काठमाडौं / तुलसा कलेक्सनका नाममा ठगी गरेको आरोप तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौं ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए ।
उनीविरुद्ध...
अमेरिकाबाट आएका गोरखाका श्यामहरि जहाजमै अचेत भेटिए
काठमाडौं / टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका एक यात्रु जहाजमै अचेत भएका छन् । विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए । मरहठ्ठा अचेत फेला परेपछि...
हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको ज्यान गयो
जोमसोम / पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्।
यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर...
गण्डकीमा राइड सेयरिङको न्यूनतम भाडा निर्धारण, कुन सवारीलाई कति ?
पोखरा / राइड सेयरिङलाई नियमावली बनाएर वैधता दिएको गण्डकी सरकारले यो सेवा दिने सवारीको भाडा पनि तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारीको प्रकार अनुसारको भाडादर निर्धारण गरी सार्वजनिक गरेको...
बजेटमा गण्डकीका कुन–कुन योजना परे ?
पोखरा / संघीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३÷८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा यहाँका ठूला...
गलकोट नगर अस्पतालको सहयोग सार्वजनिक
बागलुङ/गलकोट नगर अस्पताल जग्गा व्यवस्थापन समितिको आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ५ मा गलकोट नगर अस्पताल जग्गा व्यवस्थापन आयव्यय...
समृद्विका लागि सबै वडाका सडक स्तरीय बनाउँदै काठेखोला
बागलुङ/मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा काठेखोला गाउँपालिकाको लेखानी गाउँबाट गलकोट जोड्ने सडक उपयुक्त छ । अहिले पनि ग्रामीण सडक रोजेर हिंड्दा जिप र पिकअप गाडीले झण्डै ८ किलोमिटर छोटो सडकबाट यात्रीले राजमार्ग भेटाउन सक्छन्...
तमानखोलाको गोर्दी र बयलीमा स्याउ खेती
बागलुङ/तमानखोला गाउँपालिकामा स्याउ खेती शुरु गरिएको छ । समुद्री सतहदेखि पच्चिस सयदेखि ३ हजार मिटरको उचाईमा अवस्थित तमानखोला गाउँपालिका वडा नं. ४ लाम्मेलाको गोर्दी र बयलीमा स्याउ खेती गरिएको हो ।
वडा कार्यालयको अगुवाईमा सिहिली...
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ /हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, मधेस, बागमती...
यस्ता छन् महत्त्वाकांक्षी बजेटका ३१ हाइलाइट्स
यस्ता छन् महत्त्वाकांक्षी बजेटका ३१ हाइलाइट्स
करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर, व्यक्तिका लागि दश लाख, व्यक्तिगत आयकरको अधिकतम दर दश प्रतिशत विन्दुले घट्यो।
औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुने...