पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्न लागेको फिफा ड्रीम प्राजेक्टको विषयमा उच्च अदालत पोखराले अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग लिखत जवाफ पेश गर्न आदेश दिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले भेडाबारीमा बन्ने एन्फा टेक्नीकल सेन्टरको रकम वर्तमान एन्फा कार्यसमितिले बजेट रकमानान्तरण गर्ने भएपछि मुद्धा दर्ता गरेका हुन् । अध्यक्ष गुरुङले रकमानान्तरण गर्न नहुने भन्दै मुद्धा दर्ता गरेपनि उच्चले सो आदेश गरेको हो ।
उच्च अदालतमा उमेश कोइरालाले इजलाश नं. ३ मा गरेको एकल इजलासले सो आदेश गरेको हो । आदेशमा भनिएको छ,‘यसमा निवेदन सहितको मिसिल संलग्न कागजात समेत अध्ययन गरी निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री कृष्ण प्रसाद तिमिल्सिना र श्री प्रबल शर्माले गर्नु भएको बहस समेत सुनियो । यसमा के कसो भएको होरु निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने होरु माग वमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै आधार र कारण भए खुलाई आदेश सहितको सूचना प्राप्त भएको मितिले चाटाको म्याद बाहेक १५ ९पन्ध्र० दिनभित्र विपजीहरु मध्येका विपक्षी नं. ५ र ६ को हकमा उच्च सरकारी वकील कार्यालय पोखरा मार्फत तथा अन्य विपक्षीहरुको हकमा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी निवेदन र यो आदेशको प्रतिलिपि समेत साथै राखी विपक्षीहरुका नाउँमा म्याद (सूचना) जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नुहोला ।
साथै, निवेदकले अन्तरिम आदेश समेत माग गरेको सन्दर्भमा विपक्षी नं. ५ र ६ बाहेकका अन्य विपक्षीहरु र निवेदकको उपस्थितिमा छलफल गरी सो सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त देखिँदा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई मिति २०८०।११।३० गते पेशी तोकी सोही दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरु समेतलाई सूचना दिई नियमानुसार पेश गर्नू ।’
सम्बन्धीत समाचारहरु-
https://dhorpatannews.com/2022/11/87329/





