पोखरा/ चालु अंग्रेजी वर्षको २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । खाडी मुलुकमा आयोजना भएको पहिलो विश्वकपको मैदान निर्माणमा नेपाली श्रम पनि मिसिएको छ । कतारले विश्वकपको लागि करोडौं डलरको लागतमा वटा मैदान बनाइसकेको छ ।
खाडीमा बिछट्टै गर्मी हुन्छ । गर्मीमा स्टेडियममा बसेर फुटबल हेर्न सकस हुने नै भयो । तर, कतारले दर्शकको त्यो समस्यालाई पनि दूर गरिदिएको छ । कतारले निर्माण गरेका सबै रंगशालामा एयरकण्डिसनको व्यवस्था गरिएको छ । खुला रंगशालामा एयरकण्डिसन ? सुन्दा अचम्म लागे पनि कतारले खुला स्टेडियमै एयरकण्डिसन लगाउन सुरु गरेको हो । यो अभियानको नेतृत्व डा.कुलले परिचित साउदी अरबका मेकानिकल इञ्जिनियर डा.साउद गनीले लिइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उनको नेतृत्वको टिमले जनाए अनुसार साउदीको बाहिरी तापक्रम ५२ डिग्री सेल्सियस हुँदा रंगशालाको तापमान २२ डिग्रीमात्रै रहने छ । डा. गनीका अनुसार खुला रंगशालामा एसी राख्नु चुनौतीपूर्ण थियो । किनकि, तातो हावाको तापक्रम चिसोकोभन्दा बढी हुन्छ भने चिसो हावा सतहमा रहन्छ । डा.गनीको टिमले सतहमा रहने यही चिसो हावाको रिसाइक्लिङ (प्रशोधन ) गर्ने प्रविधि अपनाएको छ । उनले यो प्रविधिलाई एउटा गिलासमा तैरिएको तेल र पानीको उदाहरणले सम्झाउने प्रयत्न गरेका छन् ।
‘जसरी गिलासमा रहेको तेल सतहमा आउँछ तर त्यहाँ माछा राख्यो भने त्यो माछा तेल छाडेर पानीमै रहन्छ, त्यस्तै स्टेडियममा पनि दर्शक चिसोमै रहन पाउँछन्’,उनले भनेका छन् । डा.गनीका अनुसार यसको परीक्षणको क्रममा रंगशालाका सबै गेट बन्द गरिएको थियो भने सतहमा चिसो हावा खेल्न दिइएको थियो । सो उपक्रममा माथि रहेको तातो हावालाई तल आउन नदिने विधि अपनाइएको थियो । परीक्षणको क्रममा सबै रंगशालालाई चिसो बनाउन आवश्यक नहुने निष्कर्ष पनि निस्केको थियो । डा. गनीका अनुसार दर्शक बसेको ठाउँ चिसो बनाउन जमिन र पंखा स्टेण्ड चिसो भए पुग्ने निष्कर्ष निस्केको थियो । लगत्तै गनीले ठाउँ चिसो बनाउने प्रविधिको विकास गरे अनि तोकिएका ठाउँमात्र चिसो बनाउने सफलता प्राप्त गरे । लामो अनुसन्धानपछि मैदानमा खेलिने फुटबलको नोजल,नोप र एयर डिफ्युजनले नै चिसो हावा फ्याँक्ने प्रविधि विकास गरियो । यो प्रविधिले हावा चिसो बनाउनुका अलावा प्रशोधनको काम पनि गर्नेछ । डा.गनीका अनुसार जसरी कारमा हावा दुषित हुँदा प्रशोध गरिन्छ, रंगशालामा पनि त्यस्तै गरिने छ ।





