सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सेभेन ए हैन, ११ ए साइड फुटबल प्रतियोगिता हुनुपर्छ: सुमित

सेभेन ए हैन, ११ ए साइड फुटबल प्रतियोगिता हुनुपर्छ: सुमित


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७९, बुधबार

वास्तविक फुटबल प्रतियोगिता नभएका कारण म जस्तै धेरै प्रतिभाहरुले खेल देखाउने मौका पाएका छैनन् । गत शुक्रबार नेपालले थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि चुम्यो । नेपाली टोलीले उक्त उपाधि चुम्दै गर्दा पोखराका सुमित श्रेष्ठले पहिलो पटक सिनियर राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाए । पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिता खेल्दै फुटबलमा जमेका सुमितले पछिल्लो समय व्यक्तिगत रुपमा निकै सुधार गरिरहेका छन् । उनी पछिल्लो समय हरेकको रोजाइमा पर्न थालेका छन् । हाँेचा कदमा सुमितलाई सबैले मेस्सी उपनामलले बोलाउने गर्छन् । लाओसविरुद्ध बेन्चबाट मैदान प्रवेश गर्दै सुमितले डेब्यु गरेका हुन् । सुमितले इन्ज्युरी समयमा आयुष घलानको स्थान लिँदै डेब्यु गरेका हुन् । फुटसलबाट राष्ट्रिय खेल जगतमा आफूलाई स्थापित गरेका सुमितले छोटो समयमा नै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । स्पोर्ट्स कासलबाट फुटसल लिगको उपाधि जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी फुटबलमा विभिन्न पोजिसनमा खेल्ने गर्छन् । राष्ट्रिय यू–२० टोलीमा लेफ्ट ब्याक भूमिकामा खेल्ने उनी मनाङका लागि भने मिडफिल्डमा देखिएका उनै सुमितसँग गरिएका कुराकानी-सम्पादक ।

सिनियर टोलीबाट डेब्यु गर्नुभयो अनि मेडल पनि लगाउनुभयो । सिनियर खेलाडीसँगै अन्तर्राष्ट्रिय खेल खेल्दा कस्तो अनुभव गर्नुभयो ?

जीवनको यो पहिलो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उपाधि हो । खुसी छु । खुसी प्रकट गर्ने कुनै शब्द नै छैन् । मैले देशको लागि केही गर्छु भन्ने लागेको थियो । जे होस् पुरा भयो । एकदम जोशले खेल्याँै । दर्शकहरुको पनि उस्तै उपस्थिति थियो । हामी जोशमा खेलिरहेका थियाँै अनि दर्शकले पनि थप जोश भरिरहनुभएको थियो । अझ भाग्यमानी त यो कुरामा लागेको छ कि किरण चेम्जोङ, रोहित चन्द, अञ्जन विष्ट दाईहरुसंगै खेल्न पायौँ । उहाँहरुबाट मैले धेरै कुराको ज्ञान लिन आवश्यक देखेँ । यो जितले मलाई अझ बढी मिहेनत र परिश्रम गर्नुपर्छ भन्ने पाठ सिकाएको अनुभव लिएको छु ।
भरर्खरै मात्र थ्रि नेसन्स कप खेल्नुभयो । विजेता पनि हुनुभयो अहिले ए डिभिजन लिग खेल्दै हुनुहुन्छ यहाँ लिग खेल्दा र विदेशी राष्ट्रसँग खेल्दा कत्तिको फरक हुँदो रहेछ ?
आफ्नो देशबाट खेल्दा छुट्टै जोशा जागर आउँदो रहेछ । आफ्नो देशलाई केही गर्छु भन्ने भित्री मनदेखि ने आउने रहेछ । हामी यहाँ जुन रुपमा लिग वा अन्य खेल खेल्छौँ, राष्ट्रबाट खेल्दा निकै फरक हुने गरेको अनुभव मैले पाएँ । साफ राष्ट्रसँग खेलेका हौं फुटबलमा बलिया मानेका राष्ट्रको अनुभव गर्न त बाँकी नै छ । तर, यहाँ क्लब लिग खेल्दा भन्दा धेरै नै फरक छ ।

फुटबलको यात्रा कसरी सुरुभयो ? कहिलेदेखि फुटबलमा जोडिनुभयो ?

पिएन क्याम्पस (पृथ्वीनारायण क्याम्पस) भित्र ठुला दाईहरु फुटबल खेल्नुहुन्थ्यो । हामी हेर्न जान्थ्यौं । सुरुसुरुमा हेरेर बस्थ्यौं पछि हामी सानासाना हुँदा फ्याट्टफुट्ट खेल्न थाल्यौँ । सुरुमा त माथिल्लो गेटनिर (पिएनको फुटबल मैदानदेखि उत्तरतर्फ रहेको खुल्ला ठाउँ) खेल्थौ । पछि तल नै खेल्न थाल्यौँ । क्याम्पसभित्र जाँदा उता ट्याक्सीचोकको टिम हुन्थ्यो अनि यता हाम्रो माथिल्लो क्याम्पस गेटको छुट्टै टिम हुन्थ्यो । तिन–तिन जना, चार–चार जना खेल्थ्याँै । पछि यही दुई टिम एक जुट भएर टुर्नामेन्टहरु खेल्न लाग्यौँ । आफैले पनि टुर्नामेन्ट राख्न थाल्यौँ । सानो हुँदा नै त्यसरी राखेका हौं । अब धेरै पैसा हुने थिएन । हजार दुई हजार रुपैयाँ, भाले म्याच, खसी म्याच खेल्थ्यौं । त्यतिबेला सेभेन ए साइड फुटबल प्रतियोगिता हुन्थ्यो ।

फुटबल प्रशिक्षण पनि लिनुभएको हो ?

मैले प्रशिक्षण नै भनेर त्यस्तो कुनै प्रशिक्षण लिइन् । आफ्नै तरिकाले खेल्थ्यौ । पछि इश्वर गुरुङ (चन्द्र) दाईले हामीलाई टे«निङ दिनुभयो । निरज रानामगर साथिले चिनेको भएर हामी सबैलाई चन्द्र दाईले समेटेर एनसेल लिग खेल्न लैजानुभयो । त्यतिबेला यु–१४ एनसेल लिग भएको थियो त्यो खेल्न गएका हौं । दाईको पर्सनल खर्चमा हामी त्यहाँ गएका थियौं । २२–२३ जना थियो सेलेक्सनमा भिड्ने हामी १८ जनाभित्र प¥यौँ । अनि खेल्याँै । त्यो पोखरा रंगशालामा भएको थियो । त्यतिबेला क्लब दर्ता भएको हुनुपर्ने थियो । यो बगरको क्लब दर्ता थिएन त्यतिबेला दाइले पोखरा युनाइटेड कि के भन्ने क्लबमा गयौँ । सायद १२ वर्षको थिएँ । त्यतिबेला सब्टिच्युट थिएँ । मैले १५–१६ मिनेटमा मैदान प्रवेश गरेको थिए । त्यो नै मेरो जीवनको पहिलो सबैभन्दा ठूलो प्रतियोगिता थियो । त्यही हो मैले डेब्यु गरेको । दाईले सिदार्थ लबडेलमा ट्रेनिङ गराउनुहुुन्थ्यो अनि त्यहाँ हामी ५–६ जनालाई स्कलरसीप हाल्दिन लगाउनुभयो ।

कसकसले पाएको त्यतिबेला छात्रवृत्ति ?

पाउने ६ जना थियो तर हामी ३ जनामात्रै गयाँै । चन्द्र थापा, सुवाष तिवारी, निरज रानामगर, सुदीप सुनार, रन्दिप पौडेल र मैले पाएका थियौं । अनि म, सुदीप र रन्दिप त्यहाँ गयौ पढ्यौँ । त्यसपछि यु–१४ सेलेक्सनमा गयौ । सुरुमा पोखरामा जिल्ला सेलेक्सन भयो त्यसपछि क्षेत्रीय सेलेक्सन भयो त्यहाँ म पनि परे । काठमाडौं गए सबैमा छनोट हुँदै थिए फाइनल राउन्डमा दात हेरेर ओभर एज हो कि के भनेर फालिएँ । त्यसपछि ब्याक टु पोखरा भएँ । त्यतिबेला पोखराका धेरै साथीहरु परेका थिए । दुःख लाग्यो त्यतिबेला मिहेनत नपुगेको रहेछ अझै गर्नुपर्ने रहेछ भन्ने कुरा सिकेर आएँ । यहाँ आएपछि दाई सपोर्ट गर्नुभयो । पछि लोकल सेभेन ए साइड खेल्न थालियो । त्यहाँ गेम देखाउन थालेपछि बासँबारीबाट वि डिभिजन खेल्न गए त्यसपछि फेरी पोखरा आए । पोखरामा राष्ट्रिय फुटसल लिग हुन लागेको थियो अनि निशान्त दाई आएर टिम बनाउने भन्नुभयो । त्यतिबेला स्पोट्र्स क्यासलको टिम नजाने भन्ने थियो । सुरुमा गार्डेनबाट खेल्ने भन्ने थियो । घरतिरकै टिम जानेभएपछि स्पोट्र्स क्यासलबाट खेल्ने मौका पायौ । हामी नेशनल च्याम्पियनसिप खेल्यौ र त्यहाँबाट फुटसलको टोलीमा पनि परे । त्यसपछि यु–२२ खुल्ला छनोट भयो । एन्फाले आयोजना गरेको त्यो छनोटमा सात सय जना थियो । काठमाडौं गए र पाँच दिनजति बस्न प¥यो । सातसयबाट ४० जनामा परियो त्योबाट पनि २३ जनामा पर्न सफल भए । त्यसबाट पनि ११ जनामा परियो । त्यसपछि भारत खेल्न गयौ साफ यु २३ । खेलेर आएपछि एक महिना ट्रेनिङ गरेर बहराइन खेल्न गयाँै । त्यसपछि लिगको तयारी थियो । धेरै क्लबले अफर गरे ।

सबैभन्दा पहिला कुन क्लबले अफर ग¥यो ?

मलाई सुरुमा हिमालयन शेर्पा क्लबले अफर गरेको हो । यु–२० मा हुँदा नै अफर आएको थियो । त्यसपछि चर्च ब्वाइज, विग्रेड लगायतले पनि गरिराखेको थियो । यता मनाङ मस्र्याङ्दीबाट पनि अफर आयो । म मनाङमै गएँ ।

मनाङमै किन ?

मनाङ राम्रो क्लब हो । मनाङको जर्सी लगाउने सपना थियो । त्यो सपना पुरा गर्ने अवसर आयो त्यहि भएर त्यता तर्फ लागे ।

मनाङ जाने सपना पूरा हुँदा कस्तो लागिरहेको छ ?

निकै खुसी छु । एउटा सपना आज पूरा भएको छ । मनाङको जर्सी लगाउने सपना पुरा भयो अब मनाङलाई केही गरेर देखाउन चाहन्छु । हुन त फुटबल एकजनाले मात्रै खेलेर हुँदैन टिममा खेल्ने हो । सिनियर दाइहरु हुनुहुन्छ उहाँहरुसँग मैले धेरे कुरा सिक्नुपर्नेछ । अब मनाङबाट च्याम्पियन बन्ने सपना छ ।

तपाईँ सेभेन ए साइड फुटबल खेल्दै हुर्किनुभएको हो । पोखरामा हामी फुटबललाई पनि ११ ए साइड भन्न बाध्य छौं नी ?

अलिकति टेक्निकल पार्ट थियो मसँग । खेल्ने तरिका थियो । हामी सानो ग्राउन्डमा खेलेको मान्छे ठूलो ग्राउन्डमा खेल्न निकै गाह्रो भएको थियो । अब सेभेन ए साइडमा त नजिक हुन्छ ट्याक–ट्याक–ट्याक खेल्न पाइन्छ । तर ११ ठूलो र फराकिलो क्षेत्र खेल्न गाह्रो । केही महिना त मैदान बुझ्नमै जाँदो रहेछ । पछि खेल्दा खेल्दै सजिलो लाग्न थाल्यो ।

अन्तिममा, पोखराको फुटबल विकास गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

जे होस् अब पोखरामा सेभेन ए साइड होइन ११ ए साइड ने हुनुपर्छ । हामी यहाँ सेभेन ए साइड ११ ए साइड भन्छौ तर फुटबल भनेके ११ ए साइडमा खेल्ने हो । पोखरामा धेरै प्रतियोगिता हुन्छन् तर ति सबै सेभेन ए साइड मात्रै हुन्छन् ।अब फुटबल प्रतियोगितालाई प्राथकिता दिनुपर्छ । पोखरामा खेलाडी नभएका होइनन् । यहाँ वास्तविक फुटबल प्रतियोगिता नभएका कारण म जस्तै धेरै प्रतिभाहरु लुकेका छन् । यदि पोखरमा निरन्तर फुटबल प्रतियोगिता (११ ए साइड) हुने हो भने खेलाडीहरु धेरै निस्किन्छन् । प्लेयरहरुले चान्स पाए गर्छ भन्ने मलाई लाग्छ । प्रस्तुति : विजय नेपाली

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->