बागलुङ, १४ साउन– सोमबार दिउँसो १२ बजे जिल्ला दैवि प्रकोप उद्दार समितिको बैठक डाकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बस्ने बैठकमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल उपस्थित हुन सकेनन् ।
बैठकमा अन्य...
प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख राहत
स्याङ्जा, १४ साउन– गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप दिने निर्णय गरेको...
गलकोटमा शरीर जोडिएका पाडापाडी जन्मिए
बागलुङ, १४ साउन– प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए ।
जन्मिँदा जीवितै...
दुर्लुङका पहिरो पीडितलाई पर्वत मञ्च हङकङद्धारा ११ लाख बढी सहयोग
पर्वत, १४ साउन– गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीका पहिरो पीडितलाई पर्वत मञ्च हङकङले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा पर्वतबाट हङकङमा रहेका तथा नेपालका...
पोखरा, १४ साउन – ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ’, रोक्सीले भनिन्, ‘अमेरिककाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय...
प्रदेशसभामा दोस्रो दिन पनि स्थगित
पोखरा, १४ साउन – गण्डकी प्रदेशसभाको बैठक पुन: स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि सभाको बैठक स्थगित भएको हो । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै कांग्रेसले सोमबार...
निसीखोलामा भेटिएको शवको पहिचान खुल्यो
बागलुङ, १३ साउन– निसीखोला गाउँपालिका–६ पातिहाल्नेमा मंगलबार बिहान फेलापरेको महिलाको शवको पहिचान भएको छ । घटनास्थलमा पुगेको प्रहरीले खोला किसानारमा बेबारिसे अवस्थामा फेला परेको शव निसीखोला गाउँपालिका–५ बस्ने ६७ बर्षिया जयकला घर्तीको भएको पुष्टि...
बिहुँमा बस्तीनै पहिरोको जोखिममा
बागलुङ, १३ साउन– निरन्तरको वर्षासँगै गाउँमाथिको जमिन फाँटेपछि बागलुङको काठेखोला गाउँपालिकाको एक बस्तीनै पहिरोको जोखिममा परेको छ । काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँको कर्लिम पहिरोको जोखिममा परेको हो । कर्लिमका पाँच घर र...
बागलुङका ६ जनासहित गण्डकीमा थपिए ३१ संक्रमित
बागलुङ, १३ साउन– गण्डकी प्रदेशमा मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...
पहिरोको त्रासले पर्वतको जलजलामा २५ परिवार विस्थापित
वारीबेनी (पर्वत) १३ साउन– सोमबार साँझदेखि निरन्तर भैरहेको वर्षासँगै आएको पहिरोका कारण पर्वतको जलजला गाउँपालिकाका २५ घरपरिवार विस्थापित भएका छन् । जलजला गाउँपालिका वडा नं. ७ धाईरिङमा गाउँमाथिबाट आएको पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि...