मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मुस्ताङको तल्लो क्षेत्रमा हिमपात, तापक्रम माइनस १० डिग्री

मुस्ताङ / हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भइरहेको छ। जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ। यहाँ सिजनको दोस्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा भने हिमपात भएको छैन। हिमपात...

पेन किलरले कसरी तुरुन्तै दुखाइ कम गर्छ ?

पेन किलर । नाम नै काफी छ । यसको काम हो दुखाइ हटाउनु । चाहे चोटपटक लागेर होस् वा अरु रोगव्याधि लागेर, शरीरमा कुनै पनि किसिमको दुखाइ छ भने त्यसको निवारणका लागि हामी ‘पेन...

बागलुङ कालिका मन्दिरमा एमाले अध्यक्ष ओलीले गरे पूजापाठ

बागलुङ / समृद्धिका लागि संकल्प यात्रा अभियानको क्रममा बागलुङ आईपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गरेका छन् । पुजा सामाग्री लिएर श्रीमती राधिका शाक्यसहित...

आयुर्वेद सेवा विस्तारका लागि जैमिनीमा महिला स्वयमसेविकालाई अभिमुखीकरण

बागलुङ / धौलागिरी आयुर्वेद औषधालय बागलुङले जैमिनी नगरपालिकाका महिला स्वयमसेविका लागि आयुर्वेद सेवा समबन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । औषधालयले जैमिनी नगरपालिकाको संयोजनमा नगरपालिकाका वडा नं. १, २, ४ र ५ का महिला...

प्रेरक प्रसंग : रहस्यमयी फल

एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्यस्थितिको चर्चा राजाले पनि सुने । उनले आफ्ना गुप्तचरलाई वृद्धका गतिविधिमाथि...

आफ्नै पुस्तक बेच्दै महावीर पुन

‘गण्डकी प्रदेशको सरकारले गर्ने भनेको अनुसन्धानको काम र वीरगन्ज कृषिऔजार कारखाना सञ्चालन गर्ने कामका लागि आर्थिक स्रोत कसरी जुटाउने होला भनेर घोत्लिँदै गर्दा आफ्नै जीवनकथा लेखेर बेच्नु पनि पो एउटा उपाय हुन्छ कि भन्ने...

आँखा जोगाऊँ

कम्प्युटरमा काम गर्दा हामी यति मस्त हुन्छौं कि आँखा झिम्क्याउन नै बिर्सन्छौं र यसले आँखाको सुख्खापनको समस्या देखिन्छ । कम्प्युटर उपयोग गर्दा…आजकल सबै ठाउँमा कम्प्युटरको उपयोग हुने गरेको छ । हामी सबैले कुनै न कुनै...

गर्मीमा मुटुको जोखिम र बच्ने उपाय

केही दिनयता दिन प्रतिदिन देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले गर्दा जनजीवन प्रभावित भएका समाचार आएकाछन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गर्नपर्ने अवस्था आएको छ । तराईमा  अत्याधिक गर्मि भागमालुको प्रकोप बढ्नसक्ने प्रवल सम्भावना छ । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, दम, मधुमेहजस्ता दिर्धरोगका समस्या भएका वृद्धवृद्धाले केहीअतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीहरुका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ। गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्चरक्तचाप र यसको औषधि उपयोग ग रहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका/मिर्गौला रोगी, पहिले मुर्छाभइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामीहरू पर्दछन् । अझ मुटुजन्य समस्या भएका व्यक्तिहरुका लागि त झन उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बर रूपमा बढी हुन्छ । अत्याधिकगर्मीको कारण मुटुका बिरामीको मृत्यु समेत हुन सक्छ । तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरीहृदयाघात) बढिरहेको छ । यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ । जाडोमा जसरी रक्तनली साँघुरो भएर रक्तचापबढ्छ, त्यसको ठीक विपरीत गर्मीले गर्दा रक्तनलीको आकार बढेर रक्तचाप घट्न सक्छ । बढ्दो गर्मीमा टाउको दुख्ने समस्या हुने गर्दछ। गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप बढ्ने संकेत हुन सक्छ । बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमासमस्या आउँछ । गर्मीले रक्तचाप घट्दा बिरामीलाई रिँगटा लाग्ने, हिँड्न अप्ठयारो हुने, कहिलेकाहीं बेहोस हुने स्थितिसम्म आउन सक्छ। जोखिम समूहमा परेका बक्तिहरूले अत्याधिक गर्मीमा पर्नबाट वा रहन बाट जोगिनुपर्छ । गर्मी याममा मुटुको समस्याहरू भएकाव्यक्तिले मात्र नभई स्वथ्य व्यक्तिले समेत दिनहुँ प्रशस्त मात्रामा  स्वस्थ्यकर झोलिलो पदार्थको सेवन गर्न पर्छ । पानी मावन शरीरको महत्वपूर्ण तत्व हो । यसले स्वस्थ व्यक्तिको आधादेखि दुई तिहाई तौल ओगटेको हुन्छ । खासगरी गर्मी याममाशरीरबाट पसिना वा अन्यरुपमा बढी पानी निस्किने हुँदा पानीको मात्र कम हुन्छ । शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनिमुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन् । बुढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कमहुन्छ । शरिरलाई चाहिने पानीको मात्रा कम हुँदा रगत बाक्लो हुन जान्छ । रगत बाक्लो हुँदा जम्ने डर हुन्छ । त्यतिबेला ह्दयाघात वामस्तिस्कघात हुने सम्भावना बढी हुन्छ । शरीरमा पानीको मात्रा कम हुनु भनेको यसले शरीरमा निर्जलीकरण (डिहाइड्रेसन) हुनु हो । डिहाइड्रेसनका कारण शरीरमा सोडियम रपोटासियमको मात्रामा गडबड हुन्छ । डिहाइड्रेसनले गर्दा शरीरमा रगत जमेर समस्या उत्पन्न गर्न सक्छ । यसबाट मुटुको धड्कन बढीहार्ट फेल समेत हुन सक्छ । त्यसैले डिहाइड्रेसनका कारण डिहाइड्रेसनले मुटु रोगीको ज्यानै पनि जानसक्ने हुन्छ । मुटुको औषधिखाइरहेका व्यक्तिहरू गर्मी याममा डिहाइड्रेसन भएर बेहोस भएको पाउने गरिन्छ । शरीरमा पानीको कमी लामो समयसम्म रह्यो रप्रारम्भिक लक्षणबाट पहिचान गर्न नसकेमा ऊर्जाको कमीदेखि लिएर हृदयाघातको जोखिम हुन्छ । शरीरका विभिन्न अंगमा रगत पुर्‍याउन मुटुले बढी मिहिनेत गर्नुपर्छ । यसले गर्दा मुटुलाई बढी दबाब हुन्छ । जसले गर्दा मस्तिष्क, मुटु, हातखुट्टा लगायत नसामा रगत जमेर समस्या उत्पन्न हुन सक्छ । मुटुसम्बन्धी जोखिम समूहमा रहेकाहरूलाई गर्मी याममा पनि विशेषसावधानी अपनाउनुपर्छ । मुटुको औषधि सेवन गरिरहेका र पाकाहरूले गर्मी याममा बढी चलखेल गर्दा शरीरमा पानीको कमी हुन्छ ररक्तचाप कम हुन्छ । यसले गर्दा मस्तिष्कमा रगतको प्रवाह कम हुनगइ  सम्बन्धित व्यक्ति बेहोस हुन सक्छ । गर्मीमा काम गर्दा अचेतभई कतिपय मानिसको मृत्यु भएको समाचार सुन्ने गरिन्छ । जब हाम्रो मुटुले सामान्य प्रवाहमा रक्तसञ्चार गर्न सक्दैन भने यस्तोअवस्थामा मानिस बेहोस हुने गर्छन् । गर्मीले गर्दा मानिसको रक्तचाप तल-माथि हुन सक्छ । दुवै अवस्था हुनु जोखिमपूर्ण नै हुन्छ । रक्तचापको औषधि सेवनगरिरहेकाहरूलाई औषधिको मात्रा घटबढ हुन सक्ने भएकाले औषधि सेवन गर्ने रक्तचापका बिरामी अत्यधिक गर्मीमा नहिँड्नु नै राम्रोहुन्छ । कतै जानु नै परे प्रशस्त तरल पदार्थ सेवनसँगै गर्मीबाट जोगिने उपाय गर्नुपर्छ । उच्च रक्तचापका रोगीलाई बढी गर्मीमा बढीमिहिनेत हुने र पसिना बगाउने काम गर्नु हुँदैन । आफूलाई रिँगटा लाग्न र बेहोसी हुने अवस्था आउन लाग्यो भन्ने थाहा पाउनेबित्तिकै हावाआउने ठाउँमा निस्कनुपर्छ्, तरल पदार्थ सक्दो पिउनुपर्छ । उभिइरहनु हुँदैन । यति गर्दा पनि आराम नभए देब्रे कोल्टो परेर सुत्नुपर्छ । यसोगर्दा मस्तिष्कमा रगत प्रवाह यथोचित मात्रामा भएर अचेत हुनबाट जोगिन सकिन्छ । सार्‍है गर्मी हुँदा चिसो पानीमा नुहाउँदा शरिरलाईशीतलता हुन्छ । तापमान वृद्धिको सिधा असर मानिसको मुटुमा पर्ने हुँदा शरीर चिसो बनाउन पसिना आवश्यक हुन्छ । पसिनाले नै शरीरको तापक्रमसन्तुलनमा राखिरहन्छ । उच्च तापक्रममा शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको आन्तरिक तापक्रम बढ्न गई अत्याधिकपसिना आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, मांसपेसीहरु बाउँडिने, बेहोस हुनेजस्ता समस्या आउन सक्छ । उच्च रक्तचापकाबिरामीहरू गर्मी याममा भीड, हावाको प्रवाह (भेन्टिलेसन) नभएको कोठा वा गाडीमा धेरै बेरसम्म गुम्सिएको अवस्थामा बस्दा वा कामगर्दा असहज महसुस हुने, रिँगटा लाग्ने र बेहोस हुने स्थिति आउन सक्छ । पर्याप्त निन्द्रा, तनाव कम गर्ने, रक्तचाप नियमित परीक्षण गर्ने, मोटोपना, मुटुरोगी, उच्च रक्तचाप भएकाले बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ । गर्मीले मुटुमा समस्या हुनबाट जोगिने उपाय प्रशस्त पानीको सेवनः  काममा घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ । त्यस्ता व्यक्तिले नुन/चिनी, पानीर कागतीको सर्बतले खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन । पानीले शरीरको तापक्रम सामान्यराख्छ । यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ । यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ । नियमितआवश्यकता अनुसार एक-दुई घण्टाको फरकमा प्रशस्त पानी पिउने र शरिरमा पानी प्रयाप्त भए नभएको आफ्नो पिसाव सफा छ छैनहेर्नुपर्छ । अन्य स्वस्थ्य मानिसले पनि मौसम गर्मी हुँदा वा व्यायाम गर्दा त अझ बढी तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ । फलफूल/जुसको सेवन गर्नेः फलफूलमा पाइने खनिज तत्वहरुले शरिरलाई पसिनाको माध्यमबाट हुने खनिजको कमीलाई पूर्ति गर्छ ररक्तचाप र मुटुको क्रियाकलाप लाई सन्तुलनमा राख्न मद्दत गर्छ । चिया/कफीको सेवन नगर्नेः चियाकफीका कारण शरीरमा पानीको कमी झन् हुन थाल्छ । चिया/कफीमा पाइने कैफिनले पिसाबको मात्राबढाएर शरिरमा पानीको मात्रालाई कमी गर्छ, अत्यधिक गर्मीमा चियारकफीको सेवन कम गर्नु फाइदाजनक हुन्छ । धुमपान तथा मद्यपान नगर्नेः धुमपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसमा पनि गर्मीको समयमा गरिने धुमपानलेशरीरलाई सुख्खा राख्न बल पुग्दछ भने मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ । गर्मीमा ब्यायाम गर्दा होस पुर्‍याउनेः सकेसम्म कम गर्मी भएको बेला (बिहान) हिँड्ने, ब्यायाम अगाडि पछाडि गर्ने बेलामा पानी पिउने ।बिहान वा साँझमा घर बाहिरको काम वा व्यायाम गर्न सकिन्छ । सकभर घरभित्रै बस्नेः गर्मीको मौसममा चर्को घाममा लागेका बेला घर बाहिर निस्कनु स्वास्थ्यका लागि निकै जोखिम मानिन्छ ।सकेसम्म घरभित्रै बस्नुपर्छ । यदि घरभित्रै बस्दा पनि दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ ।सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैन । निस्कनै पर्ने अवस्थामा टोपी वा छाता लिएर या बिहान-बेलुकीको समयमा निस्कनुपर्छ । चर्को घामबाट बच्नेः दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ । अति बढी परिश्रम पर्ने कामहरू कम गर्नपर्छ । बाहिर निस्कने बेलामा छाता, टोपी, चश्मा, पातलो तथा खुकुलो कपडा र सन स्क्रिनको प्रयोग गर्न सकिन्छ । उपयुक्त कपडा प्रयोग गर्नेः जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनुपर्छ । सिन्थेटिक, नाइलन, पोलिस्टरको सट्टासुतीका लुगा लगाउनुपर्छ । टाइट र गाढा रङका लुगा लगाउनु हुँदैन । चिसो ग्रिन को सेवनः उसो त ग्रिन टी समग्र मानव शरिरको अंग वा प्रत्यांग हरूको लागी अतिनै स्वस्थकर पेय पदार्थ हो । ग्रिटीभन्नेबित्तिकै तातो मात्र पिउने भन्ने बुझनुहोला तर ग्रिन टी चिसो पनी पिउन मिल्छ ।ग्रिन टी मा एन्टि एजिंग प्रोप्रटी सहित कयौँ यस्तातत्वहरू हुन्छन जस्ले मानव शरिर लाई शक्ति, पोषण र संरक्षण प्रदान गर्छ । संगसगै ग्रिन टी ले शरिरमा आवस्यक पानीको मात्रापनीपुर्याउन सहयोग गर्छ । संक्षेपमा भन्नुपर्दा नियमित ग्रिन टी पिउनु स्वस्थ्यको लागी बरदान सरह नै हो । गर्मी मा तातो को सट्टा चिसो ग्रिनटी पिउनु लाभदायिक हुन्छ ।बजार मा पाईने सबैखाले ग्रिनटीहरू चिसो पिउन मिल्दैन । स्टिम गरेर वा ग्रिनटी पात लाई पकायर सुकाईबजार मा ल्याइएको ग्रिन टी हरू मात्र उमालेको पानी मा राखेर चिसो बनाएर पिउन मिल्छ । यी माथि उल्लेख गरिएका विभिन्न उपायहरुका बारेमा सचेत र सजग भई उपयुक्त उपायहरू अवलंबन गर्न सकेमा गर्मी याममा हुनसक्नेजोखिमबाट बच्न सकिन्छ । अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल रक्तचापको परीक्षण गराउनुपर्छ। यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ । ...

मर्दि हिमालको आकर्षण मह भिरमा ‘हनि हन्टिङ’ भोलिदेखी

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दि खोलाको आधार शिवरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । ७२५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा...

गर्मीमा छालाको स्याहार कसरी गर्ने ?

केही दिनयता गर्मी ह्वात्तै बढेको छ । गर्मी मौसमको चर्को घाम, तातो हावा, धुलो धुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्छ । चिल्लो छालामा चिपचिप हुने, डण्डीफोर तथा...

-->