आँत सुकेका आत्मा दुखेका पैताला च्यातिएका हातका हत्केलाहरुले गालाका पसिना पुछ्दा पनि दर्दराउने ठेलाहरु पराईका मेलाहरु भरिया वनेर तालुमा खाल्डा परुञ्जेल काला रौँहरु सेताम्मे भएर फूलुञ्जेल तालुका रौँनै झर्ने गरी नुनिला आँसु पिएर भोक र प्यास मेटाउँदै चौतारी र भञ्जाङमा सुस्केरा हाल्ने आम श्रमिहरुलाई श्रमिक...
समय, भाग्य र जिन्दगी बिच त्रिकोणात्मक खेल चलिरहन्छ घरि छक्काउन खोज्छन् एक–अर्कालाई घरि भेट्टाउन खोज्छन् एक–अर्कालाई घरि उछिन्न खोज्छन् एक–अर्कालाई घरि उधिन्न खोज्छन एक–अर्कालाई कहिले कसको जित कहिले कसको हार । संघर्षको जर्सि लगाएर जङ्गको मैदानमा जब उत्रिन्छ मान्छे कहिले भाग्यले बेस्सरी पछार्न खोज्छ जिन्दगीले...