आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रास्वपाका सांसद ढाकाकुमार संलग्न सहकारी डुब्यो ढाकाकुमारमाथि पनि दोष

पोखरा/ खासै चर्चामा नरहेका कास्कीका मेडिकल डाक्टर ढाकाकुमार श्रेष्ठले एकाएक राजनीति रोजे । केही वर्ष यहाँको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका उनी पोखरामै निजी क्लिनिक चलाउँथे । संचारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी...

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत, कांग्रेसले नदिने

पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् । पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत...

गण्डकीमा सभामुखको निर्वाचन ३० र उपसभामुखको २ गते

पोखरा / गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । प्रदेशसभामा बिहीबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन मिति तोकेको बिना विभागीयमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनी माओवादी केन्द्र संसदीय...

सांसद दिपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने

पोखरा / गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी शुक्रबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन् । प्रदेशसभाअन्तर्गत संसदीय दलको बैठकमा आज ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् । सरकारले...

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सांसद रोशन वहादुर गाहा मगर चयन भएका छन् । एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज अधिकारीले गाहालाई प्रमुख सचेतकमा चयन गरेका हुन्...

१६ वर्षपछि पृथ्वीनारायणमाथि न्याय: मन्त्री गुरुङ

पोखरा / गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्षपछि राज्यले पृथ्वी नारायण शाहमाथि न्याय गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्मजयन्ती मनाएर राम्रो काम गरेको उनको भनाइ थियो । मन्त्री...

यी हुन् सातै प्रदेशका मुख्यमन्त्री

पोखरा / प्रदेश निर्वाचनको जनादेशअनुसार सातैवटा प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सातवटै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका हुन् । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले...

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

सुर्खेत /कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेश...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा...

-->