मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

उत्कृष्ट काम गरेर पाएको रकम मानव सेवामा

बागलुङ, १९ मंसिर– नेपाल बैंकका देशभरका शाखाहरुमध्ये उत्कृष्ट काम गरेको भन्दै प्रोत्साहन स्वरुप प्राप्त रकमलाई बागलुङ शाखाले मानवसेवामा खर्च गरेको छ । नेपाल बैंक लि. बागलुङ शाखामा सेवारत कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्राप्त दश हजार रुपैयाँ...

जंगलबाट खोजेर ७५ वर्षमा नागरिकता पाउँदा

बेनी, १९ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, हापपाइन्ट लगाएका एक सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा देखिए । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेगखोलाका ७५ वर्षिय ओमबहादुर फगामीलाई लिएर उनका भाई फ बहादुर फगामी प्रशासनमा...

किराको प्रकोपले ४० प्रतिशत सुन्तलको उत्पादन घट्ने अनुमान

बेनी, १९ मंसिर– म्याग्दीमा यसवर्ष सुन्तला उत्पादन घट्ने भएको छ । चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो । सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलोहुँदै झर्न...

अपांग क्षेत्रमा बागलुङ नमूना बनाइने

बागलुङ, १९ मंसिर– बागलुङ नगरपालिकालाई अपांग बालबालिकाको शिक्षाको क्षेत्रमा नमूना बनाउने योजना र कार्यक्रम ल्याउने सरोकारवालाले बताएका छन् । सबै प्रकारका अपांगता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि प्रदेश र नेपाल सरकारमा समन्वय गर्ने...

कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत गर्यो बेलायतले

लन्डन, १८ मंसिर – बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ । यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ । बेलायतले यसको प्रयोग केही दिनमै...

बालिका अधिकारको लागि एकीकृत कानुन निर्माणमा जोड

पोखरा, १८ मंसिर– बालिका अधिकारको संरक्षणका लागि एकीकृत कानुनको निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाहरुले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको सन्दर्भमा पोखरामा आयोजित बालिकाबिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम...

खानेपानी मुहानमै क्रसर संचालन !

पोखरा, १७ मंसिर– जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले कास्कीका क्रसरहरुको अनुगमन गरिरहेको समयमा जागौँ पोखरा अभियानले भने खानेपानी मुहानको क्रसर बन्द गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन । कास्कीको माछापुच्छ«े...

के के भयो कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा ?

काठमाडौं, १६ मंसिर – बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की परेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले...

नेकपा सचिवालय बैठक : ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु

काठमाडौं, १६ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार दिउँसो १ बजे सुरु भएको बैठक साँझ ४ बजे सकिएको हो । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली...

मुस्ताङको कोरलामा सुख्खा बन्दगाह बनाउन अध्ययन सुरु

बागलुङ, १६ मंसिर– मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोरला...

-->