बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाम्रा चाडबाड र खाना संस्कृति

हाम्रा चाडबाड र खाना संस्कृति


  • Dhorpatan News
  • माघ १ २०७७, बिहिबार

माघे संक्रान्तिलाई शास्त्रीय दृष्टिले सूर्य धनुबाट मकर राशीमा प्रवेश गर्ने दिनको रुपमा बुझिन्छ । बहुसांस्कृतिक देश नेपालमा भने यो पर्वलाई विविध नामले पुकारिन्छ । यहाँ रहेका विभिन्न जातजातिले यो दिनलाई माघेसंक्रान्ति, माघी,मकर संक्रान्ति आदि नामबाट पुकारिन्छ । नेपालका आदिवासीहरु थारु र मगरले यो दिनलाई विशेष महत्वका साथ मनाउँछन् । सूर्यको उपाशनादेखि आफ्ना पितृ सम्झने,मीठो मसिनो खाने पर्वको रुपमा पनि यो दिन परिचित छ । कमैया प्रथा अन्त्य नहुँदासम्म यही दिनबाट एउटाको घरमा बसेका कमैयाहरु अर्काकहाँ सर्ने दिनको रुपमा पनि यो दिनलाई बुझिन्थ्यो । अहिले अवस्था त्यस्तो छैन । राज्यले नै माघेसंक्रान्तिको दिनमा सार्वजनिक विदा घोषणा गर्दै यसको सांस्कृतिक पक्षलाई विशेष महत्व दिएको छ ।
कुनै पनि देश र समाज त्यहाँको संस्कृतिले जीवन्त बनेको हुन्छ । कुन समाजले कस्तो परिकार खान्छ, कस्तो रितिरिवाज अपनाउँछ भन्नेले उसको पहिचान बनाउँछ । नेपाल भौगोलिक रुपले सानो तर विविधताले धनी देश हो । माघेसंक्रान्तिकै कुरा गर्ने हो भने यो पर्वमा अन्य पर्वमा घरमा नपाक्ने परिकारहरु पाक्छन् । घिउ,चाकु, तिलको लड्डु,खिचडी सेलरोटी,तरुलजस्ता परिकार खाइन्छ । हुन त, अहिले यी परिकारहरु सधैँजसो पाइन्छन् । तर, कुनैबेलाको नेपाली समाजमा यी परिकार पाक्नु भनेको ठूलो कुरा थियो । शरीरलाई तातो बनाउने यी परिकारहरुले मानिसको जीवनमा ठूलो अर्थ राख्थे र राख्छन् । खाना सम्यता भनेको संसारको सबैभन्दा ठूलो र महत्वपूर्ण सभ्यता हो । खानाको परिकारकै कारण विश्वका केही देशहरुले संसारभर प्रसिद्धि कमाएका छन् । इटलीको पिज्जा, मेक्सिकन परिकार, हाम्रै छिमेकी देश भारतको ढोसा, थाइ फुडलगायतका खानादेखि चिनियाँ परिकारहरु यसका उदाहरण हुन् । संसारका नामै नसुनेका देशहरु खानाले प्रसिद्ध भएका छन् ।उनीहरुका भान्छामा पाक्ने खाना संसारभरका भान्छामा पुगेका छन् । नेपाली खानामा त त्योभन्दा ठूलो विशेषता छ । यहाँ निश्चित समयमा मासुका परिकार खाइन्छ । न गर्मी न जाडो मौषममा पर्ने दशैंमा नेपाली भान्छामा मासु पाक्नु, साउने संक्रान्तिमा खिर खानु तथा पुस १५ मा अनदीको लट्टे बन्नु संयोग मात्रै हैन, प्रकृति र शरीरको आवश्यकता हेरी मनाइएको खाद्य सूचि पनि हो । सुदूर पश्चिममा खाइने बिडम्ला, जनकपुरमा खाइने माछा र मैथिली संस्कृतिमा रहेका भोजनहरुको पनि आफ्नै विशेषता र महत्व छन् । त्यसो त, नेवारी सभ्यताले जन्माएको छोयला,क्वाँटीले पनि विश्वका सबै भान्छामा पुग्ने र जिब्रोलाई स्वाद दिने हैसियत राख्छन् । यति हुँदाहुँदै पनि हाम्रा खानाहरु विश्वप्रसिद्ध हुन सकेका छैनन् । हामीले विशेष अवसरमा पकाउने र खाने यी खानाका परिकारहरुलाई विश्वस्तरमा पु¥याउन सके यसले देशको नाम चम्किलो मात्रै नबनाएर आर्थिक उपार्जन गराउन ठूलो भूमिका खेल्नेमा कुनै द्धिविधा छैन । नेपालले आफःूसँग भएका कुराहरुको प्रवद्र्धन गर्न सकेको छैन बरु हामीले नजानेरै अर्काको संस्कृतिलाई ग्रहण गरिरहेका छौँ । देशको समृद्धि र वैभवको सुवास छर्न सक्ने खानाका परिकारलाई वेवास्ता गरेका छौँ । अत ःअब नेपालले आफ्ना परम्परागत खानाको ब्राण्डिङमा विशेष ध्यान दिनुपर्छ । सांस्कृतिक रुपले अर्काले गर्ने अतिक्रमण रोक्न र आफ्नोपनको प्रचार गर्न योभन्दा ठूलो माध्यम अरु हुन सक्दैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->