बागलुङ, ९ साउन– सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकहरु अवरुद्ध भएपछि बागलुङ बजारमा दुधको अभाव भएको छ । तीनदिन यता सडक अवरुद्ध हुँदा दुधको ढुवानी रोकिँदा बजारमा अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले...
गण्डकीमा शुक्रबार थपिए १० संक्रमित, कुल संक्रमित १३ सय ६०
पर्वत, ९ साउन– गण्डकी प्रदेशमा शुक्रवार १० जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय ६० पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं...
‘घरमा खरको छाना देख्यौ सरकार, कमजोर जग देखेनौ’
बागलुङ, ९ साउन– नजिकैको खरवारीमा गत हिँदमा काटेको खरले छाएको छानामा वर्षाको समयमा पानी चुहिन्छ की भन्ने चिन्ता थियो जैमिनी नगरपालिका–९ पैञ्यूथन्थापका प्रेम आचार्यलाई । जैमिनीले गत आर्थिक वर्ष उनको जस्तै खरको छाना भएकालाई...
अवैध लागुऔषधसहित चार जना पक्राउ
बागलुङ, ८ साउन– अवैध लागुऔषधसहित बागलुङका विभिन्न ठाउँबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार बिहान गस्तीमा खटिएको प्रहरीले बागलुङ नगरपालिका–१ रामरेखाबाट दुई र बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट अर्का दुई जनालाई नियन्त्रण...
पहिरोले अबरुद्ध सडक नखुल्दा यातायातमा कठिनाइ
बागलुङ, ८ साउन– मध्यपहाडी लोकमार्गको बोक्सेमा खसेको पहिरो बिहिवार पनि खुल्न सकेन । हिलाम्मे सडक छेउमा खसेको पहिरोले सार्वजनिक सवारी साधन देखि पैदल यात्री पनि हिड्न नसक्ने अबस्था भएको छ ।
पहिरोले सयौं मानिसले आवतजावतमा...
एकल महिला भन्छन्-‘पीडा सहेर पनि बाँचेका छौं’
बागलुङ, ८ साउन– बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेकी लक्ष्मी जैसीले चौबिस बर्ष पुग्दा एक छोरा र एक छोरी जन्माइसकेकी थिइन् । कान्छी छोरी पेटमै थिइन् । श्रीमान अचानक बिरामी परेर उपचारका लागि भारत...
मालिकामा सात घरगोठ भत्किए
बागलुङ, ८ साउन– बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ नगरपालिका–५ मालिकामा सात घरगोठ भत्किएका छन् ।
मालिकाका हेमराज रेग्मी, भरत रेग्मी र टकमायाँ किसानको घर पहिरोले भत्काएको हो । सोही ठाउँका भरत रेग्मी, हर्कबहादुर...
कालीगण्डकी दोहनमा पाँच जना पक्राउ गरेको पर्वत प्रहरीले चावी मात्रै समातेको स्पष्टोक्ति दियो
बागलुङ, ७ साउन – पर्वतको जलजला गाउँपालिका–८ लस्तिमा कालिगण्डकी दोहनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको पर्वत प्रहरीले राजनैतिक दवावपछि उनीहरुलाई विच बाटोबाटै छोडेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको सूचनाका आधारमा मंगलवार साँझ दोहन...
बागलुङ बलेवामा नेपालकै अग्लो गुलेली पिङ सञ्चालनमा
बागलुङ, ७ साउन – विश्वकै दोश्रो अग्लो बन्जीजम सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङ बलेवामा निर्माण गरेको नेपालकै अग्लो र नमुना गुलेली विधिको पिङ बुधबारबाट सञ्चालनमा आएको छ। कालीगण्डकी नदिको...
संचारमाध्यमलाई विभेद नगर्न आग्रह
बागलुङ, ७ साउन– नेपाल प्रेस युनियन बागलुङले ढोरपाटन नगरपालिकाले संचार माध्यमलाई विभेद गरेको भन्दै बिरोध गरेको छ ।
असार मसान्तमा समानुपातिक विज्ञापन प्रणालीअन्र्तगत भुक्तानी नदिई नगरपालिकाले ढोरपाटन रेडियोलाई विभेद गरेकोमा ध्यानाकर्षण गराएको हो । बुधवार...