बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?


  • कृष्ण कुमार सैजु
  • बैशाख ३१ २०७८, शुक्रबार

प्राणीको शरिभित्र यस्तो प्रणाली हुन्छ, जसले कुनैपनि रोगसँग लड्छ र त्यसबाट शरीरलाई बचाएर राख्छ । अर्थात् यो एउटा यस्तो प्रणाली हो, जसले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । शरीरमा कुनै बाह्य रोगको संक्रमण होस् वा भित्री अंगहरुको खराबी, यी सबैमा रोगसँग लडेर शरीरलाई स्वस्थ्य बनाउने प्रणाली हुन्छ । यही प्रणाली, जसलाई रोग प्रतिरोधात्मक क्षमता भन्छौ ।
औषधी खाएर वा उपचार गरेर मात्र सबै रोगबाट छुटकारा पाइदैन । यी त कृतिम विधि हुन् । प्राकृतिक विधिबाट रोगमुक्त जीवन पाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य र निरोगी रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ ।
यसका लागि स्वस्थ्य खानपान मात्र होइन, स्वस्थ्य जीवनशैली अपनाउन पनि उत्तिकै आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता उमेरअनुसार फरक पनि पर्छ । शरीर बूढो हुँदै गएपछि अलि कमजोर हुँदै जाने हुन्छ । तर उचित खानपान, व्यायाम, पर्याप्त निद्रा, सकारात्मक सोच तथा आत्मबलले पनि यो क्षमता कायम राख्न सहयोग पु¥याउँछ ।
रोगले जनसुकै उमेरकालाई पनि समात्न सक्छ । तर जोसँग रोग प्रतिरोधात्मक क्षमता बलियो छ, अरु रोगबाट ग्रसित छैन भने उनीहरुलाई रोगले त्यति च्याप्न सक्दैन । मधुमेह, थाइराइड, दम र उच्च रक्तचापका रोगीले आफ्नो खानपान तथा जीवनशैलीमा बिशेष ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र असर पनि बढी देखिएको छ । अहिलेसम्म यसको उपचारका लागि निस्चित औषधि पत्ता लागेको छैन । कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ ।
कोभिड–१९ ले दीर्घरोगीहरुलाई बढी सताएको प्रत्यक्ष छ । त्यसैले आफ्नो दैनिकी तथा खानपानमा ध्यान दिन जरुरी छ । हामी नेपाली अलि खानपिन तथा जीवनशैलीमा कम ध्यान दिन्छौँ । धेरै भुटे तारेको, प्रशोधित खानेकुरा, जंकफुड खाने, व्यायाम नगर्ने बानी छ । त्यसैले आफू स्वस्थ्य तथा प्रतिरक्षा प्रणाली बलियो पार्न दैनिकी परिवर्तन गर्नुपर्ने हुन्छ ।
स्वस्थ्य जीवनशैली कसरी अपनाउने ?
स्वास्थ्य जीवनशैली अपनाएको खण्डमा तपाईंले प्राकृतिक रुपमै आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो तथा स्वस्थ्य बनाउन सक्नुहुन्छ ।
के गर्ने, के नगर्ने ?
– धूमपान नगर्ने ।
– नियमित व्यायाम गर्ने ।
– आहारविहारमा तरकारी तथा फलफूलको मात्रा बढाउने ।
– तौल सन्तुलनमा राख्ने ।
– मद्यपान नगर्ने, गरे पनि एकदम थोरै मात्रामा गर्ने ।
– पर्याप्त निद्रा तथा आराम गर्ने ।
– सकारात्मक सोच्ने ।
– तनाव नलिने ।
– विभिन्न संक्रमणबाट जोगिन नियमित साबुन पानीले हात धुने ।
कस्ता खानेकुरा खाने ?
सरकारले अहिले लकडाउन गरेको अवस्था छ । घर बाहिर पनि निस्कन पाइँदैन । केहीले खाद्यान्नको जोहो गर्न पनि भ्याए होलान् । केहीसँग घरमै भएको खानेकुरा होला । बजारका खानेकुरा भन्दा घरमै बनाएका खानेकुरामा अझ बढी पौष्टिक तत्व पाइन्छ । त्यसैले घरमै रहेका खानेकुरालाई राम्ररी बनाएर खायौँ भने स्वस्थ्य भइन्छ । खानेकुराले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने हुनाले स्वस्थ्य आहारविहार गर्नुपर्छ । प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट , चिल्लो पदार्थ, भिटामिनहरुको मात्रा पु¥याएर सन्तुलिन भोजन गर्नुपर्छ । शरीरमा क्यालोरी भएन भने शरीर कमजोर बन्दै जान्छ ।
भिटामिन सी
अहिले बजारमा धेरैले भिटामिन सीका औषधिहरु खोजिरहेका छन् तर प्राकृतिक खानेकुरामा पाइने भिटामिन सी अझ फाइदाजनक र लाभदायक हुन्छ । यसका लागि अमला खाने, कागती पानी खाने, किवी, जुनार, मेवा, हरियो तरकारी, सागहरु खानेकुरा खानुपर्छ ।
भिटामिन डी
रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी पाइने खानेकुराहरु खानुपर्छ । भिटामिन डी हामीले घाममा पाउन सक्छौँ । हल्का घाममा एकछिन बस्दा पनि फाइदा हुन्छ । साथै फर्सी, आँप, मेवाजस्ता फलहरूमा पनी भिटामिन डी पाईन्छ ।
भिटामिन ई
भिटामिन ईलाई छालाको लागि राम्रो भिटामिनको रुपमा मानिन्छ । गाढा रंगको हरियो सागपात सबै यसमा आउँछन् । सूर्यमुखीको बियाँ, ओखर, बदाम, एभोकाडो, ब्रोकाउली, पालुंगोमा भिटामिन ई प्रसस्तै पाइन्छ ।
भिटामिन बी ६
यसले रक्क्तकोषिकाको उत्पादन गर्छ । रगतसम्बन्धी रोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिले दूध, सखरखण्ड, पिस्ता, चना, केराउ, तोफु खानु राम्रो हुन्छ । रक्तकोषले काम गरेन भने कुनैपनि पौष्टिक तत्वले काम गर्दैन । त्यसैले यो एकदम आवश्यक हुन्छ ।
भिटामिन बी १२
भिटामिन बी १२ विशेषगरी मांशाहारी भोजनमा पाइन्छ । माछा, मासु, अण्डा, दूध र दूधबाट तयारी खानेकुराहरूमा यो भिटामिन पाइन्छ । यसले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन बी १२ को कमीले रक्तअल्पता हुने सम्भावना रहन्छ ।
मिनीरल अर्थात् खनिज पदार्थ
शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि खनिज पदार्थ भएका खानेकुरा पनि नियमित रुपमा खानुपर्छ । आल्मोन्ड, फर्सीको बियाँ, ओखर, बदाममा धेरै मात्रामा खनिज पदार्थ पाइन्छ ।
प्रोटिन
बदाम, काजु, चना, टुसा उमारिएको गेडागुडीमा प्रशस्त प्रोटिन पाइन्छ । दाल, अन्डा, माछामासुबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । तर यसले संक्रमण गराउन सक्ने हुनाले विचार पु¥याएर खानुपर्छ । खानै परे एकदम मज्जाले पकाएर मात्र खानुपर्दछ । शरीरमा कुनै रोग छभने चिकित्सक र पोषणविद्को सल्लाहमा मात्रै बढी प्रोटिन भएका खानेकुराहरु खाने गर्नुपर्छ ।
प्रोबायोटिक खानाहरु
प्रोबायोटिक खानाले पाचन शक्तिलाई एकदमै राम्रो गराउँछ तथा पाचन प्रणालीलाई सुचारु गर्छ । दही, चिज, गुन्द्रक आदिले पाचनशक्तिलाई राम्रो गर्छ ।
प्राकृतिक एन्टिबायोटिक
प्राकृतिक एन्टिबायोटिक खानेकुराले रक्त सञ्चार सन्तुलन गर्ने, धवनीहरु सन्तुलनमा राख्न र दुखाइ कम गरी धमनीहरु स्वस्थ्य राख्ने काम गर्छन् । बाहिरी आउने संक्रमणलाई निस्तेज गर्ने र कोषहरुको क्षयीकरण रोक्ने काम गर्छन् । त्यसैले यी खानेकुरामा विशेष ध्यान दिनुपर्छ । लसुन, अदुवा, बेसार, पानीमा, ज्वानो, जिरा, सेतो तिल यी तत्व पाइन्छ । गेडागुडी तथा दाल प्रायः सबैको घरमा उपलब्ध हुन्छ । यसलाई अंकुरण गरेर खाएको खण्डमा यसमा फाइबर, प्रोटिन पाइनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यस्ता खानेकुरा एकदमै स्वस्थ्यबर्धक हुन्छ ।
दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ । तातो झोलले शरीर तातो बनाउँछ, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन । सुपबाट पाइने भिटामिन, आइरनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैगरी दैनिक रुपमा व्यायाम, योगाजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
त्यस्तै ताजा खानेकुरा मात्र पकाएर खाने, जंक तथा प्रशोधित खानेकुरा नखाने जस्ता बानीको विकास बालबालिकादेखि नै गराउनुपर्छ । बालबालिकालाई टेलिभिजन र मोबाइलमा खेल्न दिनुभन्दा ३० मिनेट हिँड्डुल तथा घरभित्रै व्यायाम गर्न सिकाउनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ । बालबच्चा तथा बूढापाकालाई २ देखि ३ घण्टाको फरकमा खुवाइ राख्नुपर्छ । थोरै–थोरै खानेकुरा खुवाउने तर धेरैपटक । बुढाबुढीहरुलाई चिसो छिटो लाग्ने हुनाले तातो खान दिने, एकछिन हिँडाउने, अदुवापानी, बेसारपानी खान दिँदा राम्रो हुन्छ ।
सबैले नियमित रूपमा ग्रिन टी सेवन गर्ने । ग्रिन टीमा पाइने एन्टिअक्सिडेन्ट, मेटाबोलिज्म लगाएत थुप्रै पोषण तत्वले शरीरलाई तरोताज, तन्दुरूस्त, शुन्दर र निरोगी बनाउँछ । कुन कस्तो ग्रिन टी पिउने भन्ने बारेमा भने चिकित्सक वा ग्रिन टीको बारेमा जानकारसंग सल्लाह लिएर मात्र पिउनुहोला ।

यो पनि पढ्नुस्…के हो ग्रिन टी ? कसरी बनाएर पिउने ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->