्सवअन्तर्गत भएका सामाजिक बहसहरुले चेतना बढाउन, विषयलाई फरक कोणबाट बुझ्न र हेर्न पनि सिकायो ।
‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने साहित्य महोत्सवको मूल नारा हो । साँच्चिकै शब्दहरु नासिँदैनन् । त्यसैले पूर्वीय दर्शनमा शब्दलाई ‘ब्रह्म’को संज्ञा दिइएको छ । ननासिने शब्दहरु चलाउन जाने मन्त्र बन्छन् र चलाउन नजान्ने हो भने विषाक्त गालीमै सीमित हुन्छन् । त्यसैले सही ठाउँमा सही शब्दहरुको प्रयोग गरिनुपर्छ । शब्दहरु रुपान्तरण र जागरणको लागि खर्चनुपर्छ । शब्दहरुको बान्की मिलाउन शब्दहरुमै घोत्लिनुपर्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । सजिलो भाषामा भन्दा अध्ययनको दायरा बढाउनुपर्छ । अध्ययनको दायरा बढ्यो भने चेतनास्तर आफै बढ्छ । नेपालमा पठन संस्कृति जति फस्टाउनुपर्ने हो त्यति फस्टाएको छैन । राज्यले प्रज्ञा प्रतिष्ठान त खोलेको छ तर ती प्रतिष्ठानहरु आफ्ना मान्छेलाई जागिर खुवाउने र भजनमण्डली तयार गर्नेभन्दा माथि उठन सकेका छैनन् । हाम्रा शासकहरु जनताका छोरा बाठा भए भने हामीले भनेको टेर्दैनन् भन्ने राणाकालीन सोचमै छन् । अरबको खाडीमा श्रम बेच्नयोग्य नागरिक बनाउने ध्येय पाल्ने सरकारबाट ठूलो अपेक्षा गर्न पनि सकिँदैन । सरकारी संयन्त्रहरुले पठन संस्कृति बढाउनेतिर ध्यान नदिएपछि,कवि–कलाकार र चिन्तकहरुलाई मान्छे नगनेकै बेला एउटा गैरसरकारी संस्थाले आयोजना गरेको साहित्य महोत्सवको जति प्रशंसा गरे पनि थोरै हुन्छ । निरन्तरता अर्को पक्ष हो । नवौं संस्करणसम्म यस्ता महोत्सव आयोजना गर्नु चानचुने कुरा हैन । पोखरा र समग्र गण्डकीको हकमा त यो पर्यटन प्रवद्र्धन गर्ने सबैभन्दा ठूलो माध्यम पनि भएको छ । समग्रमा साहित्य महोत्सवले सृजनाको मूल्य हुन्छ, चेतनाका झिल्काहरुले समाज परिवर्तन गराउँछ र पठन संस्कृतिले नै सभ्य अनि सुसंस्कृत समाज बनाउँछ भन्ने मान्यता स्थापित गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->