बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिपतबाट जोगिन बस्ती व्यवस्थापन

बिपतबाट जोगिन बस्ती व्यवस्थापन


  • Dhorpatan News
  • भाद्र २ २०८१, आइतबार

अघिल्लो हिउँदमा गण्डकी प्रदेशका अधिकांश वनक्षेत्र आगोको शिकार बने । हराभरा वनक्षेत्र मानवीय क्रियाकलापमा सामान्य सावधानी समेत अपनाउन नसक्दा क्षणभरमै खरानी भए । जंगलमा मात्रै होईन, आगो घर घरमा पस्यो, गोठ जल्यो, खरबारी कहिँकतै छोडेन् । हिउँदे जिपत्को रुपमा रहेको आगोले एक हिसाबले एकछत्र राज गर्यो । हामीले सामान्य सावधानी अपनाउन नसकेका कारण धनजनको ठुलो क्षती व्यहोर्नु पर्यो । हिउँदे बिपत्को सामना र बिपत् पछिको उद्धार तथा राहतमा सरोकारवाला जिम्मेबार होलान् तर बिपत् निम्तिन नदिनका लागि सर्वसाधारणको तहबाट भएका क्रियाकलाप भने पयाप्त भएनन् ।

याम फेरीएको छ । खडेरीलाई सामना गरेका गण्डकी प्रदेशबासी अहिले अत्याधिक वर्षाको सामना गरिरहेका छन् । वर्षा सुरु भएपछि हिउँदे बिपत्को तुलनामा बिपत्का घटना दोब्बर हुँदैछन् । जसको उदाहरण हो यहीं असार १ गतेदेखि हालसम्म भएका मनसुन्य बिपत्का घटनामा परी गण्डकी प्रदेशमा ४९ जनाको मृत्यु हुनु । यो अवधिमा ८४ वटा मनसुनजन्य विपद्का घटना भए् । सबैभन्दा बढी कास्की र बागलुङ जिल्लामा पहिरोमा परी १४÷१४ जनाको मृत्यु भएको छ । मनसुनी बिपत्मा परी स्याङ्जामा सात, लजमुङमा पाँच, तनहुँमा चार, म्याग्दीमा दुई, पर्वतमा दुई र नवलपुरमा एक जनाको मृत्य भएको छ । मनसुनजन्य बिपत्का घटनामा दर्जर्नौको संख्यामा सर्वसाधारण घाइते बिस्थापित छन् । भौतिक तथा पशुचौपायको क्षतीको विरण त संकलन हुनै बाँकी छ ।

बिपत्का घटनाको अध्ययन गर्ने हो भने सबैभन्दा बाढी पहिरोका घटना छन् । हिजो पनि बाढीपहिरो नआउने गरेको होईन् । केही वर्षा पहिलाभन्दा पानी पर्ने प्रकृति फेरीएको छ । कहिले कमी, कहिले धेरै वर्षा हुनुलाई मौसमी प्रणालीमा जलवायु परिवर्तनको असर भनेर अथ्र्याइने गरिएको छ । त्यसको धेरथोर असर होला तर बिपत्का कारण भैरहेको क्षतीको जिम्मेबारी मौसमी प्रणाली मात्रै होईन् । बिपत्का घटना नयाँ होईनन् । खोला छेउछाउका बस्ती बढारेका घटना हामीले वर्षौं अघिदेखी व्यहोरेका घटना हुन् । तर, हामी खोला छेउछाउका बस्ती व्यवस्थापनमा लागेनौं । हिजो सामान्य कोदालीले कोतरेको अग्लो कान्लो समेत खसेर खेती पुरेको हामीले देखेकै विषय हो । आज एकै पटकमा सयौं किलो माटो खन्न सक्ने डोजरले अग्ला कान्ला कोतर्दा हामी मुखदर्शक छौं । त्यहीं भुगोलमा हाम्रो बसोबास छ । हिजो जस्तो हामीले भलबाढी तर्काउन छोडेका छौं । हिजो डहरको बाटो बग्ने बाढी अहिले दैलाको बाटो, खेतीको बाटो बग्छ । यस्तै कारणले त बिपत्का घटना बढेका होईनन् । हामीले कहिल्यै मुल्यांकन गरेनौं । पानीलाई बाटो दिने । मिलेर बसेको ढुंगा माटोलाई खल्बलिन नदिने र खोलानालाको प्रकृतिक वेगलाई नरोक्ने हो भने बिपत्का घटना कमी अबश्य हुन्छन् । आँफैले निम्त्याएको बिपत्बाट आँफुनै पीडित हुने बाटो छोडौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->