बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अबको नायक ओली कि बालेन ?

अबको नायक ओली कि बालेन ?


  • माधव चापागाईं
  • माघ ११ २०८२, आइतबार

अहिले नेपालमा निर्वाचनको सरगर्मी चल्या छ । राजनीतिको मैदानमा दुई सिंहहरू आमनेसामने भएका छन् जस्का कारण नेपाल तरङ्गित छ । एकातर्फ संसदीय राजनीतिका चतुर एवं धुरन्धर खेलाडी केपी शर्मा ओली छन् भने अर्कोतर्फ वैकल्पिक शक्ति मानिएका र युवाहरूको केन्द्रमा रहेका बालेन्द्र शाह (बालेन्द्र) छन् । संविधानमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था नभए पनि अहिलेको चुनावमा नेपाली जनताले प्रधानमन्त्रीलाई नै केन्द्रमा राखेर मतदान गर्ने भएका छन् । ठुला भनिएका दलहरु काङ्ग्रेस, एमाले, नेकपा र रास्वपा लगायतले क्रमशः गगन थापा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उमेद्वार बनाएर चुनावी अभियान थालेका छन् । त्यसमा पनि एमाले र रास्वपाले झापा क्षेत्र नं. ५ बाटै प्रधानमन्त्रीको छनोट गर्ने दाउमा छन् । यो भिडन्त एउटा सिटका लागि मात्र होइन यो त दुई शक्ती, दुई पुस्ता र दुई विचारका बीचको महासंग्राम बन्दैछ । फलस्वरूप फागुन २१ को निर्वाचन झापा ५ मा केन्द्रित छ । जब यस्ता दुई विरोधी शक्तिहरु आमनेसामने हुन्छन् तब राजनीतिको नयाँ विरासतका लागि वैचारिक युद्ध चर्किन्छ । ओली बालेनको जुङ्गाको लडाईमा ओलीका लागि आफ्नो पुरानो किल्ला जोगाएर पुनः सत्तारोहणको खेल खेल्नु छ, भने बालेनका लागि “बा“हरुको विरासत ढालेर नयाँ युगको सुरुवात गर्नु छ । यी दुई बीचको लडाई पुरानै हो । जेन्जी आन्दोलन ताका बालेन समूहले ओली सरकारलाई निर्दोष युवाहरूमाथी गोलि ठोक्न लगाएर रगतको होलि खेलेको आरोप लगाएको छ, भने ओलीले देश जलाउने लुसिफरको संज्ञा दिनुले यी दुईमा थप दूरी बढेको देखिन्छ । यी दुईको यो तिक्तताको खाडल त्यति सजिलै पुरिनेवाला छैन । मनोनयन दर्तादेखि नै झापामा चुनावी रापसाप बढेको देखिन्छ । यसर्थ झापा हाइ प्रोफाइल जिल्ला साबित भएको छ । बालेन र ओलीको अहंकारको यो लडाईले कुनै नेपालीको कोख नरितियोस् कुनै नारीको सिन्दुर नपुझियोस् र कुनै बालबालिका टुहुरा नबनुन् सफलताको शुभकामना ।

वर्तमान चुनावी अवस्थामा माओवादी (नेकपा) को परिचय ०६४ को तुलनामा धुमिल देखिन्छ परन्तु एमाले र काङ्ग्रेसको विरासत अझै कमजोर भएको छैन । यद्यपि रास्वपालाई अस्वभाविक बढावा दिदै छन् मान्छेहरू जसका कारण काङ्ग्रेस एमालेको निद्रा हराम भएको छ । मानिसको सबैभन्दा ठूलो सुख निद्रालाई प्रतिशोधमय नजरमा अङ्गाल्दा दुई ठुला दलहरु नै रातको निद न दिनको भोक भएका छन् । तथापि रास्वपाले सोचे जस्तो परिणाम ल्याउछ र पुराना दललाई क्षति पु¥याउछ भन्ने अवस्था अहिले नै छैन ।

इतिहासले राम्रो नराम्रो बताउला । नेपालमा कम्युनिष्ट भए केपि नै छन् । आफ्नो सिद्धान्त र नैतिकतामा अडिग ओली कोहि कसैसँग डराएनन् । गरे होलान् महत्वाकांक्षी उद्घोष परन्तु सङ्कल्प लिनु र नलिनुमा फरक पर्छ । झुक्दिन, डराउदिन, मर्दिन, देश बनाउछु, बनाएरै छाड्छु उनको उद्घोषले एमालेजनलाई आत्मबल दिएकै छ । राजनैतिक चक्रब्युह जस्तोसुकै होस् काङ्ग्रेस विशेष महाधिवेशनको रापमा तातिरहेको बेला एमाले चिल्लो बन्ने दाउमा छ । प्रतिशोध त ओलीले भन्दा धेरै बालेनले लिएका छन् । राष्ट्रिय शक्ति निर्माण गर्ने युवा जमातलाई अङ्गाल्ने बेलामा मेयरको केन्द्र छोडेर ओलीसित द्विद्वादश किन गर्नु ? शुद्ध थिए शुद्ध नै भएर काठमाण्डौ रोज्नु पथ्र्यो । झापा जानू नै गल्ती नहोला भन्न सकिन्न । यतिबेला बालेन ओली दुवै आआफ्नै अहङ्कार र घमण्डको रापमा रापिएका छन् । सरासर देख्दा ओली काङ्ग्रेस माओवादीका नेताझै प्रतिद्वन्द्वीसङ्ग भाग्न चाहेनन् । आफ्नै ठाउँमा आफुलाई उभ्याए । बरु बालेन आफैं प्रतिशोधको ज्वाला बालेर झापा पुगेका हुन् । बालेनको गुण र ओलीको अवगुण भन्नू पर्छ । ओलीले खुलेरै गाली गर्छन् । विपक्षको प्रतिकारमा तत्कालै उभिन्छन परन्तु बालेन मौन छन् । आलोचनाको भुमरीबाट बाहिर छन् । शान्त छन् । जेन्जी आन्दोलनमा रवि जेलबाट भागे पनि म यहाँ छु भनेर घण्टी बजाए तर काङ्ग्रेस, एमाले र माओवादीहरू भगौडा नै भएर गुपचुप बसे । माओवादी विद्रोह ताक उनीहरुलाई जङ्गली भन्नेहरु शिवपुरी कै जङ्गलको शरणमा पुगे ।

आज रवि र बालेनप्रति जनस्तरबाट आएको कडा र इमान्दार सन्देश स्पष्ट देखिन थालेको छ । उनीहरुको एकतालाई देश विकासको यात्रा भन्नेहरू पनि छन् । देश जलाउनेहरु भनेर गाली गर्नेहरू पनि छन् । डर नयाँ पुराना दुवैलाई छ । पुराना नेता नै फेरि आएर नयाँलाई जेल हाल्छन् या नयाँले सिध्याउछन् भन्ने भय यत्रतत्र छ । व्यक्तिगत अहंकार, हिस्सेदारी र दलगत सीमाभन्दा माथि उठेर साझा लक्ष्यमा एकजुट हुन सके मात्रै वैकल्पिक राजनीति प्रतिको जनआशा जोगिन्छ नत्र विभाजनकै परिणामस्वरूप फेरि पुरानैको बोलबाला हुनेछ ।

व्यापक रूपमा बदलिएको भूराजनैतिक र नेपालको आन्तरिक परिवेशका कारण भावी नेपाललाई अब केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र थेग्न सक्दैन । पुरानाको बिचल्ली र नयाँको आगमनले यहाँ छोटो समयमा राजनैतिक वितण्डा हुँदै छ । आशा र निराशाका बाँधहरु बन्ने र भत्किने क्रम चल्दै छन् । जे होस् नेपाली राजनीतिको इतिहासमा नविनता अवश्य आउने छ । पुराना सच्चिने छन् । ओली झनै राष्ट्रप्रेमी नबन्लान् भन्न सकिन्न । चुनावी रापतापका बिच संवैधानिक राजसंस्थालाई उभ्याएर अभिभावकत्व ग्रहण गर्ने दाउमा पुर्व राजा छन् । उनको अभिलाषा कस्ले पूरा गर्छ त्यो पनि हेर्नै छ । अघिल्लो निर्वाचनबाट राजनैतिक क्रेज बटुलेका रविले बालेनलाई प्रधानमन्त्रीको रूपमा उभ्याएर आफू महान बन्ने दाउमा छन् । उनको यो लक्ष्य पूरा हुन रास्वपाले ५०÷६० सिट जित्दैमा पुग्दैन । बालेनको विजयसहित बहुमत आउनु पर्छ ।

ओलीले केरुङ काठमाण्डौ, पोखरा लुम्बिनी रेल मार्ग र पानी जहाजको सपना देखाएको नौ वर्ष पुग्यो । समृद्ध नेपाल सुखी नेपाली भनेर नारा लगाउने ओलीभन्दा पहिले काम अनि बोलीलाई मान्यता दिने बालेन ठिक होलान् भन्न नपाउदै किर्तिपुरको डाँडोमा ल्यापटप चलाएर ४÷५ लाख कमाउन सकिने गगनको उद्घोषलाई किन नेपालीले नपत्याएका ?

जनताको करले बन्ने प्रशासकीय भवन र सिग्नेचर पुललाई देखाएर रेणुले चुनाव जित्नु पनि गलत होला । १७ हजार नेपालीको बलि चढाएर प्रचण्ड आफू सत्तामा पुग्ने छोरीलाई शक्ति सम्पन्न गराउने सहिदका परिवारको रुवाबासी चलिरहेकै बेला विकासका नाममा राज्यको ढुकुटी रित्याएर निर्वाचनमा भ्रम छर्ने काम गरिरहेका छन् ।

देउवा, माधब नेपाल, भिम रावल, झलनाथ र बाबुरामको युग नजानिदो तरिकाले अन्त्य हुँदै गर्दा नयाँका जुत्ताले पाताल खोर्सिदा छन् । केही पुराना निराश हुन नसकेकाहरुले टोपीमुनि पसिना लुकाएर दौडधुप गरिरहेका बेला काङ्ग्रेसले नचिनेका रास्वपाले चिनेका डा. स्वर्णिम वाग्लेले रवि बालेनलाई अर्जुन र कृष्ण बनाएर सुशासनको नारा लगाए जस्तै महेश बस्नेतले कृष्ण उपर विष्णुकै अवतारमा ओलीको पुजा गरेका छन् । रवि, बालेन र स्वर्णिमको भक्तिका अगाडि महेशले पुण्य कमाए भने नेपालमा फेरि पनि ओली प्रधानमन्त्री बन्ने छन् । समृद्ध नेपाल सुखी नेपालीको नारा चर्किने छन् । अन्यथा बालेनको उदय निश्चित भए विकासका मुद्धामा उनका एजेन्डा ढिलो चाडो आउलान् । देश बनाउछु भन्नेहरुले ओलीको भन्दा कमजोर योजना नल्याउलान् ।

रवि र बालेन एक ठाउँ भएर राजिनितीमा त्याग गरे भन्नेहरू हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने दिन नआओस् । राष्ट्रियताको मामलामा माओवादी काङ्ग्रेस भन्दा एमाले अघि देखिन्छ । पुराना दलले नै देशलाई यहाँसम्म डो¥याएका हुन् । पुरानालाई जनताले चिने पनि नयाँको सत् असत् रुप हेर्न समय पखिनै पर्छ । नेपालीले यस पटक सभ्य मतदान गरेर देशलाई जिताउनु पर्ने छ । जसले जिते पनि नेपाल हाँस्नु पर्छ । नेपालीहरु खुशी हुनुपर्छ र नेपाल समृद्ध बन्नुपर्छ । जनताको अभिलाषा यत्ती हो ।

अबको राजनैतिक सम्बन्ध झिंगाको सङ्गतले फोहोरमा होइन मौरीको संगतले फुलसम्म पुग्नुपर्छ । बालेन प्रधानमन्त्रीको उमेद्वार बनाउदा मात्रै जनसागर घण्टी तिरै उर्लियो भने न काङ्ग्रेसले सितलता पाउला न एमालेले सुर्यको रापतापबाट ठण्डी बिर्सिएला । न त माओवादीले जङ्गलको बसाइ बिर्सिएला । नवयुवाहरुले अन्त्य गर्न खोजेको भ्रष्टाचार र कुशासन अन्त्य होला नहोला । देशको समुन्नति, सामाजिक न्याय र सुसंस्कृत राजनीतिक अभ्यासको जग बस्ला नबस्ला । वर्षौं अघिका कुकृत्यहरुले सत्तारोहणको दाउपेचमा बाँचेकाहरुको दोहोलो अवस्य काढिने छ । नयाँ पुस्ताका नेताहरूले यदि सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण चाहे भने नेपालले ऐतिहासिक रूपान्तरणको बाटो समात्न सक्छ ।

रवि बालेनसंग पुराना डराएकै छन् भने नयाँ हौसिएकै छन् । विपीको समाजवाद र मदनको जबज नयाँको रौनकतामा विक्षिप्त छन् । डुब्न लाग्दा परालको त्यान्द्रोले पनि आशा दिन्छ भन्या झै अहिले पुरानाहरु त्यहि त्यान्द्रोको खोजीमा छन् । फलस्वरूप सच्चिन्छौं सच्याउँछौं भन्ने महाअभियान चलाएका छन् । जनताले सुधारिने मौका दिन्छन् या नयाँलाई रोज्छन हेर्नै बाँकी छ । राष्ट्रियताको पक्षमा अरुभन्दा ओली कठोर र देशभक्त देखिन्छन् । ओलीलाई नजिकबाट चिन्नेहरुले रवि र बालेनको विरुद्धमा नभएर सहकार्यमा चुनावमा गएको भए देशले निकास पाउने अनुमान गर्छन् । तर नेपालको राजनीतिमा ओली र बालेन दुई ध्रुव बन्दा अनिर्णयको बन्दी देश बन्दै छ । यहाँ सत्ता र शक्तिका लागि कौरवको सोच लिएर खाली पैताला राज्यारोहण गर्नेहरुको कमि छैन । वैकल्पिक शक्तिका नाममा सबै डराउने गरि बालेन किन ठोरी कै राम बन्या होलान् ? अबको निर्वाचन व्यालेटको महाभारत हुनेछ । अपराधीहरूले कौरवको सम्राज्य खडा गर्न तम्सिने छन् । नयाँलाई दुई कौडीका मूर्ख र गरिब सम्झने पुराना पार्टीहरुले जनतालाई दरिद्र बनाएर चुनावमा भोट किन्ने प्रचलन धेरै अघिदेखिको हो । मासुभातमा जनताको अभिमान साटिनु दुःखद् थियो ।

नेपालको समृद्धि र सुशासनको लागि नेतृत्व कठोर बन्नैपर्छ । मिलन शब्द नेपाली राजनीतिमा प्रचलित शब्द नै हो । यहाँ प्रेमिप्रेमिकाको भन्दा छिटो राजनैतिक पार्टीको मिलन र विछोडले मुर्तरुप पाउँछन् । ‘कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा’ भन्ने गितलाई नेपाली राजनीतिले कहिल्यै पत्याएन । यहाँ त कोदो रोप्दा जुट्छन् नसर्दै फुट्छन् । जुट्नु र फुट्नुमा क्षणभरको खेल हो । कहिले प्रचण्ड र ओली, कहिले देउवा र ओली त कहिले देउवा प्रचण्ड मिले अहिले रवि र बालेन मिले यो नौलो भने होइन परन्तु जनताले अहिलेको मिलनलाई किन आशावादी बनाए थाहा छैन । समयले सबै सबैको परिक्षण गरिरहेकै छ । कोहि परिक्षा दिएर फेल भए, कोहि परीक्षा दिंदै छन् त कोहि परीक्षा नदिदै उत्तीर्ण भएको बोलवाला चलाइरहे छन् । जनता सधैं सधैं जाँचौँ, हेरौं भनिरहेका छन् ।

जता बलियो उतै धलियो । नेपालको राजनीतिमा अहिले निर्णायक र ऐतिहासिक मोड आएको छ । कमरेड प्रचण्ड किङ मेकरको भूमिकामा देखिएका छन् । प्रचण्डले इतिहास, बलिदानी, सिद्धान्त र निष्ठा विहिन मानिसहरूको जमात भनेर नयाँ र वैकल्पिक मानिएका शक्तिको आलोचना गर्न थालेका छन् । के उनले भने जस्तै नयाँ दलले पनि हजारौं मान्छेको बलि चढाउनु पर्छ ? जुत्तामा ढुङ्गो, आँखामा धुलो, कानमा किरो र घरमा झगडा भए निकै पीडा हुन्छ । कुलमानको घमण्ड देउवा र ओलीको घमण्डसङ्ग समकक्षी होला । गगनले पार्टीको जिम्मेवारी नपाएर शेरबहादुरतिर रुख चिह्न हिडेको भए जाने ठाउँ वैकल्पिक शक्ति तिरै थियो । अबको परिवर्तन नयाँ बाट नै सम्भव छ, गगन, विश्वलाई पनि यो थाहा छ, पुरानो रेलमा चढेर अब गाह्रो छ त्यसैले उनले विद्रोह गरेका हुन् । गगनले सहकारी ठग भनेर रविको पुनः न्वारन गर्नु गल्ती नै भएछ । आज उनी यहि गल्तीका कारण काठमाण्डौ छोडेर तराई झर्नु पर्यो । देउवाले विश्राम लिनुमा पनि नयाँको हात छ । उता प्रचण्डको रोल्पा बसाई रविकै कारण उत्पन्न भएको हो । यो मानेमा केपी ओली निडर रहेछन् उनी भगौडा भएनन् । उनले आफ्नो किल्ला छोडेनन् । दुई तिहाईको सरकारसँग टक्कर लिनेका विरुद्ध होस् या बाह्य हस्तक्षेपका विरुद्धमा होस् उनी सधैं साहसी देखिए ।

यता बालेनले सानातिना गल्ती नगरेरै जनताको मन जिते अन्यथा कांग्रेस एमाले सरकारले उनलाई पनि रविकै हालतमा पु¥याउथ्ये यो निश्चित थियो । तिव्र वेग, आक्रोश र अन्तर्मुखी चरित्र भए पनि देशको नेतृत्व गर्छु भन्ने व्यक्तिसँग आर्थिक स्वच्छता र लोकप्रियता जरूरी हुन्छ, जसमा बालेन उत्तीर्ण देखिन्छन् । परन्तु छोटो समयमा लोकप्रियता कमाए पनि आफ्नै अहमता र घमन्डले भरिएको भारी मन बिसाउन झापामा पाहुना लाग्नु भारी पर्न सक्छ । जेन्जी विद्रोहले किस्तीमा दिएको प्रधानमन्त्री पद त्यागेर, जनमतबाटै त्यो पनि केपी ओलीलाई घुँडा टेकाएर मात्र प्रधानमन्त्री बन्छु भन्नु सामान्य कुरा होइन । चुनाव जित्नकै लागि बालेनले उम्मेदवारी दर्ता मात्रै गरे पनि सजिलै जित्ने कयौं ठाउँहरू थिए, तर उनले त्यो सहज बाटो रोजेनन् । इतिहास लेखाउनेहरू प्रायः सहज बाटो रोज्दैनन् भन्ने मान्यतालाई के बालेन र ओलीले सावित गर्लान् ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->