बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

डाःथापाको सुझावः पढाईमा कहिल्यै हिम्मत नहार्नु

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा.बुद्धिबहादुर थापाले कुनैपनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन् । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले मंगलबार कक्षा ११ का विज्ञान विषयका नवआगन्तुक विद्यार्थीका लागि आयोजना गरेको स्वागत...

गत आर्थिक वर्षमा पर्वतमा विपद्का १५५ घटना, ५ जनाको मृत्यु, ६० लाखको क्षति

पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका एक सय ५५ वटा प्राकृतिक विपद्का घटनामा ५ जनाको मृत्यु भएको छ । साथै ६० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी...

पहिरो पीडित परिवारलाई राहत

स्याङ्जा/ पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा –१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत असार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो । अर्जुनचौपारी गाउँपालिका –१...

मजेष्टिक लेकफ्रन्ट होटलले प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई गरेर मनायो

पोखरा/ पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेकफ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई,...

दव्ल्याङ पहिरोले कालीगण्डकी करिडोर ठप्प

फाइल तस्बिर बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० दव्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । सोमबार रातीदेखिको अबिरल वर्षापछि आएको पहिरोले दव्ल्याङमा सडक बगाएको हो । तीन वर्षदेखि हरेक वर्षा याममा निरन्तर चलिरहेको पहिरोले...

तातोपानी कुण्डमा सन्ध्याकालिन आरती

म्याग्दी/  प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’ शुभारम्भ गरिएको छ । साउन महिनाको पहिलो सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गदैं भक्तजनहरूमा आध्यात्मिक शान्ति र आनन्द...

गलेश्वरमा साउन पहिलो सोमबार ३ लाख ७२ हजार भेटी संकलन

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका– ९ स्थित गलेश्वर शिवालय मन्दिरमा दोस्रो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार बिहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म...

पर्वतमा एक वर्षमा ७३ जना बेपत्ता, १९ भेटिएनन्

पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा पर्वतका ७३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार बेपत्ता भएकामध्ये ५४ जना फेला परेकोमा १९ जनाको...

प्रहरीद्वारा बडिगाडबाट भरुवा बन्दुक बरामद

बागलुङ/प्रहरीले जिल्लाको बडिगाड गाउँपालिकाबाट एकनाले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरी टोलीले सोमबार बडिगाड ३ ताराङ्जा देउरालीको जंगलमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय...

नाइट क्लबले नागरिकसँगै प्रहरी समेत हैरानी

पोखरा/असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा मुद्धा पुग्यो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) राजेन्द्र कुमार श्रेष्ठले लेकसाइड क्षेत्रमा संचालित रात्रीकालिन व्यावसायीबाट प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर महिनावारी...

-->