म्याग्दी, २३ वैशाख– कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ खन्तीमा कालोपत्रेको काम सुरु भएको छ ।
मुस्ताङको कोबाङदेखि कैकुखोला सम्मको साढे १५ किलोमिटर सडक खण्डमध्ये खन्तीबाट मंगलबारदेखि कालोपत्रे गर्न लागिएको...
गुर्जा र ढोरपाटन पुग्ने सडकको बाधक बन्यो ‘मटला भीर’
म्याग्दी, २१ वैशाख – म्याग्दीको अत्यन्त दुर्गम ठाउँ धौलागिरि गाउँपालिका १ गुर्जा र बागलुङ, रुकुम र म्याग्दीको सीमानामा पर्ने ढोरपाटन क्षेत्रमा पुग्ने सडक निर्माणको काम धौलागिरी गाउँपालिका ३ मुनाको मटला भीरमा पुगेर रोकिएको छ...
कोरोनाबाट गण्डकीमा थप ३ जनाको मृत्यु
पोखरा, २१ वैशाख – कोरोनाले गण्डकीका थप ३ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा म्याग्दीका ७६, पर्वतका ८४ वर्षीय र कास्कीका ४५ वर्षीय पुरुष रहेका छन् । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६...
बेनी नगरपालिकामा भोली राती १२ बजेदेखि निषेधाज्ञा जारी
बेनी, २१ वैशाख– कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले बेनी नगरपालिकालमा वैशाख २२ गतेदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिका भित्र कोरोना...
ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीमा एकको मृत्यु
म्याग्दी, २१ वैशाख– म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छभने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय...
४ दिनदेखि मालपोतको सेवा ठप्प, कार्यालय भन्छ : इन्टरनेटले धोका दियो !
बेनी, २१ बैशाख – जग्गा पास गर्न मालिका गाउँपालिका १, निस्कोटकी धमकुमारी सुनार बिहीबार सदरमुकाम बेनी आइन् । काम सकेर सोही दिन घर फर्किने तयारीमा रहेकी सुनारको काम आइतबारसम्म सकिएन । मालपोत कार्यालयको अनलाइन...
आइसोलेसन उपकरण गोदाममा, संक्रमित घरघरमा
बेनी, २१ बैशाख– नेपालीमा एउटा उक्ति छ, ‘माल पाएर चाल नपाएको !’ म्याग्दी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा रहेको एउटा कोठाभित्रको दृष्यले उक्त भनाइको चरितार्थ गर्छ ।
गतवर्ष कोरोना संक्रमण फैलिएसँगै जिल्लाका...
म्याग्दीका पत्रकारलाई मास्क र स्यानीटाइजर
बेनी, २० बैशाख – कोभिड–१९ को संक्रमणबाट बच्नका लागि पत्रकारलाई मास्क र स्यानीटाइजर वितरण भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीबाट आइतबार जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो...
प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चितवनका गैरे र महासचिवमा म्याग्दीका गिरी
कतार, २० वैशाख – नेकपा एमालेको माधव नेपाल समुहले प्रवास पनि आफ्ना कमिटी विस्तार अभियान सञ्चालन गरेको छ । प्रवासका विभिन्न ठाउमा समानान्तर पार्टी कमिटी निर्माण गरेको सो समुहले जनाएको छ । यसैसन्दर्भमा नेपालका...
बेनीमा मास्क नलगाउने ६६ जनालाई कारवाही
बेनी, २० बैशाख – म्याग्दीको सदरमुकाम बेनीबजारमा मास्क नलगाएर हिड्ने ६६ जनालाई प्रहरीले कारवाही गरेको छ । मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि कारवाही अभियान थालिएको हो । आइतबार बेनीमा मास्कबिना हिँड्नेलाई एक...