यो देश अहिले आफ्नो गौरव गाथा गाउने मुडमा छैन यो देश अहिले आफ्नो इतिहास पल्टाइरहने फुर्सतमा छैन यो देशमा अहिले दुईवटा हिमालयहरू छन् एउटा हिउँको हिमालय, अर्को, मानवीय दुःख–दरिद्रताको हिमालय पहिलो हिमालय यो देशवासीहरूलाई विधवाको सेतो कपडा र फुलेको कपालजस्तै लाग्छ, किनभने यिनीहरू...
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र, जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ, जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि डोकोका डोको, र खर्पनका खर्पन, ट्रकका ट्रक...