सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आजको मौसमः गण्डकी, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

पोखरा / नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र...

पोखराका मेयरलाई प्रधानमन्त्रीको टेलिफोनः फेवाताल संरक्षणबारे राखे चासो

पोखरा / प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री भएको तेस्रो दिनमै पोखरामा मेयर धनराज आचार्यलाई टेलिफोन गरी फेवाताल संरक्षणका लागि भएको पहलबारे जानकारी लिएका छन् । कुनै समय काठमाडौं महानगरका मेयर रहेका बालेनले आइतबार साँझ...

एमाले लुम्बिनी प्रदेश सांसद शर्मा काठमाडौंबाट पक्राउ

काठमाडौं / नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो। शर्मा एमालेबाट निर्वाचित प्रदेशसभा...

अध्यक्ष ओली छुटाउन एमालेको ज्ञापनपत्र

बागलुङ/सरकारले प्रतिशोध पुर्ण रुपमा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ । एमाले बागलुङले आइतवार प्रजिअ कृष्णप्रसाद आचार्य...

खर्बाङमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर

बागलुङ/बडिगाड स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भएको छ । शिविरमा ६२ जना महिला र २० जना पुरुष गरी ८२ जनाले सेवा लिएका छन् । स्वास्थ्य परीक्षणका...

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं/ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न...

ओली पत्नी राधिकाद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पेस

काठमाडौं/ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्। सर्बोच्च अदालतले रिट पेस भएको र अध्ययनको क्रममा रहेको जनाएको छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार शनिबार...

नेकपा संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आइतबार बसेको नेकपाको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो । गत फागुन...

ओली र लेखकको रिहाइको माग गर्दै एमालेको ज्ञापनपत्र

पोखरा / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेकपा एमालेले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । कास्की, म्याग्दी, लमजुङ, बागलुङ लगायत जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र...

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं / नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ । उनी लैनचौरस्थित...

-->