काठमाडौं उपत्यकामा थपियो जेठ ३१ गतेसम्म निषेधाज्ञा
काठमाडौं, १९ जेठ – काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको...
मध्यम उमेरका धेरै संक्रमित
बागलुङ, १९ जेठ– कोरोना संक्रमणबाट बागलुङमा ४२ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये अधिकांश मध्यम उमेर समूहका छन् ।
अघिल्लो पटक जेष्ठ नागरिकहरुको मृत्यु भएकोमा यो पटक ५० देखि ६० बर्ष र केही युवाको समेत...
चीनले पायो दोश्रो खोपको स्विकृति, शतप्रतिशत प्रभावकारी !
काठमाडौं, १९ जेठ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मान्यता प्रदान गरेकाे चीनले उत्पादन गरेकाे दाेश्राे सिनोभाक खाेप शत प्रतिशत प्रभावकारी भएकाे दावी गरिएकाे छ ।
सिनोभाक खोप लगाएका मध्ये आधालाई लक्षणयुक्त संक्रमणबाट जोगिन सक्ने तथा...
दरबार हत्याकाण्ड : २० वर्ष पूरा हुँदा समेत खुलेंन रहस्य
पोखरा, १९ जेठ – नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य...
विश्वासको मत लिने प्रक्रियामा किन गएन सरकार ? यो अवैधानिक, गैरजिम्मेवार सरकारलाई सुझाव दिनु व्यर्थ हुन्छ ।
पोखरा, १९ जेठ – गण्डकी प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले सोमबार प्रस्तुत गरेको बजेट विनियोजन विधेयकमाथि छलफल सुरु...
आईसोलेसनलाई जेसिजको अक्सिजन सहयोग
तनहुँ, १८ बैशाख– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित जटिल अवस्थाका बिरामीलाई अक्सिजनको महत्व निकै छ । अक्सिजनको अभावमा कतिपय संक्रमितले ज्यान गुमाउन परेको छ । अक्सिजनको महत्व कति हुन्छ अभावमा ज्यान गुमाएको...
अस्ताए विवेकशील साझाका नेता उज्जवल थापा
काठमाडौं, १८ जेठ – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि उपचार गराइरहेका थापाको मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे जानकारी दिए।
लामो समयदेखि...
प्रतिरक्षात्मक क्षमता बढाउन नृत्य र योगाभ्यास
बागलुङ, १८ जेठ– ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेला बेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । अस्पतालको नजिकै...
पार्टी एकताका लागि प्रयत्न जारी राख्ने बालुवाटारको निर्णय
काठमाडौं, १८ जेठ – नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले...
जसपा विवाद : महन्थसहित चार नेता पार्टीवाट निष्कासित
काठमाडौं, १८ जेठ – जसपाको उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासको घोषणा गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको सोमबार बसेको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र...