बागलुङ, १३ वैशाख– युवा रोजगारी बढाउन गलकोट नगरपालिकाले सबै वडाले मनग्ये कमाइ गर्न सक्ने गरी कृषि व्यवसायको अभियान थालेको छ ।
आत्मनिर्भर वडा बनाउन यो योजना उपयोगी भएको जनप्रतिनिधिले बताए । योजना अनुसार नगरपालिकाका ११...
आउँदो वर्ष औंलो शून्य !
बागलुङ, १३ वैशाख– गर्मी मौषममा देखिने औंलो (मलेरिया) रोग निवारणकालागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर सन् २०२५ भित्रै निर्मूल पार्ने नेपाल सरकारले तयारी गरेको छ ।
औंलो रोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले...
अविश्वासको प्रस्ताव आज पेश हुँदै : गुरुङ सरकारको आयू ३ दिन लम्बियो
पोखरा, १३ वैशाख– अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सुइँको पाएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते राति नै संसद अन्त्य गर्न सिफारिस गरे । उनको सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले सोही...
कोरोनाका सक्रिय संक्रमितहरु घरघरमै
बागलुङ, १२ वैशाख– पछिल्लो समय बागलुङमा कोरोनाका १ सय २६ जना सक्रिय संक्रमित छन् । तर अस्पतालतहमा दुइचार जना मात्रै छन् ।
अधिकांस घरघरमा बसेका छन् । होम आइसोलेसनमा बसेकाले नियम तथा मापदण्ड पुरा गरेका...
गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव सोमवार टेबुल हुने
पोखरा, १२ बैशाख – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा टेबुल हुने भएको छ । कार्य व्यवस्था परामर्श समितिको आईतवार वसेको बैठकले अविश्वासको प्रस्ताव सोमवार टेवुल गर्ने निर्णय...
भुकम्प पछिका छ बर्ष : अझै २८ प्रतिशत घर बन्न बाँकी
बागलुङ, १२ वैशाख– भूकम्पले भत्केपछि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानका लालप्रसाद शर्माले प्रावधान अनुसार घर बनाए । राष्ट्रिय पुन निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका शर्माले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो...
धौलागिरि अस्पतालमा दरबन्दी रित्तिदै
बागलुङ, १२ वैशाख– चालु आर्थिक बर्षको बजेट ल्याउँदा नेपाल सरकारले धौलागिरी अस्पतालको स्तरोन्नती गरेर दुईसय शैयाको अस्पताल बनाउने घोषणा गरेको एक बर्ष पुग्नै लाग्यो । घोषणा भएको एक बर्ष समय बितिसक्दा नत पूर्वाधार थपिएको...
अन्तराष्ट्रिय बागलुङ सेवा समाज नेपालमा दर्ता
बागलुङ, १२ बैशाख – संसारभरी छरिएर रहेका बागलुङ मुलघर भएका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रीय बागलुङ सेवा समाज नेपालमा वैधानिक रुपमा दर्ता भएको छ। नेपाल सरकारको आन्तरिक राजस्व विभाग बागलुङमा संस्था आधिकारिक रुपमा दर्ता भएको...
किसानको बाख्रा गोठमा इजरायली राजदूत गोडर, भन्छन्–‘कृषि जिन्दगीको एउटा बाटो हो ।’
तनहुँ, १२ वैशाख– भीमाद नगरपालिका–९ पाथर्दीका २९ वर्षे ठिटो शिवकुमार आलेले एक दशकदेखि बाख्रा पालन गर्दै आएका छन् । ४ वर्षअघि उनी साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर...
ताराखोलामा रेडियोको परीक्षण प्रशारण
बागलुङ, १२ वैशाख– सामुदायीक रेडियो गलकोट एmफ.एम.ले रिले प्रशारण टावरमार्फत शनिवारदेखि ताराखोलाबाट परीक्षण प्रशारण सुरु गरेको छ । गलकोट क्षेत्र र यसको आसपासको क्षेत्रमा सूचना र सञ्चारको पहुँच पु¥याउने उद्देश्यले वि.सं. २०६८ साउन १४...