बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चट्याङको जोखिम

चट्याङको जोखिम


  • Dhorpatan News
  • चैत्र १२ २०८१, मंगलबार

संखुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेँडा मरेका छन् । नेपालमा चैतदेखि जेठसम्मको समय अत्याधिक चट्याङ पर्नसक्ने समय हो । चैत महिना सुरु भएसँगै प्रिमनसुनको प्रभाव देखिन थालेको छ । मौषम बद्ली र वर्षा हुन थालेपछि चट्याङको जोखिम सुरु भएको छ । विगत वर्षहरुको तथ्याङ्क हेर्दा यो याममा चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । जुन जोखिमबाट गण्डकी प्रदेशका कुनै पनि जिल्ला सुरक्षित छैनन् । चट्याङका कारण हरेक वर्ष धनजनको क्षति भएका समाचार अखबारहरुमा आउने गरेका छन् । अन्य बिपत्का घटनाजस्तै चट्याङ पनि बिपत् हो । यसबाट जोगिन सकिन्छ ।

चट्याङबाट जोगिनका लागि प्रतिरोधि घर निर्माणमा ध्यान दिने हो भने जोखिम धेरै कम हुन्छ । चट्याङ बिहानको समय र दिउँसो ३ देखि ४ बजेको समय पछि बढी पर्छ । यो समयमा सकेसम्म घर बाहिर ननिस्के जोखिम कम हुन्छ । चट्याङ परेको बेला अग्लो ठाउँ वा अग्लो टावरको नजिक बस्ने र अग्लो रुखमुनी ओत नलाग्ने, जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा विशेष सजग रहने, चट्याङ्ग पर्न थालेको बेला फोन, कम्प्यूटर, टिभी, लुगाधुने मेसिनजस्ता विद्युतीय उपकरण प्रयोग नगर्ने, धारामा नुहाउने, लुगाधुने भाडा माँझ्ने नगर्ने गर्नाले जोखिमबाट बच्न सकिने सूचनाहरु सार्वजनिक छन् । तर, सर्वसाधारणमा सचेतनाको कमी, यी सूचनाहरु नपुग्ने र बुझिनेगरी सर्वसाधारणको तहमा नपुग्नाले जोखिम कम गर्न कठिन भइरहेको छ ।

चट्याङबाट बच्नका लागि अर्थिङको व्यवस्थापन अर्को महत्वपूर्ण पाटो हो । घर, गाउँ र समुदायलाई जोगाउनका लागि व्यक्ति आफैले अर्थिङमा ध्यान दिने, सरकारी निकायले ठुलो भुभाग जोगिने गरी अर्थिङको व्यवस्था गर्नाले चट्याङका कारण हुने ठूलो धनजनको क्षति कम हुन सक्छ । मानव जीवनका दैनिक क्रियाकलापमा असर गर्ने तथा ज्यान तथा धनको नै क्षती गर्ने चट्याङका बिषयमा सबै सचेत र सजग रहन जरुरी छ । हामीले अन्य बिपत् तथा महामारीलाई जस्तै चट्याङको जोखिमलाई पनि प्राथमिकताका साथ न्यूनीकरण गर्ने योजनामा लाग्नु पर्छ । चट्याङका कारण क्षति भएपछि पछुताउनु भन्दा क्षति नै हुन नदिनेमा ध्यान दिऊँ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->