कोरोना कहर सुरु हुनासाथ गण्डकी प्रदेश प्रभावितबन्यो । १९ वर्षीया अशुं सापकोटा ६५वर्षीया मन कुमारी पौडेलमा संक्रमण देखियो । संक्रमण पुष्टि भएसँगै उनीहरुको उपचार कहाँ गराउने भन्ने प्रश्नअहम् बन्यो । सवै भागभागको स्थिति बन्यो । संक्रमितलिनजाने ब्यक्तिसम्मको अभावभयो । दवाव,बाध्यता र जवाफदेहीताकाबीचधौलागिरी अस्पताल प्रशासनउपचार गर्न तयार भयो । अस्पतालमा साधन र स्रोत थिएन । डाक्टर र स्वास्थ्यकर्मी त्राहीमाम् थिए । धन्नै स्थिति सम्हालियो । अस्पतालका स्वास्थ्यकर्मीहरुको हिम्मत डग्माएन ।सेवाभावका साथकाममा जुटीरहे । दुबैजनानिको भएर घर फर्कँदा स्याबासीपाउने डाक्टर र स्वास्थ्यकर्मी नै थिए । गण्डकीका मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरुङ स्वयंले स्वास्थ्यकर्मीको प्रशंसा गरे,अनि सुविधादिने घोषणा गरे । संघीय सरकार स्वयंले कोरोना भाइरसविरुद्धको अभियानमा खटिनेहरुलाई ‘जोखिमभत्ताब्यवस्थापनआदेश २०७७ ’ सहितभत्ताको व्यवस्था गरेकै थियो । गण्डकी सरकारले बीमालगायका सुविधाथपेपछि निश्चयपनि स्वास्थ्यकर्मीहरुमाआत्मबल र सम्मान बढेको हुनुपर्छ । अहिले पनियो अस्पतालका स्वास्थ्यकर्मीहरु ६ जना संक्रमितको सेवामा जुटिरहेका छन् । यसलाई सवैले स्यालोट गर्नुपर्दछ । यहाँसम्म ठीकै थियो । तर, अस्पतालले कोरोना भाइरस संक्रमितविरामीको उपचारमाजोखिममोलेको भन्दै अस्पतालका १ सय ६९ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई एकैचोटी चैत, बैशाख, जेठ र असार चार महिनाको १ करोड ५३ लाख रुपैयाँजोखिमभत्तामाग गरयो, अस्पताल पुनःचर्चामाआयो । वास्तविकताभित्रनगई स्वास्थ्यकर्मीहरुको नियतमाथिप्रश्न उठाइयो, राज्यको क्षमताबारे बहसहरु छेडिए ।यसले एकैचोटी चिकित्सा पेशालाई बदनामबनाउने र स्वास्थ्यकर्मीहरुको मनोबल घटाउने कामग¥यो ।
चिकित्सानाफामूलक पेशाहुँदै हैन । डाक्टरहरु हिप्रोक्रेटिक ओथ (डाक्टरले सेवाप्रवेशअघि लिने सपथ ) माबाँधिएका हुन्छन् । मान्छेको जीवनबचाउने जिम्मेवारीको अगाडि पैसा, पद र प्रतिष्ठा गौण हुन्छ । त्यसैले चिकित्सा क्षेत्रलाई फरक दायित्वसहितको पेशा मानिन्छ । उनीहरु भगवानतुल्य हुन्छन् ।मुख्य कुरा, यो पेसानाफामुखीहुँदैन । गीतामाभनेजस्तै कर्ममाविश्वास गर्छन, फलको आशा राख्दैनन् । वैद्यहरुको पालादेखि यही परपम्परा चल्दै आएको छ । तर, समयक्रमसँगै डाक्टरी सेवाप्रतिको विश्वास घट्दो छ । चिकित्सा ‘सेवा’बाट ‘पेशा’ बनेको छ । पेशा बनेपछि नाफा–घाटाको कुरा हुन्छ । अस्पतालले मागेर पठाएको निवदेनमात्यही ‘नाफा–घाटाँ सँगै लोभ पनिमिसिनपुग्यो । सरकारी निर्देशिकाले प्रोत्साहनको लागिदिइएको सुविधा दुरुपयोग भएको आशंकागरियो । अर्कोतर्फ, चार महिनाको खर्चको बिल एकैचोटी आउँदा रकम बढी देखियो । संक्रमणसँग जुधेकाबाहेकहरुले पनि सुविधामा ¥यालचुहाएको आशंकाभयो ।
असामान्य समयमाधौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले चुनौतिसँग जसरी लडे, त्यसको अवमूल्यनगर्न मिल्दैन÷पाइँदैन । उनीहरुले जोखिम उठाएकै हुन, ज्यानहत्केलामा राखेर काम गरेकै हुन् । राज्यले सुविधा दिन्छु भनेकै हो । त्यसैमाटेकेर मागेर पठाइको हो । स्थिति सामान्यभएको भए, नियतमाथिशंकागर्न भुक्तानीको लागि पठाइएको दावीकाफी छ । अपितु, समयको गाम्भीर्यता र राज्यको वचनलाई नजरअन्दाजगर्ने ठाउँ छैन । सामान्य सुरक्षा सामग्रीबिना मैदानमाउत्रिएकाचिकित्साकर्मीको मनोबल गिराउने बेलापनि हैन, यो । राज्यद्धारा घोषित सुविधाबाट उनीहरु बञ्चितहुनुहुँदैन । हारेको सिपाहीबाट लडाईँ जितिँदैन । उनीहरु अहिले पनिअग्रमोर्चामाभएको बिर्सन मिल्दैन । डाक्टरहरुको मनोबल बढाउनैपर्छ । तर, संकटको बेला राज्यकोषको अनावश्यक दोहन हुन्छ कि भन्ने गम्भीर विषयलाई पनिनजरअन्दाजगर्न भने मिल्दैन ।

