बागलुङ, २१ वैशाख– बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । मंगलबार मात्रै बागलुङ नगरपालिकाका १८ जना, बडिगाड गाउँपालिकाकाका ११ जना,...
पोखरा, २१ बैशाख – कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंका अस्पतालमा शैया नपाएपछि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । ढोरपाटन नगरपालिका-३ घर भई काठमाडौं वस्दै आएका ३१ बर्षिया महिलालाई एम्बुलेन्स मार्फत सोमवार धौलागिरी अस्पताल...
बागलुङमा वित्तीय संस्था दैनिक २ घण्टा खुल्ने
बागलुङ, २१ वैशाख– प्रशासनले निषेधाज्ञा जारी गरेकोले मंगलबारदेखि बागलुङका वित्तीय संस्था दैनिक २ घण्टामात्रै खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्ममात्रै कार्यालय...
गण्डकीका धेरै जिल्लामा लकडाउन
पोखरा, २१ वैशाख– कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशका धेरैजसो जिल्लामा मंगलबारदेखि पूर्ण लकडाउन भएकाछन् । गण्डकीका कास्की, बागलुङ, स्याङजा, नवलपुरसहितका जिल्लामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्न आदेश जारी भएको छ ।
प्रदेशमा दिनानुदिन कोरोना...
बागलुङ ताराखोलाका संक्रमित जनप्रतिनिधि महिलाको मृत्यु
बागलुङ, २१ वैशाख– बागलुङमा कोरोना संक्रमित एक महिला जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाकी ३० बर्षिया जनप्रतिनिधि महिलाको उपचारका क्रममा हिजो राती धौलागिरी अस्पतालमा मृत्यु भएको हो । स्वास प्रस्वासमा समस्या आएपछि...
‘हरेक पत्रकार ल्यापटपका साथ’ अभियान सुरु
बागलुङ, २० वैशाख– सहि सूचना सम्प्रेसणका लागि पत्रकारलाई प्रविधियुक्त बनाउने अभियान सोमबारदेखि बागलुङमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर अभियान सुरु गरेको हो...
बागलुङमा थपिए नयाँ ६८ जना कोरोना संक्रमित
बागलुङ, २० वैशाख – जिल्लामा सोमवार ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला...
पत्रकार महासंघ बागलुङमा दश बेड आइसोलेसन
बागलुङ, १९ वैशाख– कोरोना कहरले च्याप्दै गएपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पनि आइसोलेसन बेड तयार गरेको छ । महासंघको सभाहलमा १० जना संक्रमितलाइ राख्न मिल्ने गरी आइसोलेसन बेड बनाइएको हो । संक्रमणको रिपोर्टिङ...
बागलुङ नगरपालिकामा वैशाख २१ देखि दश दिन निशेधाज्ञा !
बागलुङ, १९ वैशाख– कोरोना संक्रमणकोदर बढ्दै गएपछि बागलुङ नगरपालिकामा दश दिनकालागि निशेधाज्ञा जारी हुने भएको छ ।
आईतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निशेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको...
धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला, २४ घण्टामै नतिजा
बागलुङ, १९ वैशाख– बागलुङमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्न थ्रोट स्वाव दिएर लामो समय नतिजा कुनुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङले स्थापना गरेको कोभिड–१९ प्रयोगशालाले २४ घण्टा भित्रै नतिजा दिने...