बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोरखालाई कृषि तीज गीतको उपाधि

पोखरा/एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार...

गौर नरसंहारको आदेश माओवादीलक्षित– प्रचण्ड

पोखरा/  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गौर हत्याकाण्डबारे जारी गरेको परमादेश माओवादी लक्षित रहेको बताएका छन् । झट्ट हेर्दा परमादेश उपेन्द्र यादवमाथि लक्षित जस्तो देखिए पनि त्यो आफ्नै पार्टीलक्षित भएको उनको...

गण्डकीका मुख्यमन्त्री पाण्डे अमेरिका प्रस्थान

पोखरा/ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको एक कार्यक्रमका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज अमेरिका उडेका छन् । मुख्यमन्त्री पाण्डे परिषद्को नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण समारोहमा प्रमुख...

विकृति विसंगतीविरुद्व प्रेसले स्पष्ट कलम चलाओस् : पौवी

बागलुङ/गण्डकी प्रदेशसभाकी सदस्य दिलमाया पौवीले विकृति र विसंगतीविरुद्व प्रेसले स्पष्ट रुपमा कलम चलाउनुपर्ने बताएकी छिन् । उनले मिडिया जगत समाजको ऐना भएको भन्दै ऐनामा बादल लाग्न नदिन सबैको साझा प्रयास हुनुपर्ने धारणा राखिन् । नेपाल...

बरेङमा कृषि ज्ञान केन्द्रको अनुगमन

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट लिउँवामा कृषि ज्ञान केन्द्र बागलुङको टोलीले कृषि बालीमा समस्या समाधान तथा प्रविधिक पृष्ठपोषण गर्ने उदेश्यले अनुगमन गरेको छ । बागवानी विज्ञ तथा बागवानी अनुसन्धान केन्द्र पोखराका अधिकृत सरोज अधिकारीले...

सेवाग्राही खोज्दै कुश्मा–१३ का जनप्रतिनिधि र कर्मचारी पोखरामा

पोखरा/सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरी वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी गण्डकी प्रदेशको राजधानी पोखरा झरेका छन् । सेवाग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउने उद्देश्यसाथ जनप्रतिनिधि र...

दोर्दीमा ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम

लमजुङ/लमजुङको दोर्दी गाउँपालिकाले ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका गाउँलाई पर्यटकीय गाउँ बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्षबाट उक्त कार्यक्रमल्याएको...

कोदोमा मरुवा र लाहीको प्रकोप

पर्वत/जिल्लाको मोदी गाउँपालिका–७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदो खेतीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ । पसाउन लागेको कोदोको पात तथा बोटहरू पहेँलो हुँदै सुक्ने रोगले धेरै क्षेत्रफलमा लगाइएको कोदो बालीमा क्षति...

गण्डकी प्रदेश मातहतका अस्पताल व्यवस्थापन समिति खारेज, नयाँ गठन आदेश ल्याइयो

पोखरा/गण्डकी प्रदेश सरकारले आफु मातहतका अस्पतालहरुको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले २०७७, २०८० र २०८२ गठन आदेश अनुसार गठन भएका सबै अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन...

जथाभावी ढुंगागिटी उत्खननले जोखिममा राजमार्ग

बागलुङ/कालीगण्डकी करिडोरको मालढुंगादेखि बलेवा खण्डमा भीषण पहिरोले सडक अबरुद्द भएको एकसाता बितिसकेको छ । अस्थायी रुपमा जोखिम मोल्दै केही गाडी वारपार भएका छन् । तर सडक खुलेको छैन । सडक कहिले सहजरुपमा खुल्छ भन्ने...

-->