शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बाँस

बाँस


  • Dhorpatan News
  • चैत्र २३ २०८१, शनिबार

धरती फोरेर निस्कदै गर्दा
बाँसको कलिलो टुसाले
आकास तिर फर्किएर
रातो सूर्यलाइ चुनौती दिदै थियो,

किशोर वयमा
सुरिलो तामा बनेर
बादल छेड्ने हुङ्कार गर्दै गर्दा
लाग्थ्यो उ कसैको अगाडी झुक्ने छैन,

तर
धरतीलाई छेडे जसरी
आकासलाई पनि छेडेर
माथि(माथि जान नसके पछी
आजकल
बाँस आफ्नै महत्वाकाङ्क्षा सङ्ग लाज मानेर
घोसेमुन्टो लाउदै निहुरिएको छ,

यद्यपी
उसको निहुराईमा
एउटा आत्मबोध छ
जीवन र सपना प्रतिको
अनि
महत्वाकाङ्क्षा र यथार्थता बिचको,

भोग्दा भोग्दै जिन्दगिलाई
बाँसले
आजकल बुझिसकेको छ
कि
अरु सबै रुखले जस्तै
उसले पनि
शैशव, यौवन अनि बृद्ध हुदै
यसै धरतीको छातिमा
बिसाउनु पर्ने छ
आफ्नो जीवन
अनि महत्वाकाङ्क्षाका भारिहरु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->