बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

३१ जनाको हस्ताक्षर बुझाए पनि नयाँ सरकार आज नबन्ने !

पोखरा, २८ जेठ – गण्डकीमा सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएर सनाखत गरे पनि नयाँ सरकार आज नबन्ने भएको छ । हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख सीताकुमार पौडेलले आफूले भोलि...

प्रदेश प्रमुखसमक्ष बहुमत सांसदसहित मुख्यमन्त्रीमा पोखरेलको दावी पेश

पोखरा, २८ जेठ– गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २,...

वैकल्पिक सरकारका लागि प्रदेश प्रमुखद्वारा २४ घण्टे आह्वान

पोखरा, २८ जेठ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि २४ घण्टा समय दिएर आह्वान गरेकी छन् । जेठ २९ गते दिनको ३ बजेसम्म भित्र संविधानको धारा १६८ उपधारा ५ अनुसारको...

पोखरामा पक्राउ परेका गणेश लामा २ हजार जरिवाना तिरेर छुटे

पोखरा, २८ जेठ – गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा विहिवार पक्राउ परेका  गुण्डा नाइके गणेश लामा ३ हजार रुपैयाँ जरिवाना तिरेर शुक्रवार छुटेका छन् । लेकसाइडबाट पक्राउ परेका उनीसहित...

कसरी गर्ने कोरोनाको चेनब्रेक ?

बागलुङ, २८ जेठ– कोरोनाको सक्रिय संक्रमित १ हजार १ सयसम्म रहेको बागलुङमा बिहिबारसम्म आइपुग्दा ६ सयमा झरेको छ । संक्रमितहरु डिस्चार्ज हुने क्रम बढेको छ । कोरोनाका संक्रमित थपिने दर केही कम पनि भएको छ...

एचआइभी संक्रमितका घरमै औषधि

बागलुङ, २८ जेठ– कोभिड–१९ को उच्च जोखिममा रहेका एचआइभी पोजेटिभहरुलाई घर घरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत (एन्टी रेक्ट्रो भाइरल) एआरभी औषधि नियमित सेवन गर्ने पर्वत, म्याग्दी, बागलुङ र...

पोउवा संघद्धारा २ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पोखरा, २८ जेठ–  पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल तथा मातृशिशु अस्पताललाई स्वास्थ्य सामग्री सहयो गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभाव नहोस्...

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

बागलुङ, २८ जेठ– ‘गर्न आउ है अर्म र पर्म सबै बिदेश कोहि छैन् गाउँघरमा बर्खा लाग्यो…झ्याउँकीरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो…’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जंगलमा झ्याउँकीरीले साँझ परेको संकेत गर्छ...

मुख्यमन्त्री गुरुङलाई सदनको अविश्वास: आफ्नै मन्त्रीबाट धोका !

पोखरा, २८ जेठ – सदनबाट विश्वासको मत नपाउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गण्डकी प्रदेश सदनमा उनले २७ मतमात्र पाए भने विपक्षीमा ३० मत परेको थियो । गुरुङ संविधानको धारा १६८(३)...

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

काठमाडौं, २७ जेठ – सर्वोच्च अदालतले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बनाएको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोजक कमिटीलाई पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनले नचिन्ने सर्वोच्चको...

-->