बाबाआमाको भूमिका छोराछोरीका लागि समुन्नत भविष्यका लागि निरन्तर झुकाव रहिरहनु पर्दछ । जिवन संगिनी रुपकदेवीले छोरा हिम्मत र छोरी रुयासा तथा यमुनाका लागि हजुरआमाले एउटा कथा भनिदिनुहोस् भनेझै पटक–पटक सुझाव सल्लाह दिन हरेश खानु हुँदैन है ।
अमेरिकी साहित्यकार विस्टन्न चर्चिलले निराशाबादी हरेक अवसरमा समस्या देख्छ भने आशाबादी समस्यामा पनि अवसर देख्दछ भनेका थिए । रुपकदेवीले छोराछोरीलाई सुझाउनु र बुझाउनु पर्दछ । त्यस्तै, सबै महान चिज सरल हुन्छन्, कैयौलाई एक शब्दमा व्यक्त गर्न सकिन्छ ती हुन् ः स्वतन्त्रता, न्याय, सम्मान, कर्तव्य, दया र आशा हुन भनी चर्चिलले भनेका थिए । मानिस युद्धमा एकपटक मारिन्छ तर राजनीतिमा कैयौपटक । यदि तपाईले कसैलाई मार्नु नै छभने तपाई अलिकति विनम्र हुँदा के जान्छ ? भन्दै राजनीतिमा हुने घात अन्र्तघातलाई चलाखीपुर्ण खेलको अर्थबोध गराएकोले छोराछोरीमा राजनैतिक सँस्कार र राजनैतिक चेतनाबोध गराउनु पर्ने दायित्व आमाबाबाको समेत हो भन्ने बुझाउनुपर्छ है प्रिय, जिवन संगिनी । विश्व अहिले कोराना नामक भाइरसले निराशामा डुबिरहेको बेलामा मानव अस्तित्व नै संकटमा परेको वर्तमान समयमा विङन्स्टन चर्चिलले पहिले नै स्वस्थ नागरिक कुनै पनि देशको सबैभन्दा ठुलो सम्पत्ति हुन भनेका थिए । शिक्षा र स्वास्थ्यमा गर्ने खर्चलाई लगानी गरेको हो भन्ने सँस्कार विकास गराउनुपर्दछ ।
संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने उपाय अष्टागिंक मार्ग छ भन्ने एसियाका शान्ति दुत गौतम बुद्धले भनेका थिए । तर, दुःख दिन रुचाउने, अर्काको दुःखमा हाँस्ने, आन्नद लिने, दुःख लिने षडयन्त्रको तानाबानाबाहेक केही नदेख्नेहरुका अगाडी विश्वविख्यात हास्य कलाकार चार्ली च्याप्लिनको उदगारहरुलाई मनन् गर्न सिकाउनु है ।
विश्वमा अहिलेसम्मको रेकर्डअनुसार सबभन्दा बढी कोभिड–१९ भाइरसबाट अमेरिकामा मानिस मरेका छन् । रोकथाम र नियन्त्रणका लागि उपचार गर्न बिना हतियार स्वास्थ्यकर्मीहरु संगीन मैदानमा रहेकोले विश्वको परिघटनाका बारेमा छोराछोरीलाई जानकारी गराउनु पर्दछ है । अहिलेको घटनाबाट विश्वको महाशक्ति देश अमेरिका अब रहेन । सायद चीनले महाशक्ति हुने बाटोलाई अवलम्वन गरेको आभास पाइन्छ । विश्व फुटवल खेलाडीको खानी मान्ने युरोपियन देशमा खेलाडीभन्दा स्वास्थ्यकर्मीहरुको खाँचो सदैव हुँदोरहेछ भन्ने आभास मिलेको छ । नेपालीहरु युरोपियन जीवनशैलीमा लोभ गर्ने परिपाटी छ । तर, कोरोनाको कहरमा सोचेजस्तो सचेत र शिक्षित युरोपियन नागरिक नभएको अनुभुति भएको छ । स्पेनमा जस्तै कोरोनाको कहरबाट मुक्त पाउनका लागि निजी अस्पताललाई सरकारीकरण गर्नु पर्दछ । धेरैभन्दा धेरै अस्पतालहरु बनाउने शिक्षा र सचेतना प्रदान गर्ने शिक्षा समुन्नत भविष्यका लागि दिनु छ ।
त्यस्तैगरी जाबो उपभोक्ताको नभएपछि पेट्रोलको मुल्यहीन बस्तु हुँदोरहेछ । आफना छोराछोरीलाई विशेष सामाजिक शिक्षा र प्राकृतिक वातावरणको महत्वबोध गराई अनुकुलमा जिउन सिकाउनुपर्ने रहेछ । मृत्युले धनी, गरिब, कालो, गोरो भन्दैन भन्ने गाउँघरको भनाई अहिले चरितार्थ भएको छ । धनी मुलुक र सपनाको देश भनेर चिनिने देशका नागरिकहरुलाई आथ्तु–आथ्तु पारिरहेको छ । सामाजिक सञ्जालले मानिसलाई नजिक बनाए पनि सन्त्रासले झन् टाढा बनाउँदो रहेछ । समाजमा करोडौ सम्पत्ती कमाएको फुर्ति लगाउने मानिसले विपत्तिका बेलामा माखो समेत नमार्दा रहेछन् । हात मिलाउने र अंगालो मार्ने पश्चिमी शैली र संस्कारभन्दा नमस्ते, नमस्कार गर्ने पुर्वी सँस्कृति बढी वैज्ञानिक रहेको प्रमाणित कोभिड–१९ ले राम्रोसँग गराएको छ । आजकलका बाबुनानीलाई इन्टरनेटवाला मोबाइलबाहेक केही चलाउन नआउने रहेछ भन्ने चलनलाई सृजनात्मक क्षमता विकास गराई आत्मविश्वास र आत्मनिर्भर बनाउने सोचको विकास गराउनमा जिवन संगिनी रुपकदेवीले बहुत प्रयास गर्नुको विकल्प नै छैन है ।
यस्तैगरी विश्वविख्यात मुक्केवाज मुहम्मद अलीले जिवनको सफलतालाई मापन गरी उद्धेश्य र लक्ष्य हासिल गर्नका लागि जोखिम मोल्न नचाहनेले जिवनमा केही हासिल गर्न सक्दैन भनेका थिए । सकारात्मक र सक्षमताका लागि जोखिम लिन छोराछोरीलाई सिकाउन जरुरी भएको छ । आलु खेती गोड्ने, खरबारीको स्याउला ल्याउने, आलु लगाउने, कोदो रोप्ने, बनमा भेडा हेर्न जानेजस्ता कृषि कर्मको मर्म बुझाउन जरुरी हुन्छ । आजका महानतम व्यक्तिहरु पनि कुनै बेलाका सिकारु थिए, त्यसैले पहिलो पाइला चाल्नमा कहिल्यै डर नमान भन्ने मुहम्मद अलीले भनेको भनाइलाई पछ्याउदै साना–साना र टुक्रा–टुक्रा काम शिलशिलाबद्ध तरिकाले गर्नमा दैनिक क्रियाकलापसँग छोराछोरीलाई जोडीदिनु पर्दछ । समयको महत्व बुझाउँदै दिनलाई नगन, बरु दिनले गिन्ती गर्ने व्यक्तित्व विकास गरी योग्य, दक्ष, सँस्कारयुक्त र अब्बल बनाउने प्लेटफर्म निर्माण गरी दिने बाबाआमाले हो र सो प्लेफर्ममा कुशलतापुर्वक सर्वश्रेष्ठ खेलाडीका रुपमा खेल्ने काम छोराछोरीको हो भन्ने बुझाउने जिम्मा बाबाआमाको हो भन्ने आत्मबोध गराउनु है, छोराछोरीलाई ।
संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने उपाय अष्टागिंक मार्ग छ भन्ने एसियाका शान्ति दुत गौतम बुद्धले भनेका थिए । तर, दुःख दिन रुचाउने, अर्काको दुःखमा हाँस्ने, आन्नद लिने, दुःख लिने षडयन्त्रको तानाबानाबाहेक केही नदेख्नेहरुका अगाडी विश्वविख्यात हास्य कलाकार चार्ली च्याप्लिनको उदगारहरुलाई मनन् गर्न सिकाउनु है । चार्लीले हरेक दिन हाँस्नुमा मज्जा छ । हाँसोले स्वास्थ्यलाई अब्बल गराउँदछ भन्दै हाँस्दै नहाँसी बितेको दिन खेर गएको दिन हो भनी चार्लीले भनेका छन् । मुस्कानको मिठासमा मात्र मानिसलाई जिन्दगीको औचित्य अझै बाँकी छ भन्ने आत्मबोध गराइ हाँस्नुको अर्थ र मज्जा लिन छोराछोरीलाई सिकाउनु पर्दछ । त्यस्तैगरी, चार्लीेले भनेका छन् कि ऐना मेरो सबैभन्दा नजिकको मित्र हो किनकी म रुदाँ यो कहिल्यै हाँस्ने गर्दैन भनेका छन् । यसर्थ दुःख र सुख दुवैमा साथ दिने विश्वासघात र अन्र्तघात नगर्ने ऐनाजस्तै साथीको सञ्जाल विस्तार र अभिवृद्धिमा लागिरहने, गोरेटो खनिरहने बिनाबर्दीको असल नागरिकयुक्त सिपाही हुनुपर्ने शिक्षा छोराछोरीलाई दिनु है, जिवन सगिनी रुपकदेवी ।
दलाइ लामाले बिहानको एउटा सानो सकारात्मक विचारले पुरै दिनलाई बदल्न सक्दछ भन्दै खुशी कुनै रेडिमेड तयारी बस्तु होइन, यो त तिम्रो आफनै कर्मद्धारा प्राप्त हुने गर्दछ भनेको पाइन्छ । आफुले सोच विचार गरेर दलाइ लामाको थप चिन्तन र मनन् गर्नका लागि स्वय छोराछोरीलाई अध्ययनमा अग्रसर गराउनु है । विश्वविख्यात मार्टिन लुथर किङले खराब मानिसका आतंकभन्दा असल मानिसको मौनता बढी खतरानाक हुन्छ भनी भनेको विषयलाई सविस्तार अर्थ लगाउनु है, छोराछोरीलाई । मार्टिन लुथर किङको जिवनी, विचार, पुस्तक, भाषण खोजी–खोजी जसरी पनि पढ्न, बुझन लगाउनु है । यसको अर्थ माथि टिपोटका आधारमा लेखेको भनाईहरुमा सिमित नराखी जिवनी, दर्शन, विचार, भनाइहरुको खोजी गरी धेरैभन्दा धेरै साहित्यकार, वैज्ञानिक, डाक्टर, दार्शनिक, कवि, कथाकार, पत्रकार, मानवअधिकारबादी, कलाकार, अर्थशास्त्री, इतिहासकार, भाषाशास्त्री, राजनीतिशास्त्री, विकासविद, योजनाकार, खेलाडी, सामाजिक अभियन्ताका बारेमा साक्षात्कार भै सोको विचारमा अभ्यस्त हुन सिकाउनु पर्दछ भन्दै मैत्रीपुर्ण र जिवनभर प्रशिक्षार्थी भै निरन्तर अध्ययनशिल हुन जरुरी भएको बोध गराउनु पर्दछ मात्र भनेको हो है ।
फेरी कोरोना भाइरसले विश्व जगत जर्जर अवस्थामा पुगेको बेला र स्वास्थ्य सेवाको असुरक्षाका कारण जिवनरक्षा नै चुनौती बनिरहेको सन्दर्भमा सगिनीलाई चिठी लेखेर समय बर्बाद पारेको भन्ठालान् । कोरोना भाइरसका विषयमा आम रुपमा सजगता अपनाउनका लागि पारिवारिक बैठकमा छलफलको विषय बनाई सम्बन्ध बिस्तार गराउन सकिन्छ । जिवन सगिनी जस्तै साथीहरुले अध्ययन गरेमा सोबापतको प्रतिफल थुप्रै आमाबाबामार्फत सयौ वा हजारौ लकडाउनका कारण फुर्सदिला बाबुनानीले लिन सक्दछन भन्ने विषय मात्र हो । उत्प्रेरणामुलक शिक्षा दिई सत्मार्ग दिलाउने दायित्वबोध होस भन्नका लागि सानो प्रयास मात्र हो भन्दै आगामी आलेखमा भेट हुने विश्वास लिँदै यो श्रृंखलामा बिदा माग्दछु ।
उही जिवन साथी
बा.न.पा.–१० भकुण्डे





